14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

भारतीय नेपाली महिला कथाकार

व्यक्तित्व / कृतित्व लीला लुइटेल July 12, 2011, 2:57 am
लीला लुइटेल
लीला लुइटेल

१. परिचय: विषयप्रवेश

ज्ञान, विज्ञान, प्रविधि, विचार र चिन्तनका क्षेत्रमा पलपल परिवर्तन हु“दै विश्व विद्युतीय सञ्चारको युगमा पुगिसक्दा पनि अधिकांश दक्षिण एसियाली महिलाको स्थिति अभैm पनि अत्यन्त नाजुक र दयनीय रहेको छ । यस क्षेत्रमा प्रचलित कतिपय धार्मिक, सामाजिक तथा राजनैतिक क्षेत्रका क्रियाकलापहरू महिलालाई सामाजिक एवं मनोवैज्ञानिक रूपले अवमूल्यन गर्ने खालका देखिन्छन् । एक्काईसौं शताब्दीमा प्रचलित मानव अधिकारको अवधारणालाई चुनौती दिँदै मानवीय मूल्यको उपहास गर्ने यस्ता महिला विरोधी क्रियाकलापहरू अभैm पनि शिक्षित तथा सभ्य कहलिएकाहरूको समाजमा परम्परा एवं संस्कारका नाममा जरो गाडेर बसिरहेका छन् । महिलाविरोधी यस्ता क्रियाकलाप न्यून गराउ“दै महिलालाई सिङ्गो मानवका रूपमा जीवन यापन गर्ने वातावरण सिर्जना गर्न यस क्षेत्रका परिवार, समाज तथा प्रशासन कसैको पनि ध्यान पुगेको देखिँदैन । जसले गर्दा यस क्षेत्रका महिलाहरू अहिले पनि मध्ययुगीन बर्बरता र पाशविकताको सिकार बनेर बाँच्न बाध्य छन् ।

लैङ्गिक समानता, महिला आरक्षण र महिला सशक्तीकरणजस्ता विषयहरू केही समय यता यस क्षेत्रमा सर्वाधिक चर्चामा रहेका छन् । महिलाहरूको पक्षमा अगि सारिएका विश्वस्तरीय यस्ता आकर्षक अवधारणाहरू यस क्षेत्रमा चाहि“ नेताहरूका भाषण, तारे होटलका गोष्ठी, डलरको खेती, सडक आन्दोलन, पत्रपत्रिकाका स्तम्भ, चुनावी अभियानका मसला तथा विपक्षी दलहरूले सरकारको विरोध गर्दा प्रयोग गरिने साधनका रूपमा मात्र रहेका देखिन्छन् । सरकारी स्तरबाट सञ्चालन हुँदै आएका महिला विकाससम्बन्धी अधिकांश कार्यहरू पनि यस क्षेत्रमा देशकाल सापेक्ष नभएर अन्तर्राष्ट्रिय जगत्मा सरकारको इज्जत धान्नुपर्ने बाध्यताको उपज मात्र हुन पुगेका छन् । महिला विरोधी अधिकांश सन्दर्भहरू यस क्षेत्रका साझा समस्या हुन् । भारतीय नेपाली महिलाहरूले यस्ता साझा समस्याका अतिरिक्त अन्य थप समस्या पनि भोग्नु परिरहेको छ । समयसमयमा उनीहरूले भाषिक एवं जातीय पहिचानको समस्या पनि भोग्नुपरेको यथार्थ सबैका सामु छर्लङ्ग छ ।

यस्तैयस्ता अनेकौ“ समस्याग्रस्त एवं चुनौतीपूर्ण परिस्थितिका माझबाटै पनि भारतीय नेपाली महिलाहरू व्यक्तिगत प्रयासमा नै समाजमा आफ्नो परिचय प्रस्तुत गर्दै अन्तर्राष्ट्रिय जगत्मा समेत आफ्नो छविलाई स्थापित गर्न सक्षम देखिएका छन् । आफ्नो परिचयलाई प्रस्तुत गर्ने क्रममा कतिपय भारतीय महिलाले साहित्य सिर्जनालाई पनि माध्यम बनाएको पाइन्छ । प्राकृतिक, पारिवारिक जिम्मेवारीका साथै परम्परा र संस्कारका रूपमा व्याख्या गरिने अनावश्यक झन्झटहरूले महिलाको सिर्जनधर्मितालाई प्रत्यक्ष प्रभाव पार्ने टड्कारो स्थिति हुँदाहुँदै पनि भारतीय नेपाली महिला सर्जकहरूबाट निरन्तर रूपले विभिन्न विधाका वृmतिहरू सिर्जना हुनु स्वागतयोग्य र प्रशंसनीय कार्य हो ।

२. विषयविस्तार : भारतीय नेपाली महिला कथाकारको अवस्थिति

भारतका विभिन्न राज्यमा ठूलो सङ्ख्यामा नेपालीहरूको बसोबास रहेको छ । त्यसमा पनि विशेष गरी असम, मेघालय, नागाल्यान्ड, मणिपुर, अरुणाचल, मिजोरम, सिक्किम तथा पश्चिम बङ्गालका दार्जिलिङलगायतका विभिन्न क्षेत्रमा नेपालीहरूको बसोबास उल्लेख्य रूपमा रहेको देखिन्छ । यी विभिन्न क्षेत्रमा बसोबास गरी नेपाली भाषामा कथा सिर्जना गर्ने महिलाहरूको अवस्थितिलाई कालक्रमिक रूपमा यस लेखमा चर्चा गरिन्छ ।

लक्खीदेवी सुन्दास (सन् १९३४)

