14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

मौसमको कुनै भरोसा छैन

कविता नारायण तिवारी July 2, 2011, 1:11 am

कालो बादल मडारिंदै छ

चट्याङ पो पर्ने हो कि !

थाप्लामा हात राख्छु म

घरी शहीद सम्झन्छु

घरी शहीदका परिवार

आ“खा बारम्बार रसाउ“छन्

किन निरन्तर ओठमा मुस्कानको आशा छैन

सायद नियति यस्तै छ हाम्रो

यहा“ मौसमको कुनै भरोसा छैन.... ।

बन्द छ युद्धको शिविर यस बेला

युद्धवीरहरू बिचरा !

घामको न्यानो ताप्दै छन्

कोही कौरव छैनन्

कोही पाण्डव छैनन्

सबै अङ्कमालमा व्यस्त छन्

यस बेला

कृष्णजीहरू ‘माखन’ (सायद नौनी ?)

खाइरहेछन् खुलेआम ....

गर्व गर्दै बिचरा कृष्णहरू

कि युद्ध त सुदर्शन चक्रकै खेला हो

शहीद– प्रसङ्ग.... सब वाहियात,

बेकार झेला हो

बिचरा हुस्सू पाण्डवहरू

‘हुस्सू’ले छोप्न– छोप्न लाग्दा पनि

अन्ठाउ“छन्

बिचरा स्वनामधन्य युद्धवीरहरू

कालो– कालो घुरमैलो फोहरी मेघको

गड्याङ– गुडुङलाई

आफ्नो विजय– उत्सवको प्रतिध्वनित बाजाको

भ्रम पाल्दछन्

मानौं ‘पुसकी रात’** को जाडोमा

एउटा गरिब किसान रखवारीमा

जो रातभरि आफ्नो बाली सखाप हु“दा पनि

केही नभएको भ्रम पाल्न विवश छ

तर स्वनामधन्य हाम्रा वीरहरू

कसरी मानिहालौं निरीह छन्, विवश छन् ?

थाप्लामा हात राख्छु म

मस्तिष्क घुम्छ मेरो

जुलुस सम्झिन्छु,

शहीद सम्झिन्छु

मुटु रुन्छ, तर यो रुन्चे मनको

कुरा कसले सुन्छ ?

मनलाई बुझाउने पनि कुनै आशा छैन

दुर्गति भनौं कि नियति

यहा“ मौसमको कुनै भरोसा छैन... ।

भर्खर–भर्खर

लागेको यो पातलै घाम

छोप्न उद्यत छन् स्वयम् युद्धवीरहरू

स्वार्थको ‘न्यानो’ ताप्दै

र कुहिरो आउ“दै छ

जिस्क्याउ“दै जा“दै छ

मेघ गर्जिंदै छ

तर्साउन– तर्साउन खोज्दै

यस्तैमा म

शहीद सोचिरहेछु–

कुहिरोभित्र छोपिने स्थितिमा बिचरा

निरीह शहीद !

तिम्रो नाममा दुई थोपा आ“सु चुहाउ“दै...

तिमीले सुम्पिएको यो घाममा

दुई थोपा आ“सु चुहाउ“दै...

थाप्लामा हात राख्छु म,

घाम अझै झलमल्ल लाग्दै जाने कुनै आशा छैन

कालो बादल मडारिंदैछ

यहा“ मौसमको कुने भरोसा छैन..

(** भारतीय साहित्यकार प्रेमचन्दको प्रसिद्ध कथा)

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।