18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

नेपाली कविताको इतिहासमा महिलाहरूको अवस्थिति

व्यक्तित्व / कृतित्व प्रा.डा. खगेन्द्रप्रसाद लुइटेल July 25, 2011, 6:22 pm
प्रा.डा. खगेन्द्रप्रसाद लुइटेल
प्रा.डा. खगेन्द्रप्रसाद लुइटेल

१. विषयपरिचय

उन्नाईसौं शताब्दीको प्रारम्भतिर अर्थात् पृथ्वीनारायण शाहको नेपाल एकीकरण अभियानको हाराहारीदेखि थालिएको नेपाली कविताले अढाई सय वर्षजतिको समयावधि पार गरिसकेको छ । यस समयावधिमा नेपाली कविताका अनेक प्रवृत्तिगत मोड वा घुम्तीहरू देखापरेका छन् । नेपाली कविताको उहिलेदेखि अहिलेसम्मको सिङ्गो समयावधिलाई विभिन्न कालखण्डमा विभाजन गरेर हेर्ने प्रचलन रहेकोे पाइन्छ । ऐतिहासिक एवं वैज्ञानिक दृष्टिकोणबाट नेपाली कविताको विकासक्रमलाई तीन कालखण्डमा निम्नलिखित ढङ्गले समयावधि निर्धारण गरिन्छ ः

१. प्राथमिक काल (सुरुदेखि १९४० सम्म)

(१) पूर्वार्ध (सुरुदेखि १८७१ सम्म) ः वीर धारा

(२) उत्तरार्ध (१८७२ देखि १९४० सम्म) ः भक्ति धारा

२. माध्यमिक काल (१९४१ देखि १९९१ सम्म)

(१) पूर्वार्ध (१९४१ देखि १९७४ सम्म) ः शृङ्गारिक धारा

(२) उत्तरार्ध (१९७५ देखि १९९१ सम्म) ः शास्त्रीयतावादी÷परिष्कारवादी धारा

३. आधुनिक काल (१९९१ देखि यता)

(१) स्वच्छन्दतावादी धारा (१९९१ देखि २०१६)

(२) प्रयोगवादी धारा (२०१७ देखि २०३५)

(३) समसामयिक धारा (२०३६ देखि यता)

सिङ्गो नेपाली कविताको इतिहासमा विभिन्न धारा र प्रवृत्तिका कविताहरू सिर्जना गरिएको पाइन्छ । साहित्य सिर्जना वmुनै न वmुनै रूपमा तत्कालीन युगीन परिवेशबाट प्रभावित र उत्प्रेरित हुन्छ । नेपालीमा वीरभाव, भक्तिभाव एवं शृङ्गारभावका कविता लेखिनु तत्कालीन युगीन राष्ट्रिय परिवेशकै प्रभाव हो । प्रारम्भमा एकीकरणका बेला युद्ध दुन्दुभिका कारण वीरताका कविता लेखिए भने युद्धमा पराजित भई सुगौली सन्धि गर्न बाध्य भएपछि जीवनको मूल आधार ईश्वरलाई ठानी भक्तिभावका कविता लेखिन थाले । नेपालमा राणाहरूको अभ्युदयपश्चात् तिनीहरू मोजमस्तीमा डुब्न थालेपछि कविताले पनि त्यही बाटो अनुसरण ग¥यो र शृङ्गारभावका कविता रचिन थाले । यसरी समयअनुसार विभिन्न भावधाराका कविता लेखिनुमा तत्कालीन युगीन सामाजिक–राजनैतिक परिवेश नै प्रमुख कारक तत्वका रूपमा रहेको स्पष्टै देखिन्छ ।

प्रवृत्तिगत प्राधान्यका आधारमा कविताको इतिहासलाई भिन्नभिन्न कालमा विभाजन गरिएको देखिए पनि एउटा समयावधिका प्रवृत्ति अर्काे समयमा पनि केही न केही मात्रामा देखापर्न सक्छन् । आज पनि वीर, भक्ति, शृङ्गार र शास्त्रीयतावादी भावधाराका कतिपय कविताहरू लेखिएको पाइन्छ तर आजको मूल प्रवृत्ति त्यो होइन । एउटा कालको मूल प्रवृत्ति पूरै परिवर्तन भएपछि वा प्रमुख प्रवृत्ति गौण भएपछि अर्काे काल प्रारम्भ हुन्छ । एउटा कालको समाप्ति र अर्काे कालको प्रारम्भ भन्नाको तात्पर्य अब पहिलेका प्रवृत्तिका कविता लेखिंदैनन् वा लेख्नै पाइँदैन भन्ने नभएर पहिलेको मूल प्रवृत्ति समाप्त भई वा गौण भई त्यसका ठाउँमा अर्को प्रवृत्ति प्रमुखताका साथ देखापरेको भन्ने मात्र हो । यसै आधारमा नेपाली कविताको प्राथमिक कालको पूर्वार्धमा वीरधारा र उत्तरार्धमा भक्तिधारा, माध्यमिक कालको पूर्वार्धमा शृङ्गारिक धारा र उत्तरार्धमा शास्त्रीयतावादी धारा तथा आधुनिक कालमा स्वच्छन्दतावादी, प्रयोगवादी र समसामयिक धारा देखापरेका हुन् । यिनमा वmुनै एउटा प्रवृत्ति प्रधान भएका बखत पहिले प्रधान रहेको वmुनै अर्को धारा वा प्रवृत्ति गौण बन्दै जाँदा नेपाली कवितामा यी विभिन्न धारा र प्रवृत्तिको विकास भएको हो । नेपाली कवितामा प्रचलित यी विभिन्न धारा र प्रवृत्तिका कविताको विकासमा महिला कविहरूको पनि उल्लेख्य योगदान रहेको हु“दा यसमा नेपाली कविताका इतिहासको विभिन्न कालमा महिलाहरूको अवस्थिति केकस्तो रहेको छ त्यसको विश्लेषण गरिन्छ ।

२. नेपाली कविताको प्राथमिक काल (सुरुदेखि १९४० सम्म)

पृथ्वीनारायण शाहको नेपाल एकीकरण अभियानको थालनीदेखि मोतीराम भट्टको आगमनपूर्वसम्मको अवधिलाई नेपाली कविताको प्राथमिक काल मानिन्छ । नेपालीमा कविता लेखनको थालनी नेपाल एकीकरण अभियानको हाराहारीदेखि भएको मानिए पनि नेपाली कविता लेखनको सुरुआत एक्कासि भएको होइन, यसको पृष्ठभूमिका रूपमा श्रुतिपरम्परामा जीवित रहेको नेपाली लोकगीत, लोकगाथा आदिलाई लिन सकिन्छ । नेपाली कविता लिखित स्वरूपमा आउनुभन्दा पहिले लोकमानसमा प्रचलित लोकगीत, लोकगाथा र मनोरञ्जनात्मक लोकभाखाले पनि यसको विकासमा प्रशस्त सहयोग पु¥याएको देखिन्छ । पृथ्वीनारायण शाहको नेपाल एकीकरणको अभियान सँगसँगै विभिन्न कविहरूले लोकपरम्परा र तत्कालीन युगीन परिवेशबाट प्रभावित र प्रेरित भएर नेपालीमा मौलिक कविता सिर्जना गरी नेपाली कवितालाई श्रुतिपरम्पराबाट लेख्य स्वरूप प्रदान गरेको पाइन्छ । तत्कालीन प्रारम्भिक कविहरूका कवितामा लोकलय र लोकशैलीको झझल्को पाइने हुँदा तिनीहरू संस्वृmत परम्पराबाट नभई लोकपरम्पराबाटै बढी प्रभावित रहेको वmुरा स्पष्ट हुन्छ । पृथ्वीनारायण शाहको पालामा नेपाली भाषा कथ्यबाट लेख्य स्वरूपतर्पm उन्मुख हुँदै राष्ट्रभाषा र साझाभाषाका रूपमा विस्तारित र विकसित हुन थालेपछि तत्कालीन नेपाली कविहरूले युगीन परिवेशअनुरूप वीरभावका कविता लेख्न थाल्छन् र त्यहींँबाट नेपाली कवितालेखनको इतिहास सुरु हुन्छ ।

