17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल परदिप भट्टराई June 10, 2011, 3:52 pm

जन्मिए अवतार चोक–चोकमा

थोकमा गजलकार चोक–चोकमा

काफिया रदिफ थाहै रै‘नछ

गर्दा केरकार चोक–चोकमा

गजलै किनी गजलै दिन्छन्

गजलै उपहार चोक–चोकमा

वा ! वा ! हैन, छ्या–छ्या भनौं

भन्छन् बेकार चोक–चोकमा

गजलै भन्छ जितिन! 'परदिप'

गजलकै हार चोक–चोकमा

कोहलपुर–३,बाँके

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।