यसो एकैछिन रोएर हेरें
आँशुले आँखा धोएर हेरें ।
मरिसकेको छु या छु ज्यूँदो
आफैलाई सुस्त छोएर हेरें ।
सकिन्न रैछ बिर्सन मायाँ
चिठ्ठीको पोको फोएर हेरें ।
के कति पाएँ, दिएँ के कति
हिजोका बाचा दोएर हेरें ।
यसो एकैछिन रोएर हेरें
आँशुले आँखा धोएर हेरें ।
मणिग्राम, रुपन्देही