सुरुसुरुमा हिन्दी भाषामा लेख्ने लक्खीदेवी सुन्दास सन् १९४५ को बापू पत्रिकामा प्रकाशित ‘क्या यह जिन्दगी है ?’ कथाका माध्यमबाट लेखनमा देखापरेकी हुन् । सन् १९४८ को कमल नामक हस्तलिखित पत्रिकामा निस्किएको ‘बलिदान’ यिनको पहिलो नेपाली कथा भएको जानकारी पाइन्छ । यिनको आहत अनुभूति (सन् १९९९) कथा सङ्ग्रह प्रकाशित छ । युगीन जीवनका विवृmति, विवशता, अभाव आदिको प्रस्तुति पाइने यिनका कथामा मनोविश्लेषणको प्रधानता रहेको छ । यिनका प्रायः मनोवैज्ञानिक कथाहरूमा मानिसभित्र रहेको हीनताग्रन्थिको विश्लेषण गरिएको छ । सरल र सहज बोलीचालीको भाषिक प्रयोगमा रुचि राख्ने कथाकार सुन्दासको भाषा निकै परिष्वृmत र परिमार्जित छ ।

हर्कमणि थापा

हर्कमणि थापाका कथा २०२१–२०२२ सालदेखि पत्रपत्रिकामा प्रकाशित हुन थालेका हुन् । यिनको मौन स्वरहरू (२०२५) शीर्षक कथा सङ्ग्रह प्रकाशित छ । अत्यन्त छोटा आयाममा संरचित यिनका केही कथाहरू परिपुष्ट कथानक र सहभागीको न्यूनताका कारण निबन्धजस्ता देखिन्छन् । कारुणिकताको प्रधानता पाइने यिनका कथाहरूमा अन्धाधुन्ध रूपमा गरिने पश्चिमीकरण र बढ्दो फेसनप्रति व्यङ्ग्य प्रहार गरिएको पाइन्छ । निरीह र विवश नारीप्रति सहानुभूति व्यक्त गरिएका यिनका कथामा प्रयुक्त भाषा सरल र परिष्वृmत छ ।

सरिता प्रधान (सन् १९४०)

२०२१–२०२२ सालदेखि नै कथालेखनमा सक्रिय रहेकी सरिता प्रधानको यौवनको सङ्घारमा (सन् १९७६) कथा सङ्ग्रह प्रकाशित छ । दार्जिलिङे जनजीवनको यथार्थ चित्रण पाइने यिनका कथामा विभिन्न उमेर, वर्ग र पेसासँग सम्बन्धित विविध पक्षहरूलाई विषयवस्तु बनाइएको छ । दुई भिन्न परिवेश र संस्वृmतिका माझबाट नारीको स्थितिलाई तुलनात्मक रूपमा प्रस्तुत गर्दै नारीप्रति पुरुषले राख्ने सङ्कीर्ण सोचाइको सङ्केतात्मक रूपमा विरोध गरिएका यिनका कथामा नयाँ पुस्ताले पुरानो पुस्ताको भावनालाई बुझ्न नसक्दाको परिणामलाई मार्मिक ढङ्गले देखाइएको छ । प्रवृmतिचित्रण र रहस्यवादी विषयको प्रस्तुतिका कारण यिनका केही कथा स्वच्छन्दतावादी प्रवृत्तिका पनि देखिन्छन् । स्थानीयताको छाप पाइने यिनको भाषिक प्रयोग सापेक्षित रूपमा परिष्वृmत र परिमार्जित छ ।

मटिल्डा राई (सन् १९४८)

२०२७ सालको दियालो पत्रिकामा प्रकाशित ‘आमा’ कथाका माध्यमबाट नेपाली कथामा प्रवेश गरेकी मटिल्डा राईका टोटोलाको पूmल (सन् १९७६) तथा माई ड्याडी (सन् २००५) जस्ता कथा सङ्ग्रह प्रकाशित छन् । गरिबी र अभावमा बाँच्न विवश व्यक्तिको निरीहपनको प्रस्तुति पाइने यिनका कथामा युवासुलभ प्रेम, विपनामा सपनाको असरका अतिरिक्त प्रवृmति र मानव बीचको तादात्म्यलाई भावुक तथा स्वच्छन्दतावादी ढङ्गले प्रस्तुत गरिएको छ । प्राकृतिक बिम्ब र प्रतीकका माध्यमबाट विषयलाई प्रस्तुत गरिएका यिनका कतिपय कथामा मनोविज्ञानको स्पर्श पनि पाइन्छ । सरल भाषामा लेखिएका यिनका कथामा प्रयुक्त भाषामा स्थानीयताको छाप प्रशस्त मात्रामा रहेको छ ।

‘जलन’ (सन् १९४०)

सन् १९६९ को धुवाँ पत्रिकामा ‘मेरो व्यथा ः एउटा कथा’ प्रकाशित भएपछि ‘जलन’ को कथायात्रा सुरु भएको हो । यिनका ‘जलन’ का कथाहरू (सन् २००४) शीर्षक कथा सङ्ग्रह प्रकाशित छ । प्रेम, वियोग, विरह, कुण्ठाको प्रस्तुति पाइने यिनका कथामा विशेष गरी नारीको प्रेममा आशक्त मायालु पुरुषको हार्दिक भावना एवं विरह व्यथालाई प्रस्तुत गरिएको छ । नेपाली समाजमा व्याप्त अनमेल विवाहको स्थितिले विभिन्न प्रकारका सामाजिक समस्या उत्पन्न गर्ने यथार्थलाई देखाइएका यिनका कथामा नारीप्रतिको एकाङ्गी सामाजिक दृष्टिकोणको विरोध गरिएको छ । वर्णनात्मक एवं पत्रात्मक शैलीमा संरचित यिनका कथामा सामान्य भाषिक कसरमसर पनि रहेको पाइन्छ ।

