सिदुर घस्दा ढुङ्गाभित्र वास हुन्छ देवताको
फुलपाति चढाउला आस हुन्छ देवताको
झट्ट हेर्दा निर्जिव ढङ्गा, रगताम्मे सिदुर मात्रै
विश्वासमा सजिवता, सास हुन्छ देवताको
सत्य, द्धापार, त्रेता युग,सकिएर कलियुगमा
शक्ति भक्ति सवथोक, नास हुन्छ देवताको
सारा पुकार सुन्लान अनि माग्या सवै वर देलान्
भरोसामा मन्दिर धाए, दास हुन्छ देवताको
आस्तिकताले हेर्दामात्र ढुङ्गाभित्र ‘देव’हुन्छ
नास्तिकताले आडम्बरी, लास हुन्छ देवताको
फिदिम –९ पाँचथर