18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गीत

गीत हेमन्त परदेशी June 15, 2011, 7:18 pm

ओ मेरी जून………ओ मेरो जिन्दगी

तिमी रोयौ र त रुझ्यो मनको धर्ती मेरो

नमरेरै जिन्दगीको उठ्यो अर्थी मेरो

तर पनि साँचेको छु मुटुभरी मायाँ

संझनामा बाँचेको छु बनि तिम्रै छायाँ

ओ मेरी जून………ओ मेरो जिन्दगी

सपनामा रातैभरी साथ साथै हुन्छौ

पोखिएको बैंश साट्दै अधर मेरो चुम्छौ

त्यसैले त हाँसेको छु एक्लै हुँदा पनि

बादलुको घुम्टो ओढी तिमी रुँदा पनि

ओ मेरी जून………ओ मेरो जिन्दगी

पर्खि बस्छु गोधूलिमा तिम्रै बाटो हेरी

हेर्दा हेर्दै टाढा हुन्छौ अनायसै फेरि

चाहना छ संगै बाँच्ने यौटै आकाश मुनि

परि आए तिम्रो लागि फेर्छु अर्को जुनी

ओ मेरी जून………ओ मेरो जिन्दगी

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।