15 वर्षदेखि निरन्तर
समकालीन साहित्य

समकालीन नेपाली कविताका प्रवृत्ति

विचार प्रा.डा. खगेन्द्रप्रसाद लुइटेल June 24, 2011, 3:46 pm
प्रा.डा. खगेन्द्रप्रसाद लुइटेल
प्रा.डा. खगेन्द्रप्रसाद लुइटेल

१. समकालीनताको अभिप्राय र व्याप्ति

समकालीन/समसामयिक शब्द contemporary को नेपाली रूपान्तर हो । समकालीन र समसामयिक शब्द पर्यायवाचीका रूपमा देखापर्छन् । समकालीन/समसामयिकको तात्पर्य समान, उही वा एकै समय, बेला वा बखतको भन्ने हुन्छ । सन्दर्भ र प्रसङ्गअनुसार समसामयिक शब्दको प्रयोग अहिलेको, उहिलेको र एकै समयको भन्ने अर्थमा गरिए पनि खासमा यस शब्दले अहिलेको समय वा वर्तमानलाई बुझाउँछ । साहित्यिक इतिहास र समालोचनाका क्षेत्रमा अहिलेको रचनालाई समकालीन÷समसामयिक रचना भन्ने गरिए पनि यसले वर्तमानकालीन वmुनै विषयवस्तु, व्यक्ति, वृmति, प्रवृत्ति, समयावधि आदिलाई समेत बुझाउँछ । समसामयिकले चालु वर्तमानकालीन अर्थात् अहिलेका प्रवृत्तिहरू अभिव्यञ्जित रचना भन्नेसमेत बुझाउने हुँदा समसामयिक भनेको विशुद्ध समय मात्र नभएर त्यस अवधिमा देखापर्ने प्रवृत्ति पनि भएकाले त्यो प्रवृत्ति कायम रहुञ्जेलसम्म यस शब्दको प्रयोग गर्न पनि सकिन्छ । यसर्थ समसामयिकताले वर्तमान समय र प्रवृत्ति दुवैलाई द्योतन गर्छ । कतिपयले समकालीनता र आधुनिकतालाई एउटै अर्थमा प्रयोग गर्ने गरेको पनि पाइन्छ तर यी दुई शब्द समानार्थी नभएर भिन्नार्थबोधक शब्द हुन् । आधुनिकता भनेको समकालीनता होइन तर समकालीनताभित्र आधुनिकता पनि आउन सक्छ । प्रवृत्तिगत आधारमा समकालीनता परिवर्तनशील, अस्थिर, एतत्कालीन हुनाका साथै निश्चित र सीमित समयावधिमा आबद्ध हुन्छ भने आधुनिकताचाहिँ अपरिवर्तनशील, स्थिर र असीमित समयावधिसम्म विस्तारित हुनसक्छ ।

वर्तमान छिटै भूतमा परिणत हुनेहुँदा समसामयिक शब्दले पँर्वनिर्धारित समयका सन्दर्भबाट चिरस्थायी अर्थ ग्रहण गर्दैन । साहित्यको इतिहासमा चालु वर्तमानको तीन–चार दशकजतिको समयावधिलाई समसामयिकभित्र समेट्न सकिन्छ । प्रवृत्तिगत परिवर्तन नभएका अवस्थामा भने यसको समयावधि लम्बिन पनि सक्छ । निश्चित समयको समाप्ति र प्रवृत्तिगत परिवर्तनपछि पुनः नामकरणमा समस्या पैदा हुन सक्ने स्थिति पनि टड्कारै छ । अहिलेको समसामयिकता निश्चित अवधि पार गरिसकेपछि समाप्त भई अर्कै समसामयिकता सुरु हुन्छ र पहिलेकोलाई अर्कै नामले पुकार्नु पर्ने हुन्छ । समसामयिकका लागि निर्धारित समयावधिलाई पनि खण्डखण्डमा विभाजन गरेर हेर्नु पर्ने पनि हुनसक्छ । समसामयिकता भन्ने वmुरा चिरस्थायी नभएर परिवर्तनशील हुने हुँदा यसलाई समयानुसार पहिचान गरी ठम्याउनु पर्ने हुन्छ । समसामयिक शब्दले धेरै समयावधिलाई नसमेटे पनि र यो परिवर्तनशील भए पनि अहिले बहुप्रचलित यही शब्दलाई यसमा पनि प्रयोग गरिएको छ । नेपाली कविताको समसामयिक धारा र नेपाली कविताको समकालीन धारा भनेको एउटै वmुरा हो ।

