आँशुले धोई रातलाई दिन बनाउन सकिनँ
जुन देखाई तिमीले झैं घाम भनाउन सकिनँ ।
मेरा पनि तिम्रा जस्तै प्रीयजन लाखौं हुन्थे
प्रेमको बदला पैसामा मूल्य चुकाउन सकिनँ ।
जुन देखाई तिमीले झैं घाम भनाउन सकिनँ ।
म त ढुंगामा पनि ईश्वर देखी पुजा गर्ने मान्छे
आफै नै ईश्वर बनी सबलाई ढोगाउन सकिनँ ।
जुन देखाई तिमीले झैं घाम भनाउन सकिनँ ।
नाङ्गिएर रंगमञ्चमा उदायौ सारा दुनियाँ सामु
तिमीले झैं भाषणैले लाज पचाउन सकिनँ ।
जुन देखाई तिमीले झैं घाम भनाउन सकिनँ ।