18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गीत

गीत गनिन्द्र "बिबश" June 5, 2011, 3:26 pm

रम तिमी उजेलीमै म रमौला अँधेरीमा

तर किन काँडा रोप्यौ मेरो दिलको मझेरीमा

जुन दिन सक्दिनथे न त सक्थे तारा

केवल दिन्थे स्नेह आजीवन सहारा

रम तिमी बर्सात मै म रमौला खडेरीमा

तर किन काँडा रोप्यौ मेरो दिलको मझेरीमा

बेचिएको प्रेम न हो छेक्दीन आँसु पुछ्दै

म सोच्थे उनले दिने मैले दिने माया उस्तै

रम तिमी मैदानमै म रमौला पखेरीमा

तर किन काँडा रोप्यौ मेरो दिलको मझेरीमा

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।