हिउँदले कक्रिएका
झार जङ्गल र
गाउँका गमलामा
उम्रँदै गरेका लालुपाते,
शिशिरपछिका बसन्तमा
पाक्न थालेका
सिजन फ्लावरहरू
कति शोभनीय छ
तिमी चड़्दै गरेको बैँसमा।
पैयुँ चड़ेको बैँस
जावाकुसुम चड़ेको बैँस
गाउँभरि नै आरुबगड़ामा
चड़ेको बैँस, पारी
कफेरको डाँड़ाबाट
फाटेको रविको बैँसले
स्पर्श गर्दैगरेको मेरो
गाउँ कति लोभनीय छ
तिमी चड़्दै गरेको बैँसमा।
तिमी
चड़्दै गरेको बैँसमा
कति
आकुल छन् नसाहरू
कति
व्याकुल छन् दसाहरू
स्निग्ध
प्रेम रोमाञ्च हुनलाई
म
झर्दै गरेको बैँसमा।