जनमत सङ्ग्रहको घोषणा हुनु, कविताले दुर्बाेध मार्ग पन्छाउँदै सुबोध मार्गको अनुसरण गर्नु, राजनैतिक स्वतन्त्रताको पक्षमा जनचेतना जागृत हुनु र त्यसैअनुरूपका कविता सिर्जना गर्न थालिनुजस्ता गतिविधिले २०३५–२०३६ सालमा पहिलेको कविता धारा विच्छेदित भई नयाँ धाराको प्रादुर्भाव हुन्छ र त्यसैलाई समसामयिक धारा नामकरण गरिएको छ ।

आधुनिक नेपाली कविताको पछिल्लो वा वर्तमान चरण मानिने र अहिले निरन्तर रहेको समसामयिक धारा वास्तवमा २०३६ सालमा भएको जनमत सङ्ग्रहको घोषणादेखि प्रारम्भ भई अद्यावधि निरन्तर रहेको धारा हो । प्रयोगवादी धाराको दुर्बाेध र जटिल अभिव्यक्तिका कारण कविता र पाठकका बीच प्रायः विच्छेदित सम्बन्धलाई पुनस्र्थापित गर्ने अभिप्रायबाट सरल र सुबोध कवितासिर्जनासँगै नेपाली कवितामा समसामयिक धारा थालिएको हो । जटिल संरचना, दुर्बोध अभिव्यक्ति, विशृङ्खलित भाषाशैलीका विरुद्धमा सरल संरचना, सुबोध अभिव्यक्ति र शृङ्खलित भाषाशैलीमा कविता सिर्जना गर्ने अभिप्रायबाटै यस धाराको सँत्रपात भएको हो ।

नेपाली कविताको समसामयिक÷समकालीन धाराकै समयावधिमा नेपाली कवितामा विभिन्न अभियानहरू देखापरेका छन् । यस्ता अभियानहरूमध्ये सडक कविता क्रान्ति, तरलवाद, जनआन्दोलन कविता, छन्द बचाऊँ अभियान, संरक्षण कविता आन्दोलन, छन्द जागरण अभियान, गणतान्त्रिक कविता आदि उल्लेख्य छन् । यस्ता विभिन्न आन्दोलन र अभियानका साथ अगि बढिरहेको यस धारालाई हुर्काउन थुप्रै नेपाली कविहरूको विशिष्ट योगदान रहेको छ । पुराना एवं नयाँ दुवै पुस्ताका थुप्रै कविहरू यस धारालाई अझ नवीन दिशा प्रदान गर्दै कविता सिर्जना गरिरहेका छन् । नेपाली कविताको समसामयिक÷समकालीन धाराको थालनी खासमा २०३५÷२०३६ सालदेखि भएको पाइए पनि यसको पृष्ठभँमि प्रयोगवादी कालमै निर्माण भएको हो । २०२० को दशकदेखि नै कवितालेखनतर्पm उन्मुख भएका कतिपय कविहरू २०३० का दशकको मध्यदेखि अर्थात् समसामयिक धाराको थालनीदेखि मात्र स्वपहिचानका साथ विशेष रूपमा सक्रिय रहेकाले केही पहिलेदेखि कविता लेखनतर्पm लागेका कविहरू पनि समसामयिक धाराभित्रै पर्छन् ।

२. प्रवृत्तिगत विविधता

यस अवधिका कविहरूले कल्पना, अतिशय भावुकता र अमँर्ततालाई त्यागेर वर्तमान मान्छेले भोगिरहेको जीवनलाई वस्तुपरक ढङ्गले यथार्थ चित्रण गरेका छन् । उनीहरूले देशको गिर्दो स्थिति, विवृmत सामाजिक मँल्य र मान्यता, पतनोन्मुख अर्थव्यवस्था, बढ्दो महँगी, विसङ्गत हुँदै गएका परम्परागत सामाजिक–सांस्वृmतिक मँल्यहरू, ह्रास हुँदै गएका प्रावृmतिक सम्पदाहरू, प्रशासनिक भ्रष्टाचार, अन्याय, अत्याचार, दुराचार आदि विषयलाई इमानदारीपँर्वक कवितात्मक अभिव्यक्ति दिएका छन् । देशमा व्याप्त शोषण, गरिबी, अशिक्षा, पछौटेपन आदि विभिन्न पक्षलाई फोटोग्राफरले जस्तै यथार्थ रूपले प्रस्तुत गर्दै विभिन्न कविहरूले कवितालाई जीवन र युगसापेक्ष बनाएका छन् । यसका साथै अन्तर्राष्ट्रिय क्षेत्रमा देखापरेका अनेक समस्या, विवृmति र विसङ्गति पनि समसामयिक कविताको विषयवस्तु बन्नपुगेको देखिन्छ । यस अवधिका कवितामा सङ्कटग्रस्त मानवाधिकार र ह्रासोन्मुख मानवीय अस्तित्वको चित्रण गर्दै मानवीय मँल्य र अस्मिताको खोजी पनि गरिएको पाइन्छ ।