प्राथमिक कालीन नेपाली कवितामा महिला कविहरूको सङ्ख्या निकै कम रहेको देखिन्छ । यस अवधिमा नेपाली कविताका क्षेत्रमा देखापर्ने नारीहरूमा प्राणमञ्जरीदेवी, ललितत्रिपुर सुन्दरी, बबगुनी गुरुङ, हीरा गाइनेनी उल्लेख्य रहेका छन् । साहित्यकार प्रेमनिधि पन्तकी श्रीमती प्राणमञ्जरी देवीले १७८० तिर आप्mना छोराको निधनबाट आहत भई सुदर्शन टीका लेखेको जानकारी पाइए पनि त्यो उपलब्ध छैन । ललितत्रिपुर सुन्दरीद्वारा १८८१ तिर लेखिएको मानिने राजधर्मका प्रत्येक अध्यायको अन्त्य एउटै श्लोकबाट गरिएको छ । १८८३ तिर लेखिएको मानिने ब्रह्मतत्वको सवाईका रचनाकार जोसमनी सम्प्रदायबाट दीक्षित भएकी बबगुनी गुरुङ हुन् र यसमा ब्राह्मणवादको विरोध गरिएको छ । यसमा प्रयुक्त भाषा भने जोसमनी सम्प्रदायका अन्य कविका जस्तो सधुक्कडी नभई सरल एवं नेपालीपनले ओतप्रोत छ । यसपछि हीरा गाइनेनीले माथवरसिंह थापाको स्तुतिगान गरी गीत लेखेको उल्लेख पाइन्छ । सर हर्वर्ट एडवार्डले हेनरी लरेन्सको जीवनी लेख्ने क्रममा हीरा गाइनेनीका गीतको अङ्ग्रेजी भावानुवाद दिएबाट यस कुराको पुष्टि हुन्छ ।

यसरी प्राथमिक कालीन नेपाली कवितामा महिलाहरूको अवस्थिति निकै कम देखिए पनि हुँदै नभएको अवस्थाचाहिँ छैन । नेपाली कविताको प्राथमिक कालमा देखापरेका वीरधारा, भक्तिधारा आदि सबै खाले कवितामा महिलाहरूको अवस्थिति नदेखिए पनि कवितालेखनको प्रारम्भिक अवस्थामै यतिको सङ्ख्यामा महिलाहरू हुनुलाई उपलब्धिमूलक नै मान्नुपर्छ । महिलाद्वारा लिखित यस कालका कवितामा शोकभाव, धार्मिक आस्था, वीर स्तुति आदि पाइन्छ ।

३. नेपाली कविताको माध्यमिक काल (१९४१ देखि १९९१ सम्म)

नेपाली कवितामा मोतीराम भट्टको आगमनदेखि स्वच्छन्दतावादको प्रारम्भसम्मको अवधिलाई नेपाली कविताको माध्यमिक काल मानिन्छ । १९४१ मा नेपाली साहित्यका फाँटमा पहिलेको भन्दा भिन्न र नवीन प्रवृत्ति शृङ्गारिकता लिएर मोतीराम भट्टको आगमन सँगसँगै नेपाली कवितामा माध्यमिक कालको सुरुआत हुन्छ । नेपाली कविताको माध्यमिक कालका प्रवर्तक मोतीराम भट्टको आगमन सँगसँगै नेपाली कवितामा मुद्रण र प्रकाशनको युग थालिन्छ । मोतीरामकै सक्रियतामा मोती मण्डली नामक सामूहिक संस्थाको निर्माण गरी सामूहिक रूपमा कविता लेखन कार्यको थालनी र विस्तार भएको देखिन्छ । यस अवधिमा पनि विभिन्न महिला कविहरू देखापरेका छन् । यस समयावधिमा नेपाली कवितामा देखापरेका महिला कविहरू यसप्रकार रहेका छन् ः

भक्तिकुमारी राणा

जङ्गबहादुरकी जेठी बुहारी भक्तिकुमारी राणाले आप्mना पति जनरल जगतजङको बयालीस सालपर्वमा मृत्यु भएपछि विरक्तिएर भक्तिमार्गमा लागी केही भजनहरू लेखेको जानकारी पाइन्छ । १९६१ तिर लिथोका रूपमा छापिएको भक्तिलहरीमा १९५८ सम्म ब्रज र नेपाली भाषामा लेखिएका भजनहरू सङ्कलित छन् ।

भगवतकुमारी पाण्डे

भगवतकुमारी पाण्डेका भक्तितिलक (१९७६) र भगत पुष्पाञ्जली (२०२९) शीर्षकका दुई कृति प्रकाशित छन् । यिनका प्रारम्भिक रचनामा शृङ्गारिकता र पछिल्ला समयका रचनामा ईश्वरीय भक्तिभावको प्रस्तुति पाइन्छ ।

१९८९ सालमा प्रकाशित बहादुरसिंह बरालको बरालको आँसुमा गङ्गावती, दुर्गा मल्ल र पवित्रादेवीजस्ता महिला स्रष्टाका गीत र गजलका ढाँचाका केही रचना पनि सङ्कलित छन् । यसमा गङ्गावतीका ‘विधवा विलाप’, ‘केही छैन’, ‘यो माया छ दुई दिनको’ र ‘शक्ति अपार’ गरी चारवटा रचना समाविष्ट छन् । यिनका रचनामा पतिले माया, मोह र सम्पत्तिका पछि लागेर साथ छोडी आपूmलाई अलपत्र पारेको र यस्तो स्थितिमा ईश्वरले पनि दुखीलाई नहेरेकामा गुनासो व्यक्त गरिएको छ ।

यसमा दुर्गा मल्लका ‘बताऊ आयेर हे भगवान’ ‘के भयो सन्तानलाई’ र ‘कैले जान्छ श्वास’ शीर्षकका तीनवटा रचना समाविष्ट छन् । यिनका रचनामा नेपाली जाति बिग्रिँदै गएकोमा चिन्ता तथा गोर्खाली जातिले अल्छी हुँदै गई आप्mनो कर्तव्य बिर्सेर पुर्खाको इज्जत जोगाउन नसकेकामा दुख व्यक्त गर्दै आप्mनो जातीय अस्तित्वका लागि सचेत हुन आह्वान गरिएको छ ।

यसमा पवित्रादेवीको ‘तिम्रो मन्दिरमा’ शीर्षक एउटा गजल ढाँचाको रचना समाविष्ट छ । यसमा भवसागर पार गर्नाका लागि हरिको उपासना गर्दै उनकै शरणमा परेको भावाभिव्यक्ति गरिएको छ ।

