19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल बोध राज पन्त ‘अनागत’ June 18, 2011, 7:16 am

यसो एकैछिन रोएर हेरें

आँशुले आँखा धोएर हेरें ।

मरिसकेको छु या छु ज्यूँदो

आफैलाई सुस्त छोएर हेरें ।

सकिन्न रैछ बिर्सन मायाँ

चिठ्ठीको पोको फोएर हेरें ।

के कति पाएँ, दिएँ के कति

हिजोका बाचा दोएर हेरें ।

यसो एकैछिन रोएर हेरें

आँशुले आँखा धोएर हेरें ।

मणिग्राम, रुपन्देही

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।