19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल रविन महर्जन June 16, 2011, 6:59 am

टुक्रिएका सपनाहरु छरेर बाँचेँ

जिउने बहानामा पलपल मरेर बाँचेँ

दुई दिन भए पनि फूल फुल्छ हाँसेर

नफक्रिँदै कोपिलामै झरेर बाँचेँ

यात्रा भन्छन् जीन्दगीलाई मानिसहरु

खोला, नदी जँघार पनि तरेर बाँचेँ

कहाँ पुग्दो रहेछ र मनले खोजे जति

इच्छा अनि रहरका बसाईंहरु सरेर बाँचेँ

कति गर्नु गुनासो यो जिन्दगीसित

चुनौतीहरु सामना गर्ने अठोट गरेर बाँचेँ ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।