विशेषतः जातीयता, सामाजिकता, औपदेशिकता र धार्मिकताको काव्यात्मक अभिव्यक्ति पाइने बरालको आँसुमा समाविष्ट यी महिला रचनाकारका रचनामा ईश्वरसँग समेत जातीय सुधारको आग्रह गर्दै गोर्खाली जातिमा राष्ट्रप्रेम र जातिप्रेमको भावना जागृत गराउनु पर्ने जागरणमुखी भावाभिव्यक्ति गरिएको छ ।

विद्यादेवी दीक्षित

यस समयावधिमा थुप्रै कृतिको सिर्जना गर्ने नारी स्रष्टामा विद्यादेवी दीक्षितको नाम अग्रपङ्क्तिमा आउँछ । यिनका विलाप (१९९०), विरह (१९९३), संकलन (२०१८), नानीका आँखा (२०१९), इन्द्रधनु (२०२०), पाठ गर्ने पुस्तक (२०२५, भजन), सन्दूस (२०२८), विद्याभजन (२०३२), कविता सङ्ग्रह (२०३५) जस्ता काव्यकृति प्रकाशित छन् । यिनका आधुनिक कालीन समयावधिमा प्रकाशित रचनामा समेत माध्यमिक कालीन प्रवृत्तिकै प्रबलता पाइन्छ । यिनका कवितामा आफन्तसँगका बिछोडको पीडा, ईश्वरभक्ति, देशप्रेम, प्रकृतिचित्रण आदिका साथै नैतिक, व्यावहारिक, सामाजिक आदि विभिन्न सन्दर्भ पनि समेटिएका छन् । नीतिवादी सुधारवादलाई मुख्य उद्देश्य बनाइएका यिनका कविता अन्त्यानुप्रासयुक्त र लयात्मक छन् ।

यसै समयमा लक्ष्मीकुमारीदेवी राणाको श्री ३ महाराजको गुणगान (१९८९,स्तुतिकाव्य), योगमायाको सर्वार्थ योगवाणी (योगमायाकी छोरी नैनकलाको सहयोगमा प्रेमनारायणद्वारा लिपिबद्ध) कृतिको पनि उल्लेख पाइन्छ ।

माध्यमिक कालीन नेपाली कविताको मूल प्रवृत्ति शृङ्गारिकता भए पनि यस समयमा महिलाद्वारा लेखिएका कवितामा चाहिँ शृङ्गारिक भावको प्रस्तुतिभन्दा बढी भक्तिभाव वा ईश्वरभक्ति, समाजसुधार, शासकस्तुति, शोक आदिको प्रस्तुति पाइन्छ । जे भए पनि त्यसबेला विभिन्न महिलाले विभिन्न खाले कविता सिर्जना गर्नुलाई उल्लेख्य उपलब्धि मान्नुपर्छ ।

४. नेपाली कविताको आधुनिक काल (१९९१ देखि यता)

१९९१ सालमा थालिएको स्वच्छन्दतावादी धारादेखि नेपाली कवितामा आधुनिक काल प्रारम्भ भएको हो । तत्कालीन नेपाली कविहरू लक्ष्मीप्रसाद देवकोटा, सिद्धिचरण श्रेष्ठ, गोपालप्रसाद रिमाल, युद्धप्रसाद मिश्र आदिले कवितामा भाव, विषय, छन्द आदिमा पुरानो परम्परा भत्काएर नवीनताको बीजारोपण गरेपछि नेपाली कवितामा आधुनिकता थालिन्छ । देश, काल र परिवेशको सापेक्षतामा पश्चिमीजगत्को मध्यकालीन प्रवृत्ति स्वच्छन्दतावाद नेपालीमा आधुनिक प्रवृत्ति भएर देखापरेको छ । यो पूर्ववर्ती शास्त्रीयतावाद वा परिष्कारवादको कठोर बन्धनका विरुद्धमा आएको विद्रोहात्मक काव्यप्रवृत्ति हो । यस कालमा लेखकीय आत्मचेत र नवीनतम शैलीको प्रयोग आधुनिकताको खास अभिलक्षण भएर देखापरेको छ । नेपाली कवितामा परम्परित शास्त्रीयताको विरोध गर्दै थालिएको आधुनिकतामा लेखकीय आत्मचेतना, शैलीशिल्पगत परिवर्तन, नवीन मूल्यमान्यताको वरण, विद्रोही–क्रान्तिकारी स्वरका साथै युगीनता, नवीन सौन्दर्यचेतना, तार्किकता, वैज्ञानिक दृष्टिकोणको प्रस्तुति आदि प्रवृत्ति देखापर्छन् । नेपाली कवितामा देवकोटा आदि कविहरूको आगमनपछि १९९१ देखि न्यूनाधिक रूपमा थालिएर क्रमशः विस्तारित हुँदै गएकोे आधुनिकताले २००७÷२००८ सालपछि स्पष्ट स्वरूप प्राप्त गर्दै गई २०१७ सालमा पुग्दा परिपक्वता प्राप्त गरेको देखिन्छ ।

नेपाली कविताको आधुनिक कालीन समयावधिलाई प्रवृत्तिगत आधारमा निम्नलिखित तीन चरणमा विभाजन गरिन्छ ः

(१) स्वच्छन्दतावादी धारा (१९९१–२०१६)

१९९१ देखि थालिएको नेपाली कविताको स्वच्छन्दतावादी धाराअन्तर्गत रही थुप्रै कविहरूले प्रगीतात्मक, आख्यानात्मक र नाटकीय संरचनाका प्रशस्तै कविताहरू सिर्जना गरेका छन् । देवकोटाबाट थालिएर उनीसँगै अन्त्य भएको भनिने स्वच्छन्दतावादी कविता पछिल्लो समयमा पनि प्रशस्तै लेखिएका छन् । नेपाली कविताको स्वच्छन्दतावादी धाराअन्तर्गत रही कविता सिर्जना गर्ने प्रमुख महिला कविहरू निम्नलिखित रहेका छन् ः

गोमा

१९९४ सालको शारदामा प्रकाशित ‘जलन’ शीर्षक कविताबाट कवितायात्रा सुरु गरेकी गोमाका निकै पछि आएर जलन (२०३७), बाँच्ने रहर (२०३९), मातृव्यथा (२०४१), इन्दु (२०४२, खण्डकाव्य), तिरस्वृmत आत्मा (२०४३, खण्डकाव्य), अन्जु (२०४६, खण्डकाव्य) जस्ता काव्यवृmति प्रकाशित छन् । प्रगीतात्मक र आख्यानात्मक संरचनायुक्त कविताकी स्रष्टा गोमाका रचनामा ईश्वरप्रति आस्था, विनयशीलता, आमाप्रति सम्मानभाव, पतिप्रति घृणा, व्यङ्ग्य, आक्रोश, पलायन, शोक, संवेदना, नारी पीडा, व्यथा, वेदना, छटपटी, नारीसुलभ भावुकता, गनगन, कचकच, ग्रामीण नारीको दयनीय अवस्थाको चित्रणका साथै नारी उद्बोधन, देशप्रेम, प्रवृmतिप्रेम र जिजीविषासम्बन्धी स्वच्छन्द अभिव्यक्ति पाइन्छ । छन्दयुक्त र छन्दमुक्त दुवै खाले कविताको रचना गर्ने गोमाका कवितामा प्रयुक्त भाषा सरल र शैली एकालापीय एवं वर्णनात्मक खालको छ । कतिपय कवितामा केही असहजता देखिए पनि आनुप्रासिक संयोजनका कारण यिनका प्रायः कविताहरू लयालु छन् । नेपाली कवितामा देखापरेका पुराना नारी कविहरूमा यिनी अग्रणी देखिन्छिन् ।

