14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

डायास्पोरिक परिधि र सञ्जुका सपना: ‘समुद्र र सपना’

कृति/समीक्षा गोपाल झापाली July 16, 2011, 1:41 am
गोपाल झापाली
गोपाल झापाली

सञ्जु बजगाईंको प्रारम्भिक श्रृजनाको क्षेत्र कविता हो । तर बिभिन्न साहित्यिक संस्था र सम्पादनमा लागेकी उनका लागि कथ्य विद्या नौलो होईन । मेरो प्रत्यक्ष साक्षात्कार सम्म हुन नपाएकी सञ्जुबारे यो प्रारम्भिक जानकारी उनको कथा कृित ‘समुन्द्र र सपना’ को भूमिकामा लेखिएका डा. लक्ष्मणप्रसाद गौतमका शव्दबाट पाएको हुँ । डा. गौतमको भूमिका लेखनले सञ्जुको लेखकिय क्षमता र बान्किको मात्रै होईन वैयक्तिक चिनारी पनि साङ्गो–पाङ्गो दिएको छ । उनको वजनदार भूमिका शाव्दिक फूल–बुट्टाले आलङ्कारिक मात्र छैन सञ्जुको लेखकिय दक्षताको मिहिन विश्लेषणयुक्त पनि छ । यो त भयो, ‘समुद्र र सपना’ भन्दा बाहिर देखिएका बिपनाका कुरा ।

लेखिकाको आत्मकथ्यबाट थाह हुन्छ, उनको कथा लेखनयात्रा लामो छैन । उनैले भनेकी छिन–‘ सन् १९९७ मा पहिलो पटक कविता प्रकाशित भएर लेखनलाई निरन्तरता दिए पनि कथालेखनको सुरुआत भने सन् २००६ देखि गरेकी हुँ । यस कथासङ्ग्रहमा समेटिएका सबै कथाहरू विदेशीभूमिमा लेखिएका हुन् । यसर्थ मेरो यो ‘समुद्र र सपना’ कथा सङ्ग्रह डायास्पोरिक सिर्जनाको प्रतिनिधी हो भन्ने लागेको छ । ’ ५÷६ वर्षको बालक टुकुर टुकर हिड्न सक्दो हो । हदै भए आमाका औला समातेर विद्यालयका प्रा¨ण सम्म पुग्दो हो । तर सञ्जुको लेखकिय क्षमता यस अवधिमा टुकुर टुकर हिड्ने मात्रै होईन भौगोलिक सिमाङ्कन नाघेर उड्न सक्ने भएको रहेछ । खुशी लाग्यो । यो उनको क्षमताको तिव्रतर गतिको परिणाम पनि हो जस्तो लाग्छ ।

कथाक्रमका दृष्टिकोणले यस सङ्ग्रहको शिर्षकथा ‘ समुद्र र सपना’ पहिलो हो । यसैले कृतिको वजन पनि उचालेको छ । लेखिकाले कृति समर्पण गरेकी सो कथाकी मूल पात्र कान्छ्यामा नेपालमा सन्तानहरुबाट दुत्कारीएका आमाहरुकी प्रतिनिधी हुन् । हाम्रो समाजका कान्छा काकाकी श्रीमती अथवा सौतेनी आमालाई कान्छि आमा भन्ने चलन छ । त्यसैको मायावी रुप कान्छ्यामाको पीडा बोलेकी छिन लेखिकाले । भन्छिन–“छोराले खान दिएको हिसाब मागेपछि के फरक भो घर र आश्रम ? बाह्र छोरा तेह्र नाति बूढाको धोक्रो काँधै माथि ।’’ जन्तरेसम्म छोरो हुर्काएकी उनी जस्तै आमाहरु हाम्रा समाजमा एक्लिने क्रम बढ्दो छ । तिनै आमाहरुको र¨ हो शिर्ष कथा ‘समुद्र र सपना’ । तर बिदेशी परिवेषमा लेखिएका कतिपय शव्द र शव्द चित्रहरु बिल्कुल नेपाली पाठकका लागि नौला र नबुझि“दा बन्न सक्छन् । तर ति शव्द टाई सहितको सुट माथिको ढाका टोपी जस्तै छन् । परिभेष मिल्दा अर्थात पराया परिभेषमा पनि आºनोपन भेटिने ।

कृतिको तेश्रो कथा ‘गुलावी फ्रक’ बिम्ब प्रयोगका दृष्टिकोणबाट जोडदार लाग्दछ । लेख्छिन्–‘मक्किएको धागो बटुलेर बनाएको पिङजस्तो मेरो दिनचर्यामा केवल साहुको गाली, विक्षिप्त मन, दमन, घृणा, भोक बाहेक केही थिएन । ’ यहा“ फेरि पनि जोड दिन चाहन्छु, –‘मक्किएको धागो बटुलेर बनाएको पिङजस्तो मेरो दिनचर्यामा.....।’ मक्किएको धागाले यहा“निर धनसरीको जीवन बोलेको छ । मानिस देखावटी वैभवताले सन्तोक लिन सक्दैन । कथाको बिट मार्नेबेलामा धनसरीले बोलेकी छे नि काठमाण्डौको झिलिमिलीलाई गिज्याउ“दै–“खै म त केही राम्रो देख्दिन“ , त्यो त बत्तीको झिलिमिली मात्र हो ।” शव्दमा शक्ति हुन्छ भन्ने कुरा यसले पनि पुष्टि गर्छ । मानिसका लागि सन्तुष्टि देखावटी भन्दा अनुभूती महत्वपूर्ण हुन्छ, यसैको बिम्ब लाग्यो मलाई यो शब्द ।

