तलबाट सर्वाङ्ग छौ माथि मात्र छोप्छौ तिमी
जे गरे नि मान्नै पर्ने संधै कत्ति टोक्छौ तिमी
समय चै बगिरह्यो झगडा मै ब्यस्त भयौ
काम थोरै गरे पनि फेरि म्याद तोक्छौ तिमी
पेश्की,भत्ता लिए पनि भ्रष्टाचार बढाऊ छौ
ऋण सबै हामी माथि तमसुक बोक्छौ तिमी
जनताले फेरि पनि झन्डा तिम्रो बोक्नै पर्ला
आनाकानी गर्दा खेरि गोली-बम ठोक्छौ तिमी
भलो गर्न छाडि गयौ दोषी बाटो समाएर
यो जूनीमा जे गर्दछौ अर्को जूनी भोग्छौ तिमी
बिराटनगर - ४, मोरंग