विन्द्या सुब्बा (सन् १९५५)

२०२७ सालको दर्पणमा प्रकाशित ‘जलन’ कथाका माध्यमबाट कथा यात्रा प्रारम्भ गर्ने विन्द्या सुब्बाका कथाक्रम (सन् १९८४) र हस्पिस (सन् २००३) जस्ता कथा सङ्ग्रह प्रकाशित छन् । युवासुलभ प्रणय, प्रणयवेदना, मानवता आदिलाई आत्मसात् गरेर कारुणिक कथालेखनमा रुचि राख्ने कथाकार विन्द्या सुब्बाका आरम्भतिरका कथाहरूमा स्वच्छन्दतावादी प्रवृत्तिको बाहुल्य पाइन्छ भने पछिल्ला समयका कथाहरूमा मनोविश्लेषणवादी प्रवृत्ति बढी मात्रामा पाइन्छ । जीवनका उज्यालाभन्दा अँध्यारा पक्ष र हाँसोभन्दा रुवाइको चित्रण बढी मात्रामा गर्ने कथाकार सुब्बाका प्रायः सबै कथाहरू अत्यन्त कारुणिक र संवेदनशील देखिन्छन् । नारीका पीडा, विरह, छटपटी आदिको चित्रण पाइने यिनका कथामा नारीबाट प्रताडित पुरुषको पीडालाई पनि अभिव्यक्त गरिएको छ । गरिबी, अभाव र बेरोजगारीबाट उत्पन्न पीडा, निराशा, युगीन जीवनका विवशता, विसङ्गतिजस्ता सन्दर्भलाई देखाइएका यिनका कतिपय कथाहरूमा जातीय प्रेम, भाषाप्रेम आदिलाई पनि प्रस्तुत गरिएको छ । यिनका पछिल्ला समयका कथाहरूमा मानिसका मनमा रहेका निराशा, सन्त्रास, द्विविधाजस्ता मनोवैज्ञानिक सन्दर्भहरूको प्रस्तुति पाइन्छ । दार्जिलिङे नेपाली भाषिका प्रयुक्त यिनका कथाको भाषा सरल, सहज तथा शैली वर्णनात्मक छ ।

कमला ‘आँशुु’ (१९५५)

कमला ‘आँसु’ को लेखनको प्रारम्भ सन् १९७० को लंकासिनी पत्रिकामा प्रकाशित ‘मेरो नासो’ बाट भएको हो । यिनका सेतो गुलाफ (सन् १९९५), ममताको छालभित्र (सन् १९९९), आप्mनो माटोको सुगन्ध (सन् २०००) तथा मीमांसा (२००६) गरी चारवटा कथा सङ्ग्रह प्रकाशित छन् । यिनका कथाले नारी जीवनका त्रासद र अँध्यारा पक्षको चित्रण गर्दै नारी संवेदनशीलतालाई प्रस्तुत गरेका छन् । भौतिकभन्दा आत्मिक सुखलाई विशेष महŒवका साथ प्रस्तुत गरिएका यिनका कथामा मानिस परजीवी होइन कर्मयोगी एवं आत्मनिर्भर भएर बाँच्नुपर्ने सन्देश मुखरित भएको पाइन्छ । आफ्नो जन्मभूमिलाई श्रद्धा गर्नुपर्छ, आपूmभन्दा ठूलाको सधैँ आदर र सम्मान गर्नुपर्छ र दीनदुःखीको निःस्वार्थ सेवा गर्नुपर्छ भन्ने जस्ता भावनाहरू अभिव्यञ्जित यिनका कथामा अन्तर्राष्ट्रिय सन्दर्भहरू पनि समेटिएका छन् । स्वच्छन्दतावादी, मानवतावादी तथा राष्ट्रवादी कथाकार कमलाका कथामा भावुकता र आदर्शको सम्मिश्रण पाइन्छ । यिनको भाषिक प्रयोगमा स्थानीयताको छापका अतिरिक्त हिन्दी भाषाको पनि स्पष्ट प्रभाव रहेको देखिन्छ ।

आशारानी राई (सन् १९३५)

भारतीय नेपाली भाषा सङ्ग्रामीका बीच ‘मणिपुरकी दिदी’ का रूपमा परिचित आशारानी राईका कथाहरू २०२० का दशकदेखि नै पत्रपत्रिकामा प्रकाशित हुन थालेको जानकारी पाइन्छ । यिनको यम द्वितीया (सन् १९९९) नामक कथा सङ्ग्रह प्रकाशित छ । नारीको सहनशील प्रवृत्ति, त्याग, अगाध पतिभक्तिको प्रस्तुति पाइने यिनका कथाहरूमा पुरुषको दम्भी, हठी र स्वेच्छाचारी प्रवृत्तिको विरोध गरिएको छ । समाजमा व्याप्त अन्धविश्वास र जातीय विभेदको अन्त्य तथा समाज सुधार र जातीय सम्मानको जगेर्ना गर्नुपर्ने भावना मुखरित भएका यिनका कतिपय कथामा आदर्शवादी स्वर पनि अभिव्यञ्जित छ । लोककथाको पुनर्लेखनसमेत गरी भारतको सुदूरपूर्व माणिपुरको सेरोफेरोमा लेखिएका यिनका कथामा प्रयुक्त भाषामा यदाकदा व्याकरणगत त्रुटि पनि पाइन्छ ।

सम्पूर्णा राई (सन् १९४८)

