कुल्चिएर बाचा कसम ,जिउने जुनी जुनी
फेरिएकी तिमी हौ की, मै फेरिएँ कुन्नि
पिरतीको फूलपात, झार्दै आयो हुरी
खेल्ने आँगन यौटै थियो, केले ल्यायो दुरी
मेरा गल्ति केही थिए कि, तिम्रै चुरीफुरी
मन भित्र पसी निस्क्यौ , चलाएर छुरी
दुनियालाई हसाइ गयौ, एक्लो मै छु रुनी
फेरिएकी तिमी हौ की, मै फेरिएँ कुन्नि
संगै हुँदा लाग्थ्यो आजै, जाउँ आकाश छुन
सारा खुशी आफ्नै हुन् की, हाम्रै हो की जून
कतै मन दुखाएं की, लाग्यो टुना-मुना
हिराभित्र कीरा देख्यौ, पित्तल भयो सुन
जुनी-जुनी तिम्रै भन्थ्यौ, हिड्यौ जालो बुनी
फेरिएकी तिमी हौ की, मै फेरिएँ कुन्नि