प्रयोगवादी धाराले आत्मसात् गरेको जटिल संरचना, असहज र दुर्बोध्य अभिव्यक्ति तथा विशृङ्खलित भाषाशैलीलाई पन्छाएर सहज, सरल संरचना, सरल अभिव्यक्ति, सहज र शृङ्खलित भाषाको माध्यमबाट कवितालाई सरल, सम्प्रेष्य र प्रभावशाली बनाउने प्रयास यस अवधिका कविताको उल्लेखनीय वैशिष्ट्य हो । मूलतः मुक्तछन्दको प्रयोग गरिएका यस अवधिका कवितामा अंशतः शास्त्रीयछन्दको पनि प्रयोग पाइन्छ । सरल, सुबोध र युगीन जनजीवनसँग सम्बद्ध बिम्ब र प्रतीकहरूको प्रयोगबाट पनि यस अवधिका कविताहरू सुबोध्य बन्नपुगेका छन् । वृmत्रिम र आलाङ्कारिक भाषाको प्रयोग नगरेर कविताको कथ्य र भावअनुरूपको भाषा प्रयोग गरिएका यस अवधिका कविताहरूमा कविहरूले व्यक्तिगत नभएर समष्टिगत अभिव्यक्तिलाई प्रस्तुत गर्दै भावना, कथ्य, विचार र शिल्पलाई एकैसाथ अगाडि बढाएको पाइन्छ । सरलताका नाममा समसामयिक कवितामा बेलाबखत कवितात्मक स्तरीयता खस्केको पनि देखिन्छ ।

नेपाली कवितामा प्रयोगवादी जटिलताका विरुद्धमा देखापरेको समसामयिक धारामा पनि २०४६ सालको जनआन्दोलनपछि कतिपय प्रवृत्तिगत भिन्नतासमेत देखापरेका छन् । यसर्थ यस धारालाई पनि २०४६ सालपूर्व र २०४६ सालउत्तर गरी दुई भागमा विभाजन गरेर हेर्नु पर्ने स्थिति देखिएको छ । नेपाली कविताको समसामयिक धाराको पूर्वार्ध (२०३६–२०४६) र उत्तरार्ध (२०४६ देखि यता) का कविताहरूमा समेत कतिपय प्रवृत्तिगत भिन्नता देखापरेका छन् ।

तत्कालीन राजनैतिक अवस्था, प्रयोगवादी दुर्बाेधता र जटिलताका विरुद्धमा विभिन्न आन्दोलन र अभियानहरूमार्पmत कवितालाई सडकमा उतारी लेखक र पाठकका बीच सम्बन्ध पुनस्र्थापन गर्ने प्रयास, अमूर्त लेखनबाट मूर्त लेखनतर्पmको उन्मुखता, अतिशय काल्पनिकता, भावुकता र अमूर्तताको परिहार गरी विविधतायुक्त युगीन जीवन भोगाइको यथार्थमूलक चित्रण, विसङ्गत र विवृmत सामाजिक–सांस्वृmतिक मूल्यमान्यता, महँगी, भ्रष्टाचार, अन्याय, अत्याचार, दुराचार, शोषण, गरिबी अशिक्षा, पछौटेपन, देशको गिर्दोे सामाजिक–राजनैतिक अवस्थाका साथै व्यक्ति, समाज, राष्ट्र आदि अनेक सन्दर्भको कवितात्मक अभिव्यक्ति, राष्ट्रिय–अन्तर्राष्ट्रिय जगत्का अनेक क्षेत्रमा व्याप्त विवृmति र विसङ्गतिको आक्रोशपूर्ण चित्रण, सङ्कटग्रस्त मानवाधिकार तथा ह्रासोन्मुख मानवीय अस्तित्वको वर्णनका साथै मानवीय मूल्य र अस्तित्वको खोजी, सरल संरचना, सुबोध अभिव्यक्ति र शृङ्खलित भाषाशैलीय विन्यास गरी कवितालाई सहज, सम्प्रेष्य र प्रभावकारी तुल्याउने प्रयास, अंशतः छन्दोबद्ध कविता लेखिए पनि मूलतः विविधतायुक्त मुक्तछन्दका गद्यकविता सिर्जना, सरल सुबोध र युगीन जनजीवनसँग सम्बद्ध बिम्ब, प्रतीक र अलङ्कारको प्रयोग आदि समसामयिक धाराको पूर्वार्धका प्रमुख प्रवृत्ति हुन् ।

