18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

समावेशी उद्योग

लघुकथा कृष्ण बजगाईं June 29, 2011, 3:07 pm
कृष्ण बजगाईं
कृष्ण बजगाईं

लोकतन्त्र आएपछि सबै चिज खुल्ला भए । प्रतिबन्ध लागिरहेकाले पनि अघोषित स्वतन्त्रता पाए । लोकतन्त्रको नाममा छुट र नारी स्वतन्त्रताको बहानामा जथाभावी नारी संलग्न विभिन्न बजार र उद्योग खुले । सहरमा लोकप्रिय मसाज सेन्टर यति धेरै खुल्यो कि बजारको माग भन्दा पनि धेरै ।

धेरै प्रतिस्पर्धा भए पछि मसाज सेन्टरहरुले ग्राहक तान्न आकर्षक विज्ञापन सुरु गरे ।

–‘पाँच चोटी मसाज गराए छैठौं पटक निःशुल्क !’

–‘सुन्दर युवतीहरुद्धारा मायालु वातावरणमा मसाज गराइने !’

–‘मसाज विशेष छुटका साथमा !’

–‘मसाज पछिको पन्ध्र मिनेट बोनसमा !’

यत्रो विज्ञापन गर्दा पनि खासै ग्राहक नबढेकाले मसाज सेन्टरवालाहरु चिन्तित हुँदै थिए ।

एउटा मसाज सेन्टरले अचानक एउटा बेग्लै खालको विज्ञापन निकाल्यो ।

‘हाम्रो सेन्टरमा मसाज गराउने युवतीहरु जात, धर्म, क्षेत्र आदि सबै हिसाबले समावेशी छन् !’

यस्तो विज्ञापन पछि त्यहाँ राजनैतिक पार्टीका नेता तथा कार्यकर्ताहरुको भिड बढ्यो । त्यसपश्चात मसाज सेन्टर खुब चल्न थाल्यो ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।