मैले रुँदा दुख्ने मुटु हराएको धेरै भयो,
त्यही खोज्दै सपनीमा कराएको धेरै भयो ।
यात्रा भरि साथ दिने हातै हरायो,
आफ्नै छाँया सँग भाग्दै डराएको धेरै भयो ।
खडेरीमा पानी दिन्थ्यो, झरी पर्दा ओत लाग्थेँ,
चिप्लो बाटो हिँड्दा पाईला लड्–खराएको धेरै भयो ।
जसले चोट दियो मलाई, उहि आउँछ आँखा भरि,
तर पनि त्यसैलाई मन पराएको धेरै भयो ।
लखनपुर, झापा