कुसुममञ्जरी देवी

कुसुममञ्जरी देवीको सीताविलाप काव्य शारदा (१९९५–१९९६) मा धारावाहिक रूपमा प्रकाशित छ । रामायणको विषयवस्तुमा आधारित यस काव्यमा भक्तिभावको प्रस्तुति नभएर सीता निर्दाेष भए पनि रामद्वारा उनलाई अन्याय गरिएको भाव अभिव्यक्त गरी नारीविद्रोह प्रस्तुत गरिएको छ । सीतामाथि अन्याय गरेकाले राम बदनाम भएको भावाभिव्यक्ति पाइने यस काव्यमा रामचन्द्रका यस्ता कार्यको निन्दा गर्दै अन्यायका विरोधमा आवाज उठाइएको छ । मात्रा छन्दमा लेखिएको यस काव्यमा केही भाषिक कसरमसर पाइए पनि तत्कालीन परिवेशमा महिलाद्वारा धार्मिक मान्यता र पितृसत्तात्मक मानसिकताको विरोधमा लेखिएको यो एउटा उल्लेखनीय काव्य हो ।

प्रेमराजेश्वरी थापा

१९९७ चैतको शारदामा प्रकाशित ‘किन’ शीर्षक कविताका माध्यमबाट नेपाली कवितामा प्रवेश गरेकी प्रेमराजेश्वरी थापाका निकै पछि आएर अनुभूति (२०३१) तथा तिम्रो याद वर्षा (२०६३) शीर्षक कविता सङ्ग्रह प्रकाशित छन् । प्रेमलाई मुख्य विषय बनाएर लेखिएका यिनका कवितामा मानवीय संवेदना, देशप्रेम, ईश्वरभक्ति, नीतिचेतना आदिको पनि प्रस्तुति पाइन्छ । स्वच्छन्दतावादी प्रवृत्तिका कविता लेख्ने थापाले प्राकृतिक क्षेत्रका बिम्बको प्रयोग गरेकी छन् ।

माधुरी भट्टराई

१९९७ तिरदेखि कविता लेख्न थालेकी माधुरी भट्टराईका निकै पछि आएर आनन्दलहरी (२०२४), श्रीवृmष्णसुधा (२०२४), चाहन्छ के ? लोक हा ! (२०२४), हाम्रो स्वदेश राम्रो (२०२४), रत्नज्योति (२०२४), विनयपुकार (२०३८), श्रीराम जानकी गाथा (२०३८), स्त्रोत्र सङ्ग्रह (२०४७), प्रभुवन्दना (२०५२) जस्ता काव्यकृति प्रकाशित छन् । राम र कृष्णको भक्तिमा केन्द्रित रही प्रगीतात्मक एवं आख्यानात्मक संरचनाका कविता सिर्जना गर्ने भट्टराईका कवितामा सुधारवादी स्वर र प्रकृतिचित्रण समेत पाइए पनि यिनका कविताको मूल स्वर ईश्वरीय भक्ति तथा आध्यात्मिक चेतनाको प्रस्तुति नै रहेको छ । सरल भाषिक विन्यास गरी शास्त्रीय छन्दमा लेखिएका यिनका कवितामा आलङ्कारिक अभिव्यक्ति पाइन्छ ।

कृष्णमञ्जरी देवी

कृष्णमञ्जरी देवीको मेरो आँसु (२००४) नामक कविता सङ्ग्रह प्रकाशित छ । कृष्णलाई आराध्यदेव बनाएर लेखिएका यिनका कवितामा ईश्वरभक्तिबाहेक हिंसा, कुसङ्गत, मद्यपानजस्ता सन्दर्भको विरोध गर्दै समाज सुधारको अपेक्षा गरिएको छ । मानवबाहेक पशुलाई पनि प्रेम गर्नु पर्ने भावको प्रस्तुति पाइने यिनका कतिपय रचना गजलका ढाँचामा आबद्ध छन् । अनुप्रासको संयोजनका कारण यिनका रचना लयात्मक गुणले ओतप्रोत छन् ।

पवनदेवी

२००५ सालको उदय पत्रिकामा प्रकाशित ‘वर्षाऋतु’ कविताका माध्यमबाट नेपाली कविताका क्षेत्रमा प्रवेश गरेकी पवनदेवीको उदय पत्रिकाकै विभिन्न अङ्कमा केही कविताका साथै श्री बिन्दु भजनमाला (२०४६) शीर्षक भजन सङ्ग्रह प्रकाशित छ । प्रकृति वर्णन, आमाको महिमागान, मृत्युको शाश्वतता, आफन्तसँगको वियोग आदि भावको प्रस्तुति पाइने यिनका कविताको मूल स्वर ईश्वरीय भक्तिभाव रहेको छ ।

छिन्नलता

२०११ सालदेखि गीत लेखनतर्पm अग्रसर भएकी छिन्नलताका अन्तर्भावना (२०२८), अन्तर्तरङ्ग (२०३०), अन्तसर््पन्दन (२०४३), अन्तर्वेदना (२०५१), तथा अन्तर्यात्रा (२०५८) जस्ता गीत सङ्ग्रह प्रकाशित छन् । यिनका गीतमा मानवीय प्रेमप्रणय, ईश्वरीय प्रेम, तथा देशप्रेमको अभिव्यक्ति पाइन्छ । प्रकृतिका विविध रूपको चित्रण पाइने यिनका रचनामा जीवनप्रति आशावादी स्वर पनि प्रकट भएको छ ।

यस समयावधिमा नेपाली कवितामा देखापरेका अन्य महिला कविहरू यसप्रकार रहेका छन् ः

देवकुमारी ढकाल्नी कृतज्ञता प्रकाश (१९९३) ।

चैतन्य जीवकुमारी सत्सङ्ग श्रीकृष्णप्रेम कीर्तनपुष्प (१९९५, भजन) ।

विष्णुमाया विचार दीपक (२००८, काव्य) ।

तारादेवी रेग्मी अर्जुनगीता (२०१०, काव्य) ।

फलेन्द्र जगतवmुमारी राणा दिदी–बैनीहरूमा भेट (२०१२) ।

हरिप्रियादेवी नारी पतन (२०१६, काव्य) ।

माथि प्रस्तुत विवरणलाई हेर्दा नेपाली कविताको स्वच्छन्दतावादी धाराको समयावधिमा थुप्रै महिला कविहरूले विभिन्न ढप र ढाँचाका कविता लेखी नेपाली कविताको उन्नयन र विकासमा उल्लेख्य योगदान पु¥याएको देखिन्छ । यस समयका सबैजसो नारी कविका कवितालाई हेर्दा मानवीय प्रेमप्रणय, यौवनजन्य इच्छा, आकाङ्क्षा, समानता, स्वतन्त्रता, मातृत्व, आशा–निराशा, बिछोड, मिलन, छटपटी, राष्ट्रप्रेम, प्रकृतिप्रेम आदिकै स्वच्छन्द अभिव्यक्ति पाइन्छ ।

(२) प्रयोगवादी धारा (२०१७–२०३५)