सम्पूर्णा राईका २०३०–२०३१ तिरदेखि प्रकाशित हुन थालेका हुन् । यिनको नाभो (सन् १९९६) नामक कथा सङ्ग्रह प्रकाशित छ । छोटा आयाममा संरचित यिनका कथाहरू घटनाप्रधान नभएर मनोविश्लेषणप्रधान छन् । वmुनै पनि घटना र दृश्यले सहभागीका मनमा पार्ने प्रभाव र त्यसबाट उत्पन्न मानसिक आरोह–अवरोहको स्थिति र सन्दर्भलाई प्रस्तुत गरिएका यिनका अधिकांश कथाहरू सहभागीको एक क्षणको सोचाइमा आधारित छन् । पूर्व र पश्चिम दुवै क्षेत्रमा प्रचलित पुराण एवं मिथबाट चयन गरिएका बिम्ब र प्रतीकको प्रयोगले यिनका कथालाई कलात्मक र प्रभावकारी बनाएका छन् । थोरैमा धेरै भन्न सक्ने क्षमतायुक्त यिनको भाषिक प्रयोग निकै परिष्वृmत र परिमार्जित देखिन्छ ।

इन्द्रमणि दर्नाल (सन् १९५०)

सन् १९७८ को पश्चिम बङ्गाल साप्ताहिक पत्रिकामा प्रकाशित ‘दिवालीको रात’ का माध्यमबाट नेपाली कथामा देखापरेकी इन्द्रमणि दर्नालको म्याडम र अन्य कथाहरू (सन् १९९९) नामक कथा सङ्ग्रह प्रकाशित छ । नारीभित्र रहेका गुण तथा कमजोरीहरूलाई केलाउ“दै तिनीहरूका विविध समस्यालाई कथ्य बनाइएका यिनका कथामा नारी अस्मिताको साथै जातीय अस्तित्वको पनि खोजी गरिएको देखिन्छ । यिनका केही कथामा जीवनप्रति पलायनवादी दृष्टिकोण पनि अभिव्यञ्जित छ । गरिबी र अभावको चपेटामा बाँच्न बाध्य जीवनको यथार्थ प्रस्तुति पाइने यिनका केही कथाहरूमा चारित्रिक र सामाजिक सुधारको सन्देश मिश्रित आदर्शवादी स्वरको पनि प्रकटीकरण भएको छ । छोटोछरितो वाक्यगठन र अङ्ग्रेजी मिश्रित सरल शब्दावलीमा यिनका कथाहरू संरचित छन् ।

कमला खप्तावली

सिक्किमबाट प्रकाशित हुने खुड्किलो पत्रिकामा वि.सं. २०३६ तिर प्रकाशित ‘अधुरो स्थितिहरू’ का माध्यमबाट कथायात्रा आरम्भ गर्ने कमला खप्तावलीको क्रमशः एउटा दिन जन्मन्छ (सन् १९८३) शीर्षकको कथा सङ्ग्रह प्रकाशित छ । यिनका प्रायः कथामा चियाबगानका निम्नवर्गीय श्रमिकहरूले भोग्नुपरेका पीडा, अभाव, विवृmति, विसङ्गतिहरूलाई विषयवस्तु बनाइएको छ । विविध उमेर र वर्गका नारीले भोग्नुपरेका विभिन्न प्रकारका समस्याको प्रस्तुति पाइने यिनका कथाहरूमा नारीभित्र रहेको साहसलाई पनि देखाइएको छ । इच्छा, आकाङ्क्षा, माया, घृणा, रिस जस्ता शाश्वत् मानवीय प्रवृत्तिहरू अभिव्यक्त भएका यिनका कथाहरूमा विवृmति र विसङ्गतिका माझबाट जातीय गौरवलाई प्रस्तुत गरिएको छ । निम्नवर्गीय पात्रको बहुलता भएका कमलाका कथाहरूमा नेपालबाहिर बसोबास गर्ने नेपाली जनजीवनको यथार्थपरक चित्रण पाइनाका साथै भाषामा स्थानीयताको छाप टड्कारो रूपमा रहेको देखिन्छ ।

नीना राई (सन् १९६२)

नीना राईका कथाहरू सन् १९८२–८३ देखि नै प्रकाशित हुन थालेका हुन् । यिनका अन्तर्दृष्टिका रङ्गहरू (सन् २००९) शीर्षक कथा सङ्ग्रह प्रकाशित छ । छोटा संरचनामा आबद्ध यिनका कथाहरूमा यान्त्रिक जीवनप्रति वितृष्णा, वर्तमान विश्वमा व्याप्त हत्या, हिंसा, आतङ्क, आफ्नो जन्मभूमिबाट विस्थापित भई शरणार्थी भएर बस्नुपर्नेको भौतिक कष्ट एवं मानसिक पीडा, सन्तानबाट तिरस्कृत भई बाँच्नुपर्दाको वृद्धावस्थाजस्ता विविध प्रकारका पीडादायी सन्दर्भलाई प्रस्तुत गरिएको पाइन्छ । यिनका कथामा प्राकृतिक प्रकोपबाट पीडित मानिसका व्यथालाई पनि प्रस्तुत गरिएको छ । आपूmले नजन्माएको सन्तानप्रति पोखिएको मातृत्वका साथै हार्दिक एवं स्वच्छ प्रेमको प्रस्तुति पाइने यिनका कथामा सहिदका त्याग र उत्कर्षलाई प्रस्तुत गर्दै आफ्नो जन्मभूमिप्रति श्रद्धाभाव पनि प्रकट गरिएको छ । ग्रामीण र सहरी जीवनको तुलनात्मक चित्रण पाइने यिनका कथा परिवेश चित्रणका दृष्टिले व्यापक र विस्तृत देखिन्छन् । यिनका कथामा भारतका विभिन्न ठाउ“लगायत नेपाल तथा भुटानका विभिन्न क्षेत्रको परिवेश चित्रित छ । सरल बोलीचालीको भाषिक प्रयोग पाइने यिनका कथामा भाषिक कसरमसरचाहि“ निकै भेटिन्छ ।

