यो मन भित्र मैले खुशीको बिउ छरे ।
त्यस्को एउटा सुन्दर चित्र पनि कोरे ।।
खुसी हुर्र्र्र्कियो अनि आयो आउने दिन ।
पर्खे नचिम्ली आँखा ढोकामा एकै छिन ।
सोचेको थिए खुसी मेरो चित्र झैं होला ।
दौडदै आई मलाई अंगालो हालेर रोला ।
तर खृसी आयो आफ्नै घोडामा चढेर ।
हालेन अंगालो सोचे झैं अगाडि बढेर ।
खुसी पस्यो घर भित्र म सँग तर्किएर ।
सोधे सन्चै छौ, भन्यो ठिकै छु झर्किएर ।
आएन खुशी मैले सोचे जस्तो गरी ।
पोखे गुनासो मलाई हेर्यो आँखा तरी ।
न्यूयोर्क