19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल कोमल श्रेष्ठ मल्ल June 9, 2011, 10:18 am

एकपछि अर्को वर्ष, वर्षौं बित्यो खाली हजुर

नझुक्याई लैजाऊ अब, मलाई सिन्दूर हाली हजुर

सुख दुःख जिन्दगीको, तीता–मीठा मोडहरुमा

खुसी तिमी थपिदिऊ, दुःख पीडा टाली हजुर

रहरहरु उदाउँदै, अस्ताए रात हुन्छन्

हेरिदेऊ जिन्दगी यो, पिरतीको दियो बाली हजुर

सँगै जिउने सँगै मर्ने, बाँधी बाँधी वाचा कसम

यसपालि त झुक्याएर नबन है जाली हजुर

लन्डन, बेलायत

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।