19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल शंकर थापा मगर June 5, 2011, 7:31 am

एक्लो भएँ तिम्रो बिश्वासमा पर्दा खेरी

यति सारो दुख्दैन र घाऊमा नून छर्दा खेरी

मेरो पनि दिन आउँछ खुशीले रमाउने

जंघारमा छोडी दियौ खोला तर्दा खेरी

दोष दिउँ कसलाई म समय या तिमीलाई

दोषी भएँ दुनियामा तिम्ले गर्दा खेरी

सुनेको छु मलाई सम्झी रोइ हिड्छौ अरे

तिम्ले भन्यौ सम्झिन्न म तिमी मर्दा खेरी

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।