19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

बिथोलिएको गाउँ

कविता रुपेश राई June 1, 2011, 7:39 am

सल्याङमल्याङ-सल्याङमल्याङ

सल्बलाइरहेको छ गाउँ।

मोबाइलको रिङ्ग

बज्छ। यूथहरू आक्रोशित हुन्छन्।

बुझिएन, खाँटी कुरा के हो?

बारीमा फार्टिलाइजर

घोल्दैगरेको पाराङ। अचानक

महामहिमलाई भेट्नुछ, भन्छ।

हस्याङफस्याङ हुँदै

टोक्री बोकेर कमान हिँड़्न लागेकी माइपाराङ,

काम्दारीलाइ फोनमा भन्छे;

आज मेलोमा नआउने, हाम्रो जुलुस छ।

सात क्लास पढ़्दा-पढ़्दै

छोड़ेकी माइचाङ, बिघामा

जान पाइनँ भन्दै कोहोलो मचाउछे।

माथ्लो घरको

वाङा, कसको कुरा सुनेछ;

पार्टी गर्न तम्सिरहेको छ।

‘जसकोसिङ छैन उसैको नाम तिखे’ भनेजस्तो।

छेमा सम्झाउँछे।

तर खम्बुको

बुद्धि बाह्र बजे राती नै आउँछ।

उसलाई पनि नोटिस आएको छ रे..!

सम्धीको सेलमा म्यासेज आयो...

[तिमी सबै केटाहरूलाई र्‍याडी बनाएर राख,

म यहाँबाट पनि पठाइदिन्छु। यूथहरूलाई कुरा राम्रो सम्झाउनु

यताउता नहोस्, यसपालि चैँ जोरतोड़ जवाफ दिनु पर्छ..] आन्नन् नाम्बर।

झोँकमा सम्धीको राजनीति टुप्पीबाट सल्बलायो...

कुनाबाट तुक्का सुनियो- “यो गाउँमा बड़ाइ, तल्लो गाउँमा लड़ाइ र पल्लो गाउँमा पढ़ाइ।”

गाउँलाई सोध!

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।