17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल बोध राज पन्त ‘अनागत’ July 15, 2011, 12:53 pm

मन घरिघरि घरतिर गा'छ

जुम्लाको रात अचेल लामो भा छ ।

छट्पटीमा कोल्टेहरु फेर्छु फेर्न त

नींद लाग्दैन पक्कै यो पनि था'छ ।

सपनामैं सही आए नि हुन्थ्यो

एकैछिन उन्लाई देख्न मन ला'छ ।

ख्वै ! किन हांस्छौ हेरेर मलाई ?

तिम्रो नि हालत उस्तै हो था'छ ।

अरुले देख्छन् जागीर खा छु

आफुलाई सधैं जागीरले खा'छ ।

बाहिर घाम लागेर के भो ।

मन भित्र सधैं बादलै छा'छ ।

इच्छाको पोको मनले बोक्छ

सास्ती चैं कठै ! आँखाले पा'छ ।

मणिग्राम, रुपन्देही, हालः हुम्ला

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।