19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

क्यानभास भित्र म

कविता राजेन्द्र पहाडी May 31, 2011, 12:09 pm
राजेन्द्र पहाडी
राजेन्द्र पहाडी

जीउँदो चेतना कोक्काई कोक्काई

रोएको बेला

अमुक भित्तामा

सिर्जना मुस्कुराएको पाएँ मैले

जंगे पिल्लर डग्मगाउन थालेको बेला

स्रष्टाका हातले निर्धक्क आस्था

थामेको पाएँ मैले

अगुवाहरु सुतेजस्तो

भडुवाहरु मातेजस्तो

युवाहरु तातेजस्तो

सिर्जना न सुत्न सक्छ

चेतना न मात्न सक्छ

संवेदना न तात्न सक्छ

पीडाभित्र असीम शान्ति

आक्रोशभित्र विपूल धैर्य

कला जीवनका लागि

जीवन कलाका लागि

भित्ताभरी झुण्डिएको पाए“ मैले

क्यानभासभित्र,

गाउ“ झल्केको

हिमाल टल्केको

शहर चम्केको

जोश लम्केको

अहा, कति सुन्दर प्रस्तुति

शौम्य, शिष्ट र मर्मश्पर्शी

प्रहार समय माथिको ।

उच्चतम लल्कार

विकृति र विसंगति माथिको ।

म चुपचाप क्यानभासमा अडिए

र भए“ एउटा सिंगो तस्वीर

जो बोल्न खोज्छ बोल्न सक्दैन

उठ्न खोज्छ उठ्न सक्दैन

अपितु, म बोल्न सक्छु

म उठ्न सक्छु

अन्यायका विरुद्धमा

असंगतिका विरुद्धमा ।

मस“ग अजस्र तागत छ

संसार बदल्ने

किनकि, म आफै बदलिइरहेको छु

चित्रको रचना गर्भबाट

अर्थात,

क्यानभासभित्रैबाट ।।

कुश्मा, पर्वत

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।