२०४६ पछिका कवितामा पनि खासगरी २०५२÷२०५३ तथा २०६२÷२०६३ पछिका कवितामा समेत भिन्न स्वर र प्रवृत्तिहरू मुखरित भएको देखिन्छ तापनि २०६२÷२०६३ पछिका कविताको पूरै प्रवृत्ति भने निरूपण गर्ने बेला अलि भइसकेको छैन । २०४६ सालपछिका कविता यसपूर्वकै निरन्तरता भएकाले यिनमा कतिपय प्रवृत्तिहरू पहिलेकासँग मिल्दाजुल्दा पाइए पनि कतिपय प्रवृत्तिहरू भने भिन्न खालका पनि छन् । अंशतः आशाका र अधिकांशतः निराशाका स्वरहरू मुखरित यस समयका कवितामा विध्वस्त प्रजातान्त्रिक मूल्यमान्यताको चित्रणका साथै तीव्र वैचारिकताको अभिव्यञ्जना पाइन्छ । युद्धको विरोध र शान्तिको अपेक्षाका साथसाथै क्रान्तिचेतनाका स्वरहरूको पनि तीव्र अभिव्यक्ति पाइने यस अवधिका कवितामा आत्मभोगाइका स्वरहरूले नै बढी मात्रामा अभिव्यक्ति पाएको देखिन्छ । यस अवधिमा निर्माणमूलक भौतिकवादी दृष्टिकोण तथा जीवनवादी एवं विश्वमानवतावादी चिन्तनका साथै समानता, स्वतन्त्रता र मानवाधिकारको रक्षाका स्वरहरू पनि गुञ्जायमान भएका देखिन्छन् । यस समयावधिमा स्वच्छन्दतावादी, नवस्वच्छन्दतावादी, प्रगतिवादी, प्रयोगवादी आदि विभिन्न भावधाराका कविताहरूको सिर्जना भएको देखिए पनि तीमध्ये कतिपयमा कथ्य र शिल्पगत पुनरावृत्तीय प्रयोग पनि भेटिन्छ ।

युगीन विसङ्गति, विवृmति, अभाव, पीडा, असन्तुष्टि, चिन्ता, वmुण्ठा, निराशा, विवशता, बाध्यता, जटिलता, अमानवीयता, संवेदनहीनता, अशान्ति, हत्या, हिंसा, आतङ्क, भय, सन्त्रास, युद्धविभीषिका आदिको कवितात्मक अभिव्यक्ति, राजनैतिक अस्तव्यस्तता, विवृmति, विसङ्गति र त्रासद परिस्थितिको चित्रण, प्रजातन्त्रका नाममा हुने गरेका अन्याय, अत्याचार, भ्रष्टाचार, दुराचारका साथै अनास्था, अविश्वास आदिको वर्णन, नेताहरूका मनोमानीपूर्ण दुष्वृत्तिको अभिव्यञ्जना, विघटित मानवीय मूल्यको चित्रण, मानवीय अस्तित्वको खोजी एवं जगेर्ना, विद्रोही–क्रान्तिकारी भावना, प्रेमप्रणयभन्दा आक्रोशका कविताको आधिक्य, समस्याग्रस्त राष्ट्रिय–अन्तर्राष्ट्रिय परिवेशको चित्रण, राजनैतिक, सामाजिक, आर्थिक क्षेत्रमा व्याप्त विवृmति र विसङ्गतिप्रति आक्रोशपूर्ण व्यङ्ग्य, नारीलाई गरिमा र महिमा प्रदान गर्दै नारीवादी स्वरको अभिव्यञ्जना, युगीन यथार्थको प्रकटीकरण, वैचारिक एवं प्रस्तुतिगत विविधता, निजत्वतर्पm उन्मुख विविधतामय एवं विचलनयुक्त भाषाशैलीय विन्यास, नवीन शिल्पसौन्दर्यप्रतिको जागरुकता, सङ्केतात्मक एवं प्रतीकात्मक प्रस्तुति, छन्दयुक्त कविताको न्यूनता र छन्दमुक्त कविताको आधिक्य, जटिल र अजटिल दुवै खाले प्रयोग, जथाभावी प्रयोगका नाममा कवितालाई दुरुह बनाउने चेष्टा, महिला कविहरूको अभिवृद्धि आदि समसामयिक युगको उत्तरार्ध वा पछिल्लो समयका कवितामा पाइने प्रमुख प्रवृत्ति हुन् ।

