19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल नीलबहादुर खड्का June 11, 2011, 6:01 pm

आँट गरी मनका कुरा, भन्न बाँकी छँदै !

बीचमै रोकिन् यात्रा उनले, टन्न बाँकी छँदै !!

दुःख सुख सँगै यात्रा, गर्न डराएर !

मोडिन् पाइला उदाहरण, बन्न बाँकी छँदै !!

बक्र रेखा जस्तो हुन्छ, सरल होइन जीवन !

बाधा टार्ने हिम्मत गरी, कन्न बाँकी छँदै !!

डराउँदिन म त कहिल्यै, उनी हिँडिन् आखिर !

मनभरि जोश जाँगर, धन्न बाँकी छँदै !!

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।