सरला राई

सरला राईको सल्बलाउने मन (सन् १९८७) शीर्षक कथा सङ्ग्रह प्रकाशित छ । मुगलान पसेका नेपालीहरूको दयनीय स्थिति, चेलीबेटी बेचबिखन, बेचिएका चेलीका विवशता, गरिबीबाट उत्पन्न निराशाजस्ता कारुणिक पक्षको सघन चित्रण पाइने यिनका कथामा भावुक प्रेम, वात्सल्य, देशप्रेम, संस्वृmतिप्रेमजस्ता सन्दर्भहरूको पनि प्रस्तुति पाइन्छ । भावुकता र आदर्शको सम्मिश्रण गरी सरल र सुबोध भाषाशैलीमा कथा सिर्जना गर्ने स्वच्छन्दतावादी कथाकार सरला राईका कथाको भाषा त्यति परिष्कृत देखिन्न ।

सुधा राई (सन् १९६८)

सुधा राईको समाधानहीन पाइलाहरू (सन् १९९८) नामक कथा सङ्ग्रह प्रकाशित छ । युगीन विवृmति, विसङ्गति, युद्धको विभीषिका, प्रणय, प्रणयवेदना वात्सल्य र त्यसको अभावमा पिल्सिएको मानसिकता जस्ता विभिन्न सन्दर्भहरूलाई कथ्य बनाइएका यिनका कथाहरू प्रायः छोटा आयाममा संरचित छन् । यिनका कथामा पुराना र नयाँ पुस्ताका बीचमा देखापरेका अन्योलग्रस्त एवं सङ्कटपूर्ण मानसिकताको प्रस्तुति पाइन्छ । मानवेतर प्राणीलाई मानवीय प्रवृत्ति आरोपण गरेर रोचक ढङ्गमा कथा सिर्जना गर्नु यिनको वैशिष्ट्य हो । वर्गीय विभेद र नारी शोषणको प्रत्यक्ष रूपमा नभएर सङ्केतात्मक ढङ्गमा चित्रण गरिएका यिनका प्रायः कथाहरू मनोवैज्ञानिक खालका देखिन्छन् । यिनका कथामा प्रयुक्त भाषाचाहि“ अपरिष्वृmत हुनाका साथै कतिपय ठाउ“मा त्रुटिपूर्णसमेत रहेको देखिन्छ ।

अनामिका (सन् १९६२)

सन् १९९८ को सुमन पत्रिकामा प्रकाशित ‘भत्केको मान्छे’ कथा लिएर नेपाली कथामा देखापरेकी अनामिकाको 'बादलपारिको आव्हान' (सन् २००२) शीर्षक कथा सङ्ग्रह प्रकाशित छ । यिनका कथामा पाइने मूल प्रवृत्ति परालौकिक विषयको प्रस्तुति हो । भौतिक जगत्मा असम्भव लाग्ने एवं अविश्वसनीय विभिन्न प्रकारका अलौकिक घटनाहरू समाजमा यदाकदा घटिरहेका हुन्छन् र मान्छे तिनलाई विश्मयकारी भावले देखिभोगिरहेका हुन्छन् । बादलपारिबाट कसैले बोलाएजस्तो लाग्नु, पहिले नै मृत्यु भइसकेको व्यक्तिसँग भेट हुनु, स्वजनको मृत्युको पूर्वाभास दिलाउने विभिन्न संयोग हुनुजस्ता अविश्वसनीय एवं असम्भव अलौकि घटना र विषयलाई यिनले कथात्मक संरचनामा आबद्ध गरेकी छन् । प्राकृतिक अपवादको रूपमा रहेको तेस्रो लिङ्गीका बाह्य क्रियाकलापलाई देखाउ“दै उसको मनोविश्लेषण गरिएका यिनका कथामा बेरोजगारी समस्यालाई अत्यन्त कारुणिक ढङ्गमा देखाइएको छ । नारीले जन्मदेखि मृत्युसम्म भोग्नुपर्ने यावत् क्रियाकलापको प्रस्तुति पाइने यिनका कथामा नारीप्रति हुने गरेका शोषणका अतिरिक्त नारीको नकारात्मक पाटालाई पनि प्रस्तुत गरिएको छ । वर्णनात्मक शैलीमा संरचित यिनका कथामा दार्जिलिङ क्षेत्रमा बोलिने नेपाली भाषिकाको प्रभाव रहेको छ ।

शान्ति थापा (सन् १९६८)