समग्रमा भन्नुपर्दा युगीन राजनीतिक, सामाजिक, आर्थिक आदिका साथै जीवनका विविध क्षेत्रमा व्याप्त अव्यवस्था र विसङ्गतिको चित्रण, युगीन राजनीतिक अस्तव्यस्तताको चित्रण उपेक्षित मानवीय मूल्यको चित्रणका साथै मानवताको खोजी, पश्चगमनको विरोध र अग्रगमनको अपेक्षा, विद्रोही क्रान्तिकारी चेतना र राजनैतिक परिवर्तनको चाहना, समानता र स्वतन्त्रताको पक्षधरता, नेताहरूका दुष्चरित्रता, सत्तालोलुपता, भ्रष्टाचार, दुराचार, महँगी, शोषण, दमन, सुविधाभोगीवृत्ति, विदेश पलायन, सामाजिक असमानता आदिको विरोध, विश्ववन्धुत्व, मानवअधिकार तथा शान्तिको कामना, सशस्त्र द्वन्द्वको समर्थन एवं विरोध, नारीवादी दृष्टिकोण, प्रथम र तृतीय पुरुष दृष्टिविन्दुमा युगीन यथार्थको प्रकटीकरण, भाषिक सरलता, समानान्तरता र विचलनयुक्त भाषिक विन्यास, बिम्ब, प्रतीक र अलङ्कारको स्वाभाविक प्रयोग, अधिकांशतः गद्यकविताको सिर्जना आदि समसामयिक नेपाली कविताका मूलभूत प्रवृत्तिहरू हुन् ।

३. उपसंहार

नेपाली कविताको समसामयिक धाराअन्तर्गत २०४६ सालअगिका कवितामा मूलतः तत्कालीन पञ्चायती व्यवस्थाका विवृmति र विसङ्गतिको चित्रण पाइन्छ भने २०४६ सालपछिका कवितामा प्रजातान्त्रिक व्यवस्थाभित्रका अव्यवस्था, विवृmति–विसङ्गति र खासगरी नेताहरूका दुष्वृत्तिहरूको चित्रण, २०५२ सालपछिका कवितामा तत्कालीन सशस्त्र सङ्घर्षको समर्थन–विरोध एवं शान्तिको कामना तथा २०६२÷२०६३ सालका कवितामा तत्कालीन निरङ्कुशतन्त्रको विरोध र गणतन्त्र स्थापनाको चाहना अभिव्यक्त गरिएको पाइन्छ भने हालसालका कवितामा राजनीतिक दलहरुका बीचमा देखापरेको सत्तालिप्सा, आपसी वैमनश्य, शासकीय अक्षमता आदिप्रति आक्रोशको अभिव्यक्ति भएको पाइन्छ । अति संक्षेपमा भन्नुपर्दा सिङ्गो समसामयिक धाराको मूल प्रवृत्ति वर्तमान युगीन विविध क्षेत्रका यथार्थको प्रकटीकरण रहेको देखिन्छ । विभिन्न खाले राजनीतिक आन्दोलन भएका वर्षहरू २०३६, २०४६ तथा २०६२÷२०६३ मा जनतालाई आन्दोलनमा सक्रिय सहभागी गराउने र आन्दोलनलाई अगाडि बढाउने हेतुले जागरणमूलक प्रशस्त कविताहरू सिर्जना गरिएका पाइन्छन् । यी अवधिका कविताहरू ऐतिहासिकताका दृष्टिले निकै महŒवपूर्ण भए पनि कवित्वका दृष्टिले चाहिँ त्यति सशक्त देखिन्नन् ।

