19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल दीपक के सी "पीडित" June 26, 2011, 7:47 am

पहाडको छोरो म त, तिम्ले तराइ जाती भन्यौ!

तिमीसँगै हुनखोज्दा, बरु पराइ जाती भन्य

माया रोपी मनैभरि, फूलाइदिन्छु खुशी भन्दा,

ब्यर्थै दु:ख नगर भो,फापर छराइ जाती भन्यौ!

तिम्रै खुशी जोगाइदिन, छानो टाल्न खोजेँ जब,

थोत्रे छानो टाल्नुभन्दा, बास सराइ जाती भन्यौ!

जिन्दगीको बक्र-रेखा, कती घुम्नु सधैं भरी,

छोटो मिठो बाटो रोजी, यात्रा गराइ जाती भन्यौ!

भोक लाग्दा खाना छैन, तिर्खा लाग्दा खै त पानी,

पींजडाको खुशी भन्दा, छाडा चराई जाती भन्यौ!

मर्यदाको घाँटी रेटी, बोल्दै गयौ नाना भाँति,

श्रम गरे बेर हुन्छ, हाट भराइ जाती भन्यौ!

तिम्रो चाला देखेर म, सम्झाउन खोज्दै थिएँ

हल्ला गर्ने कुकुर भन्दा, यही कराइ जाती भन्यौ!

कती दिन बान्च्नु छ र, बान्चुन्जेल मोजै गर्छु,

'मरे पछी डुमै राजा', मेरै मराइ जाती भन्यौ!

बक्लौरी ४ सुनसरी, हाल: दोहा, कतार

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।