19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

मन-सङ्गमर

कविता रमेश दिलुङ्छा June 26, 2011, 7:44 am

हरेक साँझ म

जीवनको परिभाषा खोज्छु

पला-पला

डुबी जाने घामको

निरन्तर अभ्यास टोटल्छु ।

जहाँ फेरी

नयन परिवर्तित साँझहरु

बिना याद ढल्छ

सुनामी खण्ड-खण्ड जुद्दै

पत्थररुपी मुटु बाँच्छ

सोच्छु एकाएक

कुन गहराइ अबिलम्ब गरु

याद परिवर्तित साँझ ।

या पत्थर-रुपी मुटु ?

टाढाबाट हेर्दैछु

सफेद समुन्द्री चराहरु दिन बोक्छन

साँझ सँगै सपना फर्काउछन

लाग्छ उनीहरुको

सिमाना हुन्नन

दुरी कोरिन्दैन्

अबिचलन यात्रामा

म झुण्ड बिच मिसिन चाहन्छु

गुलाबी सागर जालमा रम्दै

सम्भावनाको किनारा पछयाउने

आत्मिक डुंगा बन्न चाहन्छु।।!

छालको उन्मुक्तीले

चोट नपुरायोस कसैलाई

यदाकदा

हाम्रो नजिकतालाई ।

अन्तगत्व

भाग्य एक बगाइ हो

छोएर जाओस

अतृप्त मन-सङ्गमरलाई !

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।