केटा: यो दिलको भिरपाखामा गुरा“सझै“ फुलिदिन्छौ
रुपको लाली लुकाएर पूर्णिमा झै“ खुलिदिन्छौ
के भनेर बोलाउनु मन चोर्ने बेइमानीलाई
केटी : यो मुटुको ढुक्ढुकीमा जूनताराझै“ झुलिदिन्छौ
मनको गा“ठो फुकाएर भमरा झै डुलिदिन्छौ
के भनेर बोलाउनु दिल चोर्ने बेइमानीलाई
केटा : यो मनको गमलामा गुलाब झै“ फुलिदिन्छौ
खाली सिंउदो झुकाएर लाली रङ घुलिदिन्छौ
कुन साइनो लगाउनु मन चोर्ने बेइमानीलाई
केटी : गहको सागर सुकाएर दुनियालाई भुलिदिन्छौ
हृदयको घेराभित्र हिमाल झै“ चुलिइदिन्छौ
कुन साइनो लगाउनु मन चोर्ने बेइमानीलाई