‘अलमल’ (सन् १९९९) का माध्यमबाट आफ्नो कथायात्रा आरम्भ गरेकी शान्ति थापाको आवर्तन (२००७) कथा सङ्ग्रह प्रकाशित छ । यिनका कथामा युगीन जनजीवनका विभिन्न विषयवस्तुको प्रस्तुति पाइन्छ । यिनी विभिन्न वर्ग र अवस्थाका नारीहरूले सम–विषम तथा विसङ्गत परिस्थितिमा भोग्नुपरेका मानसिक सङ्कटबाट उत्पन्न संवेदनालाई विविध सन्दर्भका माध्यमबाट विषयवस्तु बनाएर कथा सिर्जना गर्ने कथाकार हुन् । यिनले मूलतः नारीका दुर्दशा, वेदना, छटपटी, उकुसमुकुस, सन्तानप्रतिको मोह, सङ्कटमा परेको मातृत्व आदिलाई कथावस्तुको रूपमा आफ्ना कथामा समेटेकी छन् । यस दृष्टिले हेर्दा यिनका कथामा अभिव्यक्त मूल स्वर नारी संवेदना हो । सामाजिक क्षेत्रमा देखापरेका विकृति तथा विसङ्गतिलाई पनि औंल्याइएका यिनका कथामा तथाकथित इज्जतका लागि यौनदुव्र्यवहारलाई दबाउनु पर्ने बाध्यतामा परेको मातृत्वको पीडादायी अवस्थाको चित्रण पनि पाइन्छ । पुरुषले नारीप्रति गरेको शोषण देखेर विद्रोही हुनपुगेको मानसिकतालाई पनि यिनले आप्mना कथामा स्थान दिएकी छन् । सामाजिक संस्कार, रीतिथिति पनि पैसाका आधारमा मूल्याङ्न हुने सामाजिक परिपाटीप्रति व्यङ्ग्य प्रहार गरिएका यिनका कथामा कतिपय परम्परित बिम्बका माध्यमबाट व्यक्तिको क्षणिक मनोवेगको प्रस्तुति गरिएको छ । तत्सम शब्दको अत्यधिक प्रयोग तथा प्रतीकात्मक भाषिक प्रयोगका कारण बौद्धिक हुन गई यिनका केही कथा सामान्य पाठककका लागि क्लिष्ट एवं दुरुह पनि देखिन्छन् । कतिपय ठाउ“मा क्रियापदविहीन वाक्य प्रयोगका कारण यिनको भाषामा गद्यकविताको झल्को पनि पाइन्छ ।

साङमू लेप्चा (सन् १९६२)

सन् २००० को संरक्षण पत्रिकामा प्रकाशित ‘परिहार’ शीर्षक कथा प्रकाशित भएपछि नेपाली कथामा प्रवेश गरेकी साङमू लेप्चाको पैंयुृ फेरि फुल्ने आशामा (सन् २००७) एवं अव्यक्त कथा (सन् २०१०) जस्ता कथाकृति प्रकाशित छन् । व्यक्ति, परिवार, समाज, राष्ट्र तथा अन्तर्राष्ट्रिय स्तरका विभिन्न विभिन्न सन्दर्भको प्रस्तुति पाइने यिनका कथामा दार्जिलिङको चियाकमानका श्रमिकका पीडादेखि लिएर नेपालको माओवादी सन्दर्भ तथा भारत–पाकिस्तानको युद्धलाई समेत समेटिएको पाइन्छ । नारीका विविध रूप र मानसिकताको चित्रण पाइने यिनका कथामा नारीवादी दृष्टिकोण पनि अभिव्यञ्जित छ । जीवनलाई यात्रासँग तुलना गर्दै मृत्युको अपरिहार्यतालाई स्वीकार गरिएका यिनका कथामा जीवनप्रति सकारात्मक सोचाइ राखी आशावादी दृष्टिकोणका साथ अगि बढ्नुपर्ने भाव अभिव्यञ्जित छ । यिनका कथामा अग्रज साहित्यकारप्रति अत्यन्त श्रद्धाभाव पनि प्रकटित छ । दार्जिलिङे जीवनको सेरोफेरोमा संरचित यिनका कथाहरूमा नेपालको परिवेश पनि चित्रित छ । विविध प्रकारका प्राकृतिक बिम्बको प्रयोग सफलताका साथ गरिएका यिनका कथामा प्रयुक्त भाषा सापेक्षित रूपमा परिष्कृत र परिमार्जित छ ।

गीता उपाध्याय (सन् १९३९)

लामो समयदेखि मौलिक एवं अनुवादमूलक कृतिका माध्यमबाट नेपाली एवं असमिया साहित्यमा उल्लेखनीय योगदान पु¥याएकी गीता उपाध्यायका कथा नेपाली भाषामा चाहि“ सन् २००३ देखि मात्र प्रकाशित हुन थालेका हुन् । यिनको कथाञ्जली (सन् २००५) शीर्षक कथा सङ्ग्रह प्रकाशित छ । सन्तान रोजीरोटीको क्रममा विभिन्न ठाउ“मा गएपछि आमाबाबुको एकाङ्गी वृद्धावस्था, वर्तमानमा विकराल रूपमा रहेको बेरोजगारी समस्या तथा यसबाट उत्पन्न हुनसक्ने हिंसा, हत्या एवं आतङ्कको स्थिति, देहव्यापार तथा चेलीबेटी बेचबिखनजस्ता पारिवारिक तथा सामाजिक क्षेत्रमा देखापर्ने सन्दर्भहरूलाई प्रस्तुत गरिएका यिनका कथामा मनोविज्ञानको स्पर्श पनि पाइन्छ । प्रकृति र मानवको तादात्म्यलाई देखाइएका यिनका कथामा परिआएका समस्यालाई सहज ढङ्गमा लिई जीवनप्रति सकारात्मक दृष्टिकोण राखेर अगि बढ्नु पर्ने भाव अभिव्यञ्जित छ । असमको सहरिया परिवेशको चित्रण पाइने यिनका कथामा तत्सम शब्दका साथै असमिया शब्दको प्रयोग सहज रूपमा गरिएको छ ।

गीता लिम्बू (१९६४)

