हरेक साँझ म
जीवनको परिभाषा खोज्छु
पला-पला
डुबी जाने घामको
निरन्तर अभ्यास टोटल्छु ।
जहाँ फेरी
नयन परिवर्तित साँझहरु
बिना याद ढल्छ
सुनामी खण्ड-खण्ड जुद्दै
पत्थररुपी मुटु बाँच्छ
सोच्छु एकाएक
कुन गहराइ अबिलम्ब गरु
याद परिवर्तित साँझ ।
या पत्थर-रुपी मुटु ?
टाढाबाट हेर्दैछु
सफेद समुन्द्री चराहरु दिन बोक्छन
साँझ सँगै सपना फर्काउछन
लाग्छ उनीहरुको
सिमाना हुन्नन
दुरी कोरिन्दैन्
अबिचलन यात्रामा
म झुण्ड बिच मिसिन चाहन्छु
गुलाबी सागर जालमा रम्दै
सम्भावनाको किनारा पछयाउने
आत्मिक डुंगा बन्न चाहन्छु।।!
छालको उन्मुक्तीले
चोट नपुरायोस कसैलाई
यदाकदा
हाम्रो नजिकतालाई ।
अन्तगत्व
भाग्य एक बगाइ हो
छोएर जाओस
अतृप्त मन-सङ्गमरलाई !