18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल सुदिना कुईंकेल June 15, 2011, 7:09 pm

भतभती पोल्ने गरी यो मनमा तेजाब छर्यौ पापी

मिठो मिठो बात गरी तितो घात पो गर्यौ पापी

गोहीका आँसु रहेछन बगेका तिम्रा संवेदनाहरु

प्रेमको नाटक गरी आफ्नो तृष्णा भर्यौ पापी

कन्चन पानी बनेर सिंचित गर्छु सधै भन्थ्यौ

भ्रममा मलाई पारी असिना भई झर्यौ पापी

सतप्रतिशत विश्वास गरें यही थियो दोष सायद

बिना संकोच हाँसीहाँसी मेरो खुशीमा चर्यौ पापी

सजाउने बहानामा भताभुङ्ग पारेर मलाई

धेरै लोभ देखाइ थोरै चैन पनि हर्यौ पापी

आफ्नो मान्छे जस्तै लाग्ने तिमी मात्र थियौ

आफन्त भई पराई बन्ने झन् टाढाका पर्यौ पापी

कुन जुनीको बदला लियौ, के को रिस फेर्यौ

मझधारमा छाडी मलाई एक्लै पारी तर्यौ पापी

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।