गीता लिम्बूको बुढाबाको छाता (सन् २००३) कथा सङ्ग्रह प्रकाशित छ । सन्तानको आमाप्रति आदर र आमाको सन्तानप्रतिको ममताको प्रस्तुति पाइने यिनका कथामा पुरुषको स्वेच्छाचारिताको विरोध र नारीको सहनशीलताको प्रशंसा गरिएको पाइन्छ । नारीको सकारात्मक चरित्रलाई मात्र प्रस्तुत नगरी नकारात्मक एवं व्यभिचारिणी रूपलाई पनि देखाइएका यिनका कथामा आदर्श समाजको परिकल्पना गरिएको छ । धार्मिक सङ्कीर्णताको जालोभित्र चेपिएर रहन बाध्य मानसिकताको प्रस्तुति पाइने यिनका कथामा जस्तोसकै निराशाका क्षणमा पनि जीवनप्रति सकारात्मक एवं आशावादी दृष्टिकोण राख्नु पर्ने भाव अभिव्यञ्जित छ । जातीय विभेदका विरोधमा आवाज उठाइएका यिनका कथामा प्राकृतिक सम्पदा र प्रतिभाको दुरुपयोग नगरी सदुपयोग गर्नुपर्ने दृष्टिकोण अगि सारिएको छ । असम क्षेत्रमा बोलिने भाषाको प्रयोग पाइने यिनका कथामा भाषिक कसरमसर पनि पाइन्छ ।

शान्ति छेत्री (वि.सं. २००४)

शान्ति छेत्रीको माया – जाल (सन् २००६) कथा सङ्ग्रह प्रकाशित भएको देखिन्छ । यिनका कथामा सिक्किमे नेपाली जनजीवनका सामाजिक, पारिवारिक, शैक्षिक आदि विविध सन्दर्भलाई विषय बनाइएको पाइन्छ । विविध उमेर, वर्ग, जाति र परिस्थितिका नारीहरूले भोग्नुपरेका विवशतालाई मार्मिकतापूर्वक प्रस्तुत गरिएका यिनका कथामा नारीको भावुकता र संवेदनशीलतालाई मार्मिक ढङ्गले प्रस्तुत गरिएको छ । समय एक्काईसौं शताब्दीमा पुगिसक्दा पनि नेपाली नारीहरूले आफ्नो शरीर, मन एवं मस्तिष्कको मालिक हुन नसकेको कटु यथार्थको प्रस्तुति पाइने यिनका कथामा पुरुषको स्वेच्छाचारी प्रवृत्तिलाई देखाइए पनि तिनको खुलेर विरोध गरिएको छैन । पितृसत्तात्मक सोचमा पिल्सिएका नारीहरू पनि त्यसको विरोध नगरी तिनलाई खुसीसाथ आत्सात् गरिएको स्थिति चित्रित यिनका कथामा नारीको सहनशील एवं समर्पणशील प्रवृत्तिलाई देखाइएको छ । साहित्यकारका क्रियाकलापलाई देखाइएका यिनका कथामा भानुभक्तप्रति विशेष श्रद्धाभाव प्रकट गरिएको छ । सिक्किमे नेपाली बोलीचाली प्रयुक्त यिनका कथाको भाषा सापेक्षित रूपमा परिष्कृत र परिमार्जित छ ।

रिजु देवी (सन् १९७८)

रिजु देवीको औ“शीको चन्द्रमा (सन् २००७) नामक कथा सङ्ग्रह प्रकाशित छ । वर्तमान मान्छेका विवशता, बाध्यता आदिलाई देखाइएका यिनका कथामा रूढिवादी सङ्कीर्णताले ग्रस्त समाजको यथार्थ चित्रित छ । लैङ्गिक विभेदको विरोेधात्मक प्रस्तुति भएका यिनका कथामा मातृत्वको महिमागान गर्र्दै मातृत्वका विविध रूपलाई देखाइएको छ । नारीलाई वासनाको पुतली ठान्ने सङ्कीर्ण मानसिकताको विरोध गरिएका यिनका कथामा नारीको आदर्शवादी चरित्र प्रस्तुत गर्दै विविध प्रकारका नारी समस्याको समाधान आदर्शपूर्ण ढङ्गले गरिनुपर्ने भाव अभिव्यञ्जित छ । मानवीय सद्भावलाई प्रस्तुत गरिएका यिनका कथामा श्रमको सम्मान हुनुपर्ने भाव अव्यिञ्जित छ । कुकर्मको फल अवश्य पाइन्छ भन्ने नीतिवादी भाव अभिव्यक्त यिनका कतिपय कथामा एकअर्काको संवेदना र संस्कृतिलाई कदर गनुपर्ने भावको प्रकटीकरण पनि भएको छ । असमेली नेपाली जनजीवन चित्रित यिनका कथामा प्रयुक्त भाषामा हिन्दीका शब्दहरू पर्याप्त मात्रामा पाइन्छन् ।

सरयू राई (सन् १९२८)

सरयु राईको कल्पवृक्ष (सन् २००९) कथा सङ्ग्रह प्रकाशित छ । नारीका सहनशील, उदार, मायालु, विवेकी रूपका साथै कर्कश, दुष्ट, अविवेकी रूपलाई देखाइएका यिनका कथामा नारीले परिस्थितिअनुरूप चल्न नसके सुन्दर सृष्टि नै भताभुङ्ग हुन पुग्ने यथार्थ अभिव्यञ्जित छ । समय एक्काईसौ“ शताब्दीमा पुगिसक्दा पनि जातीय आरक्षण कायमै रहेको हास्यास्पद स्थितिप्रति व्यङ्ग्य प्रहार गरिएका यिनका कथामा जातीय आरक्षणले व्यक्ति, समाज एवं राष्ट्रलाई नै हानि हुने दृष्टिकोण अगि सारिएको छ । टुहुरा एवं परिवारबाट अपहेलित वृद्धहरूको स्थितिलाई अत्यन्त मार्मिक ढङ्गमा चित्रण गरिएका यिनका केही कथामा आदर्शवादी भावको अभिव्यक्ति पनि पाइन्छ । विवरणात्मक शैलीमा प्रस्तुत गरिएका यिनका केही कथा विचारको प्रस्तुतिका कारण निबन्धात्मक प्रवृत्तिका पनि देखिन्छन् ।

