18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

जाली कविता नलेखिदिनुहोस्

कविता नारायण तिवारी June 11, 2011, 6:13 pm

कविजी !

जोशीले भनेजस्तो गरी

तपाईंले भनेको कुरा कान्तिपुरको ‘कोसेली’मा पढें

‘कोसेली’ मनपरे पनि

तपाईंको यसपल्टको कविता– कोसेली

मन परेन मलाई !

कविता भित्र तपाईं

जोशीको अंकल हुनुभएको छ

कविताको वर्णनबाट पनि थाहा पाए“–

तपाईं पनि अमेरिकातिरै भुलिनु भएको छ

र जोशीले भन्यो भनेर आफ्नो नेपाल

नफर्किने सन्देश पठाउनु भएको छ ।

सबैभन्दा मननपरेको कुरा त

तपाईं नेपाल सरक्क मिलेपछि

नेपाल फर्किआउने कुरा !

वाह ! यो त कति मज्जाको कुरा !!

भनौं न भात पाकिसकेपछि

भात खान आउ“छु भनेजस्तै

अथवा

अरूले दुःखकष्ट नानाथरी झेलेर फूल हुर्काएपछि,

फूल फुलाए पछि,

फूल टिप्न आउ“छु भने जस्तै

वा–

कहीं कतै केही नमिलेकै थिति

अथक मिहिनेतले घरवासी नेपालीले मिलाइदिए पछि

प्रवासी नेपाली थपक्क कुर्सीमा बस्न आउ“छु भने जस्तै !

यो त अलि नमज्जा भयो नि

कविजी !

काम गर्ने कालु मकै खाने भालु भने जस्तै .... !

कविजी !

यस देशमा सबैभन्दा नमिलेको यही कुरा छ

लाग्छ मलाई कि,

जो टाठा–बाठा, बुद्धिजीवी,

सुविधाभोगी–

उसैलाई बढ्ता देश दुखेको छ,

नागरिकता दुखेको छ

भन्नुहोस् न–

पसिना चुहाउ“दै दिनहु“ बनी गरेर

गुजारा गर्ने मामुली नेपालीलाई

कहा“ नेपाल दुखेको छ ?

सवादुइकरोड नेपालीमा सबै नमिलेका छैनन्

(ढुङ्गा– माटो, हावापानी, नदीनाला,

पहाड– हिमाललाई त भन्नुभएको होइन होला नमिलेको !?)

एक/दुई प्रतिशत भन्दा बढी नेपालीलाई,

कुर्सी विहीन नेपालीलाई

सत्ता विहीन नेपालीलाई

इमान नगुमाई रातदिन नमिलेको नेपालमा

अनेकानेक दुःख, कष्ट झेल्दा पनि

आफूलाई यस देशको खोइ अनागरिक दुखेको छ ..... ?

प्रिय कविजी !

भोजपुरतिरका सरल, परिश्रमी नेपालीले

भीरमा, पाखा– पहरामा

देशको झण्डा उ“चा उठाउ“दै गरेको

देख्नु भएकै थियो होला

यतै सुनसरी र मोरङका असंख्य

सरल, भोका किसानहरूका निष्कलङ्कित अनुहारमा

देश पढ्नु भएको थियो होला

नमिलेको त देश होइन

मगज नमिलेको हो

बिग्रेको, भत्केको त

अल्पसंख्यक घरवासी र

पुच्छर देखाउने प्रवासीको ‘मति’ हो

त्यसैले कविजी !

कृपया नेपाललाई गाली नगरिदिनुहोस्

तपाईंलाई उतै बस्न मनपर्छ

दुःखकष्ट झेल्न मनपर्दैन भने

उतै बसिदिनुहोस्

सबै नेपालीको अमेरिका बस्ने औकात पनि त पुग्दैन,

तपाईंको पुगे उतै बसिदिनुहोस् तर

माटोको मायामा आ“सु चुहाउ“दा (?)

यसरी आरोपित वचनले

छाती नघोचिदिनुहोस्

जोशी भन्छ भनेर मेरो नेपाललाई

पागलखाना, चिडियाखाना भन्नुअघि

अलिकति सोचिदिनुहोस्..... ।

म त अझै पनि

तपाईंले नेपालमै बस्दा लेखेको

‘सर्पहरू गीत सुन्दैनन्’ कविता मनपराइरहेको छु

अर्थात् संघर्ष मनपराइरहेको छु

पलायन होइन,

परिवर्तनप्रतिको तपाईंको आग्रह

मनपराइरहेको छु ।

सक्नुहुन्न त्यस्तो फेरि लेख्न भने

विन्ती–

नेपाललाई नमिलेको भन्दै

गाली– कविता नलेखिदिनुहोस् !

पुरै अमेरिकी नभइसक्नु भएको भए

विन्ती–

जुन थालमा खायो त्यसमै

प्वालपार्ने खालको

जाली– कविता नलेखिदिनुहोस् ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।