नेपाली कविता अढाई सय वर्षजतिको अवधिमा वीरधारा, भक्तिधारा, शृङ्गारिक धारा, शास्त्रीयतावादी धारा, स्वच्छन्दतावादी धारा, प्रयोगवादी धारा र समसामयिक धाराजस्ता विभिन्न धारा र प्रवृत्तिका साथ विभिन्न घुम्ती र मोडहरू पार गर्दै वर्तमानसम्म आइपुग्दा निकै विकसित अवस्थामा पुगिसकेको छ । पछिल्लो समयमा नेपाली कविता नेपालभूमि पार गरी भारतका असम, मेघालय, दार्जिलिङ, सिक्किम हुँदै भुटान, बर्माका साथै नेपालीहरू छरिएर रहेको युरोप, अमेरिकालगायत विश्वका विभिन्न मुलुकमा समेत विस्तारित भएको देखिन्छ ।

यतिखेर गजल लेखनमा तीव्रता आएको देखिन्छ भने मुक्तक लेखन पनि फस्टाउँदो अवस्थामै छ । शास्त्रीय परिपाटीको पालना गरेर वा नगरेरै पनि लेखिएका गजलले सामान्य शिष्टता र श्लीलतासमेत उल्लङ्घन गर्दै सामाजिक मर्यादा पार गर्नलागेको स्थिति पनि देखिन्छ । यस्तै मुक्तक लेखन पनि पूर्वीय र रुबाई दुवै ढाँचामा अगि बढिरहेको पाइन्छ । अहिले जापानी हाइवmुको अनुकरण गरी नेपालीमा हाइवmु कविता लेख्ने लहर चलेको देखिन्छ र तीन पङ्क्तिमा लेखिएका जस्तासुकै रचनालाई पनि हाइवmु भन्ने गरिएको पाइन्छ तर तीन पङ्क्तिमा जे पायो त्यही लेख्नेबित्तिकै हाइवmु नहुने हुँदा यसलाई सुव्यवस्थित तुल्याउनेतर्पm सचेष्ट रहनु आवश्यक छ । हालसाल हास्यव्यङ्ग्य कविताका नाममा कतिपय रचनाहरू प्रचारमूलक भाषण तथा आक्रोशपूर्ण गालीगलौजजस्ता बन्नपुगेको देखिएकाले यसतर्पm पनि कविहरू सचेत हुनु आवश्यक देखिन्छ । यस्तैगरी अहिले प्रकाशनगत सुविधा र सहजताका कारण थुप्रै व्यक्तिहरू कवि बन्ने धुनमा जथाभावी शीर्षक राखी निजी लगानीमा अत्यधिक कविता सङ्ग्रहहरू प्रकाशन गर्नेतर्पm सक्रिय देखिन्छन् । गद्यलाई पङ्क्तिविच्छेद गर्नेबित्तिकै कविता बन्छ वा जबर्जस्ती पद्यबद्ध गर्दैमा कविता भइहाल्छ भन्ने भ्रम तथा जस्तासुकै कविता पनि विनापरिष्कार जथाभावी छाप्ने होडबाजीले गर्दा कविताको गुणात्मकता क्रमशः ह्रास हुँदै गई अहिले कविको सङ्ख्या अत्यधिक र कविताको सङ्ख्या न्यून हुने स्थिति पनि सिर्जना भएको देखिन्छ । यसर्थ हतारिएर उम्रँदै कवि बन्ने ध्याउन्नतर्पm लाग्नुभन्दा आफ्नो निजी पहिचान दिनसक्ने कवित्वपूर्ण र गुणात्मक मूल्यका कवितासिर्जना गरी कविताको उन्नयनतर्पm कविहरू प्रवृत्त हुनु वाञ्छनीय छ । समसामयिक नेपाली कविताका फाँटमा देखापरेका यी कतिपय कमीकमजोरीहरूको निराकरणतर्पm ध्यान पु¥याएमा नेपाली कविताको भविष्य अन्य विधाका सापेक्षतामा निकै उन्नत र समृद्ध हुने वmुरा पक्का छ ।

सन्दर्भसामग्री

लुइटेल, खगेन्द्रप्रसाद, आधुनिक नेपाली समालोचना, काठमाडौंं ः नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान, २०५७ ।

......................, कविता सिद्धान्त र नेपाली कविताको इतिहास, काठमाडौंं ः नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान, २०६० ।

......................., नेपाली कविता र आख्यान, काठमाडौं ः नवीन प्रकाशन, २०६६ ।

....................... र अन्य, नेपाली कविता, काठमाडौं ः विद्यार्थी पुस्तक भण्डार, २०५४ ।

..............................., नेपाली कवि र कविता, काठमाडौं ः विभुऋभु प्रकाशन, २०५४ ।

त्रिभुवन विश्वविद्यालय

कीर्तिपुर, काठमाडौं, नेपाल

टे. नं. ०१४३३२१७८

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।