माथि उल्लेख गरिएबाहेक मायादेवी योञ्जन (सन् १९३२) को मन्दा (सन् १९९२) एवं परिवर्तन (सन् २००१, सह) तथा लक्ष्मी कालिकोटे (सन् १९३८) को मोहभ्रान्त (सन् २००२) लगायतका अन्य महिला कथाकारका कथा पनि प्रकाशित भएको जानकारी पाइन्छ ।

माथि चर्चा गरिएबाहेक देवकुमारी थापा, मायादेवी सुब्बा, चन्द्रकला नेवार, पारिजात, माया ठकुरीजस्ता कथाकारको जन्म नेपालबाहिर भारतमा नै भएको हो । तीमध्ये पारिजात, मायादेवी सुब्बाजस्ता कथाकारको कथा लेखनको प्रारम्भ नेपाल प्रवेश गरिसकेपछि भएको हो भने देवकुमारी थापा, चन्द्रकला नेवार, माया ठकुरीजस्ता कथाकारका कथायात्राको प्रारम्भ भारतीय भूमिमा भए पनि पछिल्लो समयमा उनीहरूले नेपालमा बसेर कथायात्रालाई निरन्तरता दिएको पाइन्छ ।

३. उपसंहार

बहुभाषी तथा बहुधर्मी मुलुक भारतका विभिन्न क्षेत्रमा अन्य भाषी, धर्मी तथा जातिसँग मिलेर बसोबास गरिरहेका नेपाली जातिले बेलाबेला विभिन्न समस्यासँग जुध्दै साहित्य सिर्जनालाई निरन्तरता दिइरहेका छन् । नेपालबाहिर बस्ने प्रायः सबै नेपाली महिला कथाकारहरूले विविध प्रकारका नारीसमस्यालाई प्रमुखता दिएर कथा सिर्जना गरेका छन् । पारिवारिक सम्बन्ध र तिनबाट उत्पन्न समस्या, नारीप्रति हुने गरेका सामाजिक, मानसिक र यौनगत शोषणहरूलाई देखाउ“दै नारीले पुरुषबाट भोग्नुपरेका अनेक प्रकारका भुक्तमान र पीडाहरूका साथै नारीका नकारात्मक रूपको चित्रण पनि यिनीहरूका कथामा भएको छ । नारी समानता र स्वतन्त्रताको खोजीगर्दै आपसी सहयोग, सद्भाव एवं सम्मानको वातावरण सिर्जना हुनुपर्ने युगानुकूल धारणा यिनीहरूका कथामा अभिव्यञ्जित छ । यसका साथै आत्मनिर्भर तथा स्वावलम्बी भएर परिपक्व भएपछि मात्र बिहे गर्ने तथा अन्तर्जातीय विवाहलाई प्रेरित गनुपर्ने सोचाइ पनि यिनका कथामा अभिव्यञ्जित छन् । पछिल्लो समयमा देखापरेका अधिकांश महिला कथाकारका कथामा नारीवादी स्वर पनि छिटफुट रूपमा देखिएको छ ।

भारतीय नेपाली महिला कथाकारका कथाको विषय र परिवेश भारतभित्र मात्र सीमित नरही भारतबाहिर पनि विस्तार भएको पाइन्छ । भुटानी शरणार्थी समस्या, नेपालले भोग्नुपरेको सशस्त्र द्वन्द्वको स्थिति र त्यसबाट उत्पन्न परिणाम, भारत–पाक् युद्धलगायत अन्य विदेशी सन्दर्भ पनि यिनका कथामा वस्तुको रूपमा समेटिएका छन् । नेपालबाहिरका नेपालीले आदिकवि भानुभक्त आचार्यप्रति देखाउने आदर सम्मानको प्रस्तुति पनि कतिपय महिला कथाकारका कथामा भएको छ भने कतिपय महिला कथाकारले मनोविश्लेषणका साथै विज्ञान र यसका प्रयोगसँग सम्बद्ध विभिन्न विषयका कथालेखनमा पनि रुचि राखेको देखिन्छ । बहुभाषी तथा बहुधर्मी समाजमा बसोबास गरेका कारण यिनीहरूका कथामा विभिन्न भाषा तथा संस्कृतिको स्पर्श पनि पाइन्छ ।

साहित्य सिर्जनाका लागि अनुकूल र सोचेजस्तो परिस्थिति नभए पनि प्राकृतिक जिम्मेवारी सफलतापूर्वक निर्वाह गरी पारिवारिक, सामाजिक, प्रशासनिक सङ्कीर्णताको घेरा तोडेर जातीय तथा वर्गीय अस्तित्वका लागि सङ्घर्ष गर्दै कथा क्षेत्रमा देखा परेका भारतीय नेपाली महिलाको प्रयास र सक्रियता अत्यन्त अनुकरणीय र सराहनीय छ । भारतीय नेपाली महिला कथाकारहरूको अवस्थिति र सिर्जनधर्मितालाई केलाउ“दा सिङ्गो नेपाली कथाका क्षेत्रमा यिनीहरूको उपस्थिति र योगदान परिमाणात्मक र गुणात्मक दुवै दृष्टिले उल्लेख्य रहेको छ । यिनमा अधिकांशतः जीवितै भएका र सिर्जनरतसमेत रहेकाले नेपाली कथाको विकासमा यिनले थप योगदान पु¥याउने स्थिति पनि टड्कारो देखिन्छ ।

कीर्तिपुर, काठमाडौं

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।