18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गीत

गीत भरत बागलुङे July 24, 2011, 3:16 pm

टुक्रिदैछ यो देशको माटो

लुछिदैछ सिमाना

जोडिन्न भन्छन् फुटेको भाँडो

नफुटाउ बिन्ति कामना ।

नेपाल छ र नेपाली छौँ हामी

पूर्खाको श्राप लाग्ला बरै

कहाँ खानु ढिंडो, कहाँ ओत्नु झरी

भत्केर गए आफ्नो घरै ।

यो माटो हाम्रो पूर्खाको नासो

नमेट/नबेच सिमाना

जोडिन्न भन्छन् फुटेको भाँडो

नफुटाउ बिन्ति कामना ।

केही हैनौँ हामी, कोही हैनौँ

देश भन्दा ठूलो को हुन्छ र ?

सुखको लोभमा आफ्नि आमा

लीलामीमा टाँग्नु हुन्छ र ?

यी आमा भन्दा कम छिन् र देश ?

नमेट आत्मा/भावना

पाइन्न भन्छन् देश र आमा

नलुछ, नकुल्च बिन्ति कामना ।

नारायणस्थान, बागलुङ

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।