18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गीत

गीत हेमन्त परदेशी July 19, 2011, 8:25 pm

पर्खि बस्छु द्यौरालीमा चाँडै आउनू है

बसन्तको बहार बनि तिमी छाउनू है

दूरी हाम्रो टाढा थियो बाटो यौटै भो

बेग्ला बेग्लै चोट लाग्यो खाटो यौटै भो

छोट्याएर त्यही दूरी भेट्न आउनू है

चोट संगै खाटो मनको मेट्न आउनू है

पर्खि बस्छु द्यौरालीमा…………।।

संसारको खुशी दिन्छु भन्न सक्दिन

तर तिम्रो पीर ब्यथा सुन्न सक्दिन

त्यही पीर ब्यथा साट्न तिमी आउनू है

मनभरी हाँसो खुशी बोकि ल्याउनू है

पर्खि बस्छु द्यौरालीमा…………।।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।