अति मन पराउने लहरमा छु आजकल
तिम्रै सुन्दर भव्य सहरमा छु आजकल
हिजो सम्म कोहो लाग्थ्यो, आज मुटु तिम्रै भयो
तिमीसँग आँखा गाभ्ने रहरमा छु आजकल
हुन सक्छ कल्पनामा तिमी साथै बगिरहे
तिमी सगै मुटु साट्ने कहरमा छु आजकल
छल्दा पनि सम्मान गर्छु गल्दापनि सम्मान छ
तिम्रै लय तिम्रै धुन वहरमा छु आजकल
प्यासीला यी आँखाहरु, लोलाएर सपनामा
सञ्जिवनी जल तिमी नहरमा छु आजकल
रानीटार, पाँचथर