त्यसो त दोश्रो कथा ‘पपेट’ कम वजनको कथा लागेन तर परिवेष, दृश्य, संवाद म जस्ता भुगोलका चार किल्ला ननाघेका औसत पाठकका लागि बिल्कुल नौला छन् । यो पनि लेखकिय स्वादको नौलो परिकार बन्न सक्छ म जस्ताका लागि ।

कथा आत्महत्याको श्रृङ्खलामा लेखिका महिला अधिकार र समानताका लागि कतै–कतै ‘भाले’ बनेर बास्न पनि खोजेकी छिन् । उनको क्रान्तिकारी चेत बोलेझैं लाग्छ–‘जिन्दगी एउटा पुरुषलाई दाम राखेर चढाएको भेटी जस्तो हुनुको के अर्थ ?’ पुरुषप्रधान सामाजिक संरचनामा पढेकी, बुझेकी, भोगेकी लेखिका सायद यो संरचना तोड्न चाहन्छिन् । यहि कथामा यो भन्दा अगाडि एउटा वाक्य छ–“क्यानडाबाट भर्खरै इन्जिनीयर पढेर आएका । परिवारमा सबैभन्दा असल । खान्दान पनि नाम चलेको । विवाहपछि दुलहीलाई पनि क्यानडा नै लिएर जाने अरे । यत्तिको घरमा छोरी नदिए के पखर्रे बस्ने ?” पराधिनतामा रमाउन थालेको हाम्रो नेपाली समाजको दर्विलो दृश्य हो । बिदेशमा पढेको, जागिर खाने युवकमाथि यसै गरी धेरै परिवार छोरीका जिन्दगी सुम्पन आतुर अनि यस्तै युवकका भर समर्पित हुन धेरै नेपाली युवती पनि । तर आत्महत्या साहित्कारकी श्रीमतीले गरेको भनिएको, यसको गुरुत्व मैले बुझ्न सकिन । प्रष्ट म हुन सकिन, सात्यिमा लाग्नेहरुको आर्थिक बिकटा र परिवारमा आउने तनावको तुलना पो हो कि यो ? स्पस्ट भएन ।

एम्बुस, विद्रोह, क्रसरोड, बन्द झ्याल, सम्बन्धको दूरी, अर्काे मोड, ईष्र्या,

ग्याँस च्याम्बर छेउबाट, सप्तकोसी किनारबाट, मार्गरेट र मेरी आमा, फेरि उही सपना सवै जोडदार छन् । कतै–कतै शव्दका चुक्कुलहरु नफुस्किएका होईनन् तर नसुहाउ“दा भ्वाङ् चा“हि मैले खुट्याउन सकिन । समुद्रका तर¨मा एकोरि“दै सञ्जुले कथा बुनिरह“दा तमोर र सप्तकोसीका छालहरुको पनि उपेक्षा भएको छैन । ठाउ“–ठाउ“मा शिल्प र भावना गिजोलि“दा पाठकलाई ठेस लाग्न सक्ने ठा“उ पनि छन्, कथामा ।

स्वदेशमानैं बसेर श्रृजनाको खेती गर्नु सीमखेतमा रोपाई“ गर्नु जस्तै हो । तर मेहनत गर्नेले त पाखोबारीमा पनि धानका बाला झुलाउन सक्नु पर्छ । त्यहि बाला झुलाउने परीक्षामा सञ्जु उभिएकी छिन्, ‘समुद्र र सपना’मा र । उनले भने जस्तै परदेशको यान्त्रिक दैनिकिबाट समय उभारेर श्रृजनामा लगाउनु त्यहि पाखोबारीमा रोपाई“ गर्नु जस्तै हो, त्यो बा“झो बारीमा ।

डायास्पोरीक जीवनशैली, महिला उत्पिडनको आक्रोश, सुख र सन्तुष्टि बिचको तुलनाको मापन गरिएका कथाले भरिएको ‘ समुद्र र सपना’ डायास्पोरिक साहित्यमा एउटा नया“ सपना लिएर उभिएको छ । यदि सपना देखिन्छ भने कोठा भरिको मात्रै होईन अनन्त क्षितिज सम्मको देख्नु पर्छ । तर सपनामा परेको चिाले महल उभ्याउने बिपना खोज्नु हु“दैन ।

र अन्त्यमा,

अहिले बजार ‘ग्ल्यामर’ भएको छ । शिशी भित्रको अमृत बेच्न पनि कागजमा पोको पारेर हु“दैन । ‘प्याकि¨’ पनि आकर्षक चाहिन्छ । समुद्रका घेरामा उभिएका सञ्जुका सपना पोक्याउन रमेश पौडेलको आवरणकलाको मेहनत खेर गएको छैन । भाउपन्थी, श्रीओम रोदन र नरनाथ लुईटेलका सुझाव र शुभकामना सहितका शव्द फूल भित्रको सुगन्ध बनेका छन् ।

झापा

कृतिः समुद्र र सपना

लेखकः सञ्जु बजगाईं

प्रकाशकः रत्न पुस्तक भण्डार, काठमाण्डौं

मूल्यः रु.१५०।–

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।