नेपाली कवितामा प्रयोगवादी धाराको थालनी २०१७ को राजनैतिक परिवर्तनपछि भएको हो । देवकोटाको अवसान र मोहन कोइरालाको आगमनसँगै थालिएको यस धाराका कविहरूले परिस्थितिजन्य कारणबाट उत्पन्न हीनता, कुण्ठा, असन्तुष्टि, उकुसमुकुस आदिलाई अमूर्त लेखनका माध्यमबाट दुरुह, क्लिष्ट, असम्प्रेषणीय ढङ्गले कवितात्मक प्रस्तुति गरेका छन् । जीवनलाई विसङ्गत, निस्सार, विशृङ्खल, शून्य, व्यर्थ ठान्ने यस धाराका कविहरूले अनेक बिम्ब, प्रतीक र मिथका साथै चेतन प्रवाह पद्धतिको प्रयोग गरी कवितालाई दुर्बाेध्य तुल्याएका छन् । यस प्रवृत्तिको अनुसरण गरी विभिन्न महिला कविहरूले पनि कविता सिर्जना गरेको देखिन्छ । तिनमा प्रमुख महिला कविहरू निम्नलिखित छन् ः

पारिजात

२०१३ सालको धरतीमा प्रकाशित ‘व्यर्थ प्रयास’ जस्ता कविताका माध्यमबाट नेपाली कविताका क्षेत्रमा प्रवेश गरेकी पारिजातका आकाङ्क्षा (२०१४), पारिजातका कविताहरू (२०४४), वैसालु वर्तमान (२०५०) जस्ता कवितावृmति प्रकाशित छन् । मुख्यतः प्रगीतात्मक र केही नाटकीय कविताको समेत सिर्जना गर्ने पारिजातले आप्mनो कवितायात्राको प्रारम्भ स्वच्छन्दतावादी सिर्जनाबाट गरे पनि स्थायित्व भने प्रगतिवादमा प्राप्त गरेकी छन् । पारिजातको अगिल्लो समयका कवितामा अस्तित्ववाद र पछिल्लो समयका कवितामा प्रगतिवादको स्वर सशक्त रूपमा गुन्जिएको छ । नारीसुलभ संवेदनाको चर्को अभिव्यक्ति पाइने पारिजातका कवितामा मानवतावाद, यथार्थवाद, विसङ्गतिवाद, नारीवाद आदिको पनि अभिव्यञ्जना पाइन्छ । निस्सारता, निराशा, शून्यता, वmुण्ठा आदिको जीवन्त प्रस्तुति पाइने यिनका कवितामा मानवीय जीवनका विवशता, बाध्यता, छटपटी, वेदना, पीडा, रोग, मृत्यु आदिको पनि चित्रण गरिएको छ । विषयवस्तुको बौद्धिक प्रस्तुति र अभिव्यक्तिगत नवीनताका कारण यिनका कतिपय कवितामा प्रयोगवादी शिल्प भेटिन्छ । सरल, सहज भाषा र वर्णनात्मक, पत्रात्मक आदि विभिन्न शैलीमा आकर्षक, प्रभावकारी र विशिष्ट बान्कीका कविता सिर्जना गर्ने पारिजातका गद्यकवितामा मुक्तलयको आयोजन वmुशलतापूर्वक गरिएको हुँदा यिनका सबैजसो गद्यकविता लयात्मक र सङ्गीतात्मक गुणले ओेतप्रोत छन् । नेपालीकी वरिष्ठ महिला साहित्यकारका रूपमा स्थापित पारिजातले नेपाली कविताको श्रीवृद्धिमा पनि विशिष्ट योगदान पु¥याएकी छन् ।

वmुन्दन शर्मा

२०१९ सालको रूपरेखामा ‘केही प्रश्न ?’ शीर्षक कविताका माध्यमबाट कविताका क्षेत्रमा प्रवेश गरेकी कुन्दन शर्माका मेरा कविताहरू (२०४५), यो मन (२०५३), एउटी छोरीको कथा (२०६०) शीर्षक कविताकृति प्रकाशित छन् । अधुरो, अपूर्ण मूल्यहीन तथा अस्तित्वविहीन मानवीय जीवनप्रति असन्तुष्टि, जीवनको निस्सारता, उन्मुक्तिको चाहना, मानवताको खोजी, ईश्वरको मृत्युजस्ता विषयमा केन्द्रित यिनका सुरुतिरका कविता प्रयोगवादी ढाँचाका देखिए पनि ती सापेक्षित रूपमा सरल र बोधगम्य छन् । यिनका पछिल्लो समयका कविताचाहि“ बढी मात्रामा नारीविषयक छन् र तिनमा परिवार, समाज, धर्म, कानुन एवं राष्ट्र सबै नै पुरुषमुखी बनाइएकामा आक्रोश प्रकट गर्दै पितृसत्तात्मक सङ्कीर्ण सोचाइको विरोध गरिएको छ । नारीवादी चिन्तनमा आधारित यिनका पछिल्ला समयका कविताहरू अगिल्ला समयका कविताभन्दा सरल र सुबोध देखिन्छन् ।

तोया गुरुङ

२०१९ सालमा स्वास्नीमान्छे पत्रिकामा प्रकाशित ‘मेरो इतिहास बन्नेछ’ शीर्षक कविताका माध्यमबाट कवितायात्रा प्रारम्भ गरेकी तोया गुरुङका सूर्यदह (२०४२), देवल घुमेपछि (२०५२), धूपी (२०५२) शीर्षकका काव्यवृmति प्रकाशित छन् । प्रगीतात्मक संरचनाका छोटा र लामा आयामका कविता सिर्जना गर्ने तोया गुरुङका कवितामा वर्तमान विश्वमा व्याप्त युद्धविभीषिका, अशान्ति, हत्या, हिंसा, रक्तपात रोकी शान्ति, समानता र स्वतन्त्रताको कामना, गरिबी, सन्त्रास, विवृmति–विसङ्गति, बिरानोपन, जीवनका जटिलता, विवशता, बाध्यता, शुष्कता, अभिशप्तता, शून्यता आदिको चित्रण पाइन्छ । सहरिया सभ्यता र संस्वृmतिप्रति व्यङ्ग्य तथा ग्रामीण प्रवृmति, संस्वृmति, रहनसहन, रीतिथितिप्रति सद्भाव अभिव्यञ्जित यिनका कवितामा राष्ट्रियता, देशप्रेम, हिमालको गौरवगान, प्रवृmतिचित्रण, सांस्वृmतिक सन्दर्भ आदिको अभिव्यञ्जना गरिएको छ । मानवीय प्रेमप्रयणय, नारीसुलभ कोमलता, हार्दिकता, मानवीय संवेदना, इच्छा, आकाङ्क्षा, आशा, निराशा, डाह, छटपटी, पीडा, सङ्कोच, उत्सुकता आदिको चित्रण पाइने यिनका कवितामा युगबोध, जीवनबोध, आशावादी, जीवनवादी स्वर मुखरित छ । सङ्केतात्मक र विचलनयुक्त भएर पनि सरल, सहज र परिष्वृmत भाषा तथा वर्णनात्मक, विवरणात्मक, सम्बोधनात्मक र एकालापीय शैलीमा संरचित यिनका कवितामा अनुभूतिको गम्भीरता र सूक्ष्मता पाइन्छ । छन्दमुक्त ढाँचामा संरचित यिनका गद्यकविताहरू समानान्तरता, आनुप्रासिक संयोजन आदिका कारण लयात्मक र सङ्गीतात्मक छन् ।

