एक्लो भएँ तिम्रो बिश्वासमा पर्दा खेरी
यति सारो दुख्दैन र घाऊमा नून छर्दा खेरी
मेरो पनि दिन आउँछ खुशीले रमाउने
जंघारमा छोडी दियौ खोला तर्दा खेरी
दोष दिउँ कसलाई म समय या तिमीलाई
दोषी भएँ दुनियामा तिम्ले गर्दा खेरी
सुनेको छु मलाई सम्झी रोइ हिड्छौ अरे
तिम्ले भन्यौ सम्झिन्न म तिमी मर्दा खेरी