जब तिम्रो प्रीतको शिर अन्तै तिर झुक्यो
छाती बाहिर आगो बलि भित्र मुटु सुक्यो
अह्सैयको पिडा भयो कलेजोमा सोला हान्यो
मरिजान्छु भन्दाखेरी दैवलेनी लान्न भन्यो
काल पनि निस्ठुरी भै बाच्न यहाँ बाध्य पार्यो
घाम छेक्ने हाम्रो माया भुइकुहिरोमा तिम्ले झार्यो
शुभ रहोस दिन तिम्रो शुभ रहोस रात पनि
म दुखेनी सुखै तिम्लाई जुन शहरमा बसे पनि !!
न्यु योर्क