वानीरा गिरी

२०२० सालको दियो पत्रिकामा प्रकाशित ‘मेरो साथी भन्छ’ शीर्षक कविताका माध्यमबाट कवितायात्रा प्रारम्भ गरेकी वानीरा गिरीका एउटा जिउँदो जङ्गबहादुर (२०३१), जीवन थायमरू (२०३४), मेरो आविष्कार (२०४१) जस्ता कविता सङ्ग्रह प्रकाशित छन् । प्रगीतात्मक संरचनामा आबद्ध यिनका प्रारम्भिक कविता स्वच्छन्दतावादी भावधारामा र पछिल्लो समयका कविताहरू प्रयोगवादी शिल्पसज्जामा आधारित भएको हुँदा सुरुका कविता सरल र पछिका कविता केही जटिल छन् । यिनका कवितामा अस्तित्वबोध–हीनताबोध, यौनवmुण्ठा, कामातुर मनस्थिति, कामवासनागत उत्कण्ठा, सम्भोगजन्य वासनात्मक अतृप्तिबोधको अभिव्यञ्जना, निराशा, मूल्यहीनता, अतियथार्थवादी–विसङ्गतिवादी दृष्टिकोण, व्यङ्ग्य र विद्रोहका साथै वर्तमानकालीन सहरिया जीवनका विसङ्गतिहरूको चित्रण, समाजको खोक्रो आडम्बरप्रति व्यङ्ग्य, नारी जागरणको अभिव्यक्ति, जिजीविषा, विरक्ति आदिको चित्रण पाइन्छ । स्वच्छन्दतावादका निकट रहेर प्रयोगशील ढपका कविता लेख्ने गिरीका कवितामा यौनपरक एवं यौनेतर बिम्ब र प्रतीकको आधिक्य पाइन्छ । आत्माभिव्यक्तिको स्वतःस्पूmर्त प्रवाह, विविध भावको सम्मिश्रण, भावानुवूmल बिम्ब–प्रतीक प्रयोग, आगन्तुक शब्द मिश्रित विचलनयुक्त भाषिकविन्यास गरिएका यिनका कतिपय कविता क्लिष्ट र दुरुहसमेत बन्न पुगेका छन् ।

मञ्जु काँचुली

२०२४ सालको रत्नश्रीमा प्रकाशित ‘धरती र आकाश’ शीर्षक कविताका माध्यमबाट नेपाली कविताका क्षेत्रमा देखापरेकी मञ्जु काँचुलीका किरणका छालहरू (२०३२), मेरो जीवन मेरो जगत् (२०५३), पलकभित्र पलकबाहिर (२०५७), आत्मप्रतीति (२०६०) शीर्षक कवितावृmति प्रकाशित छन् । मूलतः प्रगीतात्मक संरचनायुक्त कविताकी स्रष्टा मञ्जुका कवितामा सामाजिक, राजनैतिक, धार्मिक क्षेत्रमा व्याप्त विसङ्ति–विवृmति, देशप्रेम, मानवीयप्रेम, मानवतावादी चिन्तन, अन्याय–अत्याचार एवं यौनविवृmति र यौन शोषणको विरोध, नारीअस्मिता, पुरुष र नारीबीच असमानताको विरोध र लैङ्गिक समानताको आग्रह, बेइमानी, अविश्वास, घातप्रतिघात, ग्रामीण र सहरिया जविनका यथार्थको प्रकटीकरण, अस्तित्ववादी–विसङ्गतिवादी चेतना, क्रान्तिकारी अवधारणा मुखरित भएको छ । दुष्वृत्तिप्रति व्यङ्ग्य प्रहार, अमानवीयता र पाशविकताको विरोध, मानवीय जीवनमूल्यको महिमागान, सहिदप्रति सम्मान, मातृत्व र वात्सल्यलगायत युगीन जनजीवनका अनेक प्रसङ्गलाई कवितात्मक बान्कीमा प्रस्तुत गरिएको छ । भाषिक सरलता हुँदाहुँदै पनि यिनका कतिपय कविता विविध भावको संयोजन र प्रयोगशीलताका कारण दुरुह र दुर्बोधसमेत बन्नपुगेका छन् ।

प्रयोगवादी धाराकै समयावधिमा त्यसभन्दा भिन्न प्रवृत्तिका कविता लेख्ने थुप्रै महिला कविहरू देखापरेका छन् । तिनमा विशेष उल्लेख्य निम्नलिखित छन् ः

बेञ्जु शर्मा

२०१८ सालको रूपरेखामा प्रकाशित ‘नेपाल’ शीर्षक कविताबाट कवितायात्रा प्रारम्भ गरेकी बेञ्जु शर्माका आन्दोलनपूर्वका बन्द अभिव्यक्तिहरू (२०५०), सम्बन्ध प्रदूषण (२०५९) जस्ता कविता सङ्ग्रह प्रकाशित छन् । प्रगीतात्मक संरचनाका कविताको सिर्जना गर्ने बेञ्जुका कवितामा निम्नवर्गीय आर्थिक अभाव, दैनिक जीविकोपार्जनका समस्या, न्यूनतम आधारभूत आवश्यकता परिपूर्तिमा सङ्कट, स्वार्थलोलुपता, चाकडीवृत्ति, न्यूनवैतनिक कर्मचारीका समस्या, धार्मिक अन्धपरम्परा र रूढिप्रति असन्तुष्टि, समाजमा घटित विविध घटना आदिको चित्रण पाइन्छ । नेपाली समाजमा नारीहरूप्रति गरिने अन्याय, अत्याचार, दुव्र्यवहार, पतिपीडित पत्नीहरूका दुरवस्था, ग्रामीण महिलाहरूको दुःस्थिति, नारीशोषणको विरोध र परिवर्तनको चाहना, नारी समानता–स्वतन्त्रता, मातृत्व, मानवीय प्रेमप्रणय, आशा–निराशा, यौवनजन्य इच्छा–आकाङ्क्षा, बिछोड, मिलन, छटपटीका साथै शस्त्रास्त्रको होडबाजी, शान्ति क्षेत्रमा व्याप्त अशान्ति, बुद्धत्व प्राप्तिको चाहना, देशप्रेम, प्रवृmतिप्रेम आदि यिनका कवितामा अभिव्यक्त भएका छन् । सरल भाषिकविन्यास तथा मुक्तछन्दमा आबद्ध यिनका गद्यकविता समानान्तरता र आनुप्रासिकताका कारण लयात्मक छन् ।

सीतादेवी प्रधान

नेपाली कविताको प्रयोगवादी धारादेखि अहिलेसम्म निरन्तर रूपमा क्रियाशील सीतादेवी प्रधानका कोसेली (२०२४), ढुङ्गो फक्रन्न (२०२८, काव्य), प्रिया शान्तिनगर (२०२९, काव्य), वृक्ष श्राद्ध (२०५६, काव्य), समर्पण (२०६३, गीत), एकछेउ नारी आन्दोलन (२०६३, काव्य), विचलित स्पन्दन (२०६३, काव्य), पृथ्वी (२०६४, काव्य) जस्ता काव्यकृतिहरू प्रकाशित छन् । प्रगीतात्मक र आख्यानात्मक कविताको सिर्जना गर्ने प्रधानका कवितामा विषयगत विविधता पाइन्छ । स्वच्छन्दतावादी दृष्टिकोण र नारीमूलक अभिव्यक्ति पाइने यिनका कविता सरल खालका छन् ।

