19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

उदाउँदै गरेको जूनको कुरा

कविता ऋषि बस्ताकोटी July 24, 2011, 7:09 am

उज्यालाको खोजीमा

एक हुल घामहरु

सात समुद्र तरिरहेछन् ,

बचे खुचेका दुई फाँकी उज्यालाहरु पनि

सुरक्षाको खोजीमा

सहर झरिरहेछन् ,

यतिबेला

यहाँको पानी पँधेरो

कहर भइरहेछ

गाउँले मन र गाउँले जीवन

खण्डहर भइरहेछ ।

आशाको त्यन्द्रो

सुक्नै लागेको यतिबेला ,

पहिचानको गीत

लुक्नै लागेको यतिबेला

यौटा जून उदाउँदै गरेको देखें

विप्ल्याँटाका विरुध्द

समय हिंडाउने चेष्टामा

उज्यालाको गीत

गुञ्जाउने अभिष्टमा

यौटा वतास सुसाउँदै गरेको देखें ।

अँध्याराका विरुध्द

उदाएको जून

कठोरताका विरुध्द

पलाएको जून

वेनामहरुका लागि

नाम भइरहेछ

गुमनामहरुका लागि

नाम भइरहेछ ।

मैले देखेको जून

तिमीले खोजेको जून

यौटा मौजा बनाइरहेछ

यौटा विर्ता कमाइरहेछ

घामले बसाइँ सरेको बेला

अँध्याराले राज गरेको बेला

ताराहरुलाई जगाइरहेछ जून

आत्मीयता र स्नेहको

शीत चुहाइरहेछ जून

अध्यारा गौडा र गल्छेडाहरु भेटिरहेछ जून यतिबेला

असंगतिका धर्साहरु मेटिरहेछ जून यतिबेला

मेरो मित्र ,

उज्यालाको विकल्प अँध्यारो हुनै सक्दैन

यसैले उदाउँदै गरेको जूनलाई

एकपल्ट पूणर््िामा हुनदेऊ

अभैm मौजा पैmलाउन देऊ

विर्ता कमाउन देऊ

यसपालि पनि फिर्ता भयो भने जून

फेरि यो धर्तीमा घाम उदाउने छैन

उघ्रिनै लागेको उज्यालो फेरि

कहिल्यै आउने छैन ।

बरु होसियार मेरो मित्र

प्यारो जूनमा कतै दाग लाग्नुहुन्न

साझा जून कसैको भाग लाग्नुहुन्न

हामीलाई पूणर््िामाको जून चाहिन्छ ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।