कुन्ता शर्मा

‘लाहुर गएको प्रेमीलाई एउटा पत्र’ (सम्झना, २०२८) शीर्षक कविताका माध्यमबाट कवितायात्रा प्रारम्भ गरेकी कुन्ता शर्माको म उभिएको ठाउ“ (२०५२) नामक कविता सङ्ग्रह प्रकाशित छ । यिनका अधिकांश कवितामा माक्र्सवादी दर्शनको प्रभाव पाइन्छ । नेपाली समाजमा विद्यमान विकृति, विसङ्गति, अन्धविश्वासको विरोध पाइने यिनका कवितामा नारी विद्रोहलाई सशक्त एवं कलात्मक पाराले प्रस्तुत गरिएको छ । यिनी प्रगतिवादी कित्ताकी उल्लेख्य कवि हुन् ।

यस समयावधिमा देखापर्ने अन्य महिला कविहरू यसप्रकार छन् ः

कवि काव्यकृति

सुशीला कोइराला आराधना (२०१८),

दीपिका (२०२४),

अर्चना (२०५१),

चेतना (२०५३),

आर्तनाद (२०५७) ।

कोइलीदेवी माथेमा सेवा पुस्तिका (२०१९, गीत),

समर्पण (२०२५, गीत) ।

पदममाया कडारिनी डा“डाको जून (२०२१, गीत),

उमेर ८१ को रोदन (२०२५, गीत) ।

पुण्यमती देवी प्रदक्षिणा (२०२६) ।

वसन्तप्रभा गौतम भजनावली (२०२७) ।

आशा सिंह शाह (२००६) आशा सिंहका केही कविता (२०२८) ।

सावित्री शर्मा सुन्तली धन (२०३०, काव्य) ।

गङ्गा कर्माचार्य (पौडेल) गंगाका केही छालहरू (२०३३),

आ“धी खोलाको सम्झना (२०६३) ।

समग्रमा नेपाली कविताको प्रयोगवादी धाराको समयावधिमा महिलाद्वारा लेखिएका कवितालाई हेर्दा प्रगीतात्मक र सूक्ष्म आख्यानात्मक संरचनायुक्त लामा कविताकोे सिर्जना, प्रतीकात्मक, अमूर्त, बौद्धिक, क्लिष्ट, दुर्बोध्य, दुरुह र जटिल अभिव्यक्ति, अतियथार्थवादी, प्रतीकवादी, अस्तित्ववादी–विसङ्गतिवादी चिन्तन, युगीन जनजीवनमा व्याप्त निस्सारता, अर्थहीनता, निराशा, सन्त्रास, संशय, वmुण्ठा आदिको चित्रण, कथ्य र शिल्पगत नवीनता विशृङ्खल अनुभूतिको विस्तार, आनुप्रासिक र गद्यलयात्मक शिथिलता एवं शुष्कता, परम्पराभन्दा भिन्न नवीन भाषिक विन्यासजस्ता प्रवृत्तिको प्रबलता भेटिन्छ । यसै समयमा यीभन्दा भिन्न प्रवृत्तिका स्वच्छन्दतावादी भावधारामा आधारित केही कविताहरू पनि लेखिएका छन् ।

(३) समसामयिक धारा (२०३६ देखि यता)

प्रयोगवादी क्लिष्टताका कारण कविता र पाठकका बीचको सम्बन्ध प्रायः विच्छेद भएका अवस्थामा २०३० को दशकदेखि विभिन्न कविहरूले सरल र सुबोध कविता सिर्जना गर्न थाल्छन् । २०३६ सालमा भएको जनमत सङ्ग्रहको घोषणासँगै नेपाली कविता सडकमा ओर्लिन्छ र सडक कविता क्रान्तिका नामले अगाडि बढ्छ । यसरी २०३६ सालदेखि थालिएर अद्यावधि निरन्तर रहेको यस अवधिमा सडक कविता क्रान्ति, जनआन्दोलन कविता, गणतान्त्रिक कविता आदि विभिन्न अभियानहरू पनि देखापरेका छन् । यस अवधिमा थुप्रै नेपाली महिला कविहरूले कविता सिर्जना गरी नेपाली कवितामा उल्लेख्य योगदान पु¥याएका छन् । समसामयिक धाराअन्तर्गत रही कविता लेख्ने प्रमुख महिला कविहरू निम्नलिखित छन् ः

चाँदनी शाह

२०३० सालदेखि कविता सिर्जनातर्फ उन्मुख भएकी चाँदनी शाहका कवयित्री चाँदनी शाहका रचना (२०४३) र चाँदनी शाह ः आप्mनै आकाश, आप्mनै परिवेश (२०४४) शीर्षक पुस्तकमा प्रकाशित छन् । गीतिकविताका ढाँचामा नारीसुलभ हार्दिक र कोमल भावनालाई लयालु पाराले प्रस्तुत गर्ने यिनका रचनामा मूलतः राष्ट्रप्रेम, मानवीय प्रेम र पतिप्रेम गरी प्रेमको त्रिकोणात्मक अभिव्यञ्जना पाइन्छ । शान्तिप्रतिको आग्रह, गरिबी र अशिक्षा उन्मूलनको चाहना, राजनैतिक सन्दर्भबाट राजा, राजामुवmुट र तत्कालीन व्यवस्थाको महिमागान, पतिभक्ति, वंशजप्रेम आदिको चित्रणका साथै प्रेमप्रणय र सौन्दर्यलाई स्वच्छन्द पाराले कवितात्मक संरचनामा ढालिएका यिनका रचनामा नारीका विविध रूपहरूको वर्णन, दुखी नारीप्रति सद्भाव र सहानुभूति, प्रावृmतिक सौन्दर्यको चित्रण आदिको अभिव्यञ्जना पनि पाइन्छ । सरल, सरस, सम्प्रेषणीय भाषा तथा वर्णनात्मक र सम्बोधनात्मक शैलीमा सुकोमल भावनाको हार्दिक अभिव्यञ्जना पाइने यिनका रचना मुक्तछन्दमा रचिएका भए पनि आनुप्रासिकता र समानान्तरताका कारण लयात्मक गुणयुक्त छन् ।

लक्ष्मी माली

२०३० को रत्नश्रीमा प्रकाशित ‘मलाई मन पर्छ’ शीर्षक कविताबाट कवितायात्रा प्रारम्भ गरेकी लक्ष्मी मालीका आगोको याम (२०६२) र आरुका पूmलहरू (२०६७) शीर्षक कविता सङ्ग्रह प्रकाशित छन् । वर्गीय पक्षधरताको प्रस्तुति पाइने यिनका कवितामा शोषण, अन्याय, अत्याचार, सामाजिक, आर्थिक असमानताप्रति असन्तुष्टि, साम्राज्यवाद तथा सामन्तवादप्रति आक्रोश प्रकट गरिएको छ । देशमा भएको सशस्त्र क्रान्तिप्रति जनताले ठूलो आशा राखेको भावाभिव्यञ्जित यिनका कवितामा नया“ नेपालको परिकल्पना पनि गरिएको छ । प्रगतिवादी वैचारिकतामा आबद्ध यिनका कवितामा सरल भाषिक विन्यासका साथै बिम्ब र प्रतीकको उचित संयोजन पाइन्छ ।

इन्दिरा प्रसाईं

२०३२ सालको हिमाली सौगात पत्रिकामा प्रकाशित ‘जवानी हाँस्छ बुढ्यौती देखेर’ शीर्षक कविताका माध्यमबाट कवितालेखनतर्पm लागेकी इन्दिरा प्रसाईंंका बाइपङ्खी घोडा (२०५७), तिमी हुनुको (२०५७) जस्ता काव्यवृmति प्रकाशित छन् । प्रगीतात्मक कविताकी स्रष्टा प्रसाईंका कवितामा सामाजिक–आर्थिक अवस्था, समस्याग्रस्त युगीन परिस्थिति, मानवीय जीवनका भोगाइ, राष्ट्रिय राजनैतिक गतिविधि, भनाइ र गराइका बीचको पार्थक्य, मानवीय प्रेमप्रणय, आशा–निराशा, सन्तोष–असन्तोष, प्राप्ति–अप्राप्ति आदिलाई कवितात्मक बान्कीमा उनेकी छन् । यिनले चेतनाको कमीका कारण हुनेगरेका शोषण, दमन, उत्पीडन, समानता र स्वतन्त्रतारहित अवस्था, आपसी वैमनस्य, असमानता, अमानवीयता आदिको पनि चित्रणका साथै यिनका कवितामा विपरीत लिङ्गीय आकर्षण, प्रेमाशक्ति, प्रेमालाप, आग्रह, अनुनय–विनय, आस्था–समर्पण, शृङ्गारिकता, रागात्मकता, प्रतिशोध, धोका, बिछोड आदि अनेक विषयवस्तुको प्रस्तुति पाइन्छ । विभिन्न विषयवस्तुलाई अनुभूतिमा रङ्गाएर स्वच्छन्द ढङ्गले कवितात्मक स्वरूपको निर्माण गर्ने इन्दिरा प्रसाईले राष्ट्रप्रेम, आत्मानुभूतिजस्ता भावभूमिमा पनि कविता सिर्जना गरेकी छन् । सरल शब्द तथा एकालापीय र वर्णनात्मक शैलीमा आनुप्रासिक संयोजनका साथ संरचित यिनका गद्यकविता मुक्तलयमा आबद्ध छन् । ं

उषा शेरचन

२०३५ सालको गोरखापत्रमा प्रकाशित ‘जिन्दगी’ शीर्षक कविताबाट नेपाली कविताका क्षेत्रमा प्रवेश गरेकी उषा शेरचनका नजन्मेका आस्थाहरू (२०४८) र अक्षरहरूका शिविरबाट (२०५६, मुक्तक) शीर्षकका कवितावृmतिहरू प्रकाशित छन् । प्रगीतात्मक संरचनामा आबद्ध यिनका कवितामा सामाजिक जनजीवनमा व्याप्त विसङ्गति, विवशता, निराशा, अभावग्रस्त परिस्थिति, दारिद्य्र, स्वार्थन्धता, मानवीय प्रेमप्रणय, राष्ट्रप्रेम, जिजीविषा, मानवता, नारीवादी अवधारणा, सामाजिक–राजनैतिक अवस्था, युद्ध विभीषिकाप्रतिका विरक्ति आदिको भावाभिव्यक्ति पाइन्छ । सामाजिक सुधार, जागृति, प्रगतिशील चिन्तन, राष्ट्रप्रतिको समर्पण तथा मानवीय अस्मिता र कर्तव्यबोधको चित्रण पाइने यिनका कवितामा आतङ्क, हिंसा, हत्याको विरोध तथा सामाजिक, आर्थिक, राजनैतिक विसङ्गतिप्रति व्यङ्ग्य आदि पनि मुखरित भएको छ । सरल र सहज भाषा तथा वर्णनात्मक शैलीमा मुक्तछन्दमा लेखिएका यिनका कविता कोमल भाषिकविन्यास, आनुप्रासिक संयोजन, समानान्तरता आदिका कारण लयात्मक गुणयुक्त छन् ।

शारदा शर्मा

२०३९ सालमा प्रकाशित ‘नहार्ने योद्धालाई मेरो बधाई’ शीर्षक कविताका माध्यमबाट नेपाली कविताका क्षेत्रमा देखापरेकी शारदा शर्माका सीमान्त अनुभूति (२०४४), युद्धोपरान्त (२०४९), स्वर्णसूत्र (२०५३) जस्ता कविता सङ्ग्रह प्रकाशित छन् । प्रगीतात्मक संरचनामा संरचित यिनका कवितामा अतृप्त र अपूर्ण मानवीय इच्छाआकाङ्क्षा, युवासुलभ जोस, जाँगर, उत्साह, आशा, निराशा, यन्त्रवत् बन्नपुगेका नारीहरूका निरीहता, पराधीनता, विवशता र बाध्यताहरूको चित्रण पाइन्छ । मातृ, पत्नी, वmुमारी, सती आदि अनेक रूपका वर्णन, आन्तरिक भावना, संवेदना, उवmुसमुवmुस, छटपटी, पीडा, आक्रोशका अभिव्यक्ति, नारी अस्मिताबोध, नारी महिमागानका साथै माटोप्रेम, सहिदप्रतिको सम्मान र जागरणका स्वरहरू पनि मुखरित यिनका प्रारम्भिक रचना विशेषतः नारी केन्द्रित र युवासुलभ भावुकतामा सीमित छन् भने पछिल्लो समयका कविता सिङ्गो मानवजाति, मानवीय इच्छा, आकाङ्क्षा, पीडा, मानवतावाद आदि अनेक विषयवस्तुमा विस्तारित छन् । सामाजिक र प्रावृmतिक बिम्बहरूको स्वाभाविक प्रयोग गरी सरल भाषा तथा एकालापीय र वर्णनात्मक शैली लेखिएका यिनका कविता सम र विषम पङ्क्तीय अन्त्यानुप्रासीयताका कारण अन्तर्लयात्मक गुणले ओतप्रोत छन् ।

बाबा बस्नेत

२०४० को दशकका प्रारम्भदेखि कविता लेखनतर्पm उन्मुख भएकी बाबा बस्नेतका धर्तीको सुसेली (२०४७), जब दिन ढल्छ, चखेवा रुन्छ (२०५१, गीत), बालुवाको घर (२०६०), सुदर्शन (२०६०, काव्य) जस्ता कृति प्रकाशित छन् । यिनका सुरुका कविता युवासुलभ प्रेमप्रणय, विरह, राष्ट्रप्रेम, प्रकृतिप्रेम, सुधारवादी मानवतावादी दृष्टि तथा पछिल्ला समयका कविता नारी समस्याको प्रस्तुतिमा केन्द्रित छन् । विविध उमेर, अवस्था र वर्गका नारीले भोग्नुपरेका अन्याय, अत्याचार, दुराचार आदिको विरोध पाइने यिनका कवितामा नारी आन्तरिक र बा≈य दुवै दृष्टिले सशक्त भएमा यस्ता शोषण, दमन न्यून हु“दै जाने नारीवादी भावको अभिव्यक्ति पाइन्छ । युगीन जीवनका विषमता, विसङ्गतिजस्ता विविध पक्षको प्रस्तुति पाइने यिनका कवितामा शोकभाव पनि अभिव्यञ्जित छ । सुरुका कवितामा स्वच्छन्दतावादी प्रवृत्ति र पछिल्ला कवितामा यथार्थवादी प्रवृत्ति पाइने यिनका कविता पुराण, इतिहास, समाज आदि क्षेत्रका बिम्ब र प्रतीकको स्वाभाविक प्रयोग पाइन्छ ।

लक्ष्मीदेवी राजभण्डारी

लक्ष्मीदेवी राजभण्डारीका जीवन यात्राका क्षणहरू (२०४८), दीपशिखा (२०४८), अपराजिता (२०५१), अपलक चियाइ (२०५१, काव्य), गुञ्जिरहोस् अपार (२०५६), सर्वस्व तिमी (२०५६, काव्य) जस्ता काव्यवृmति प्रकाशित छन् । प्रगीतात्मक र सूक्ष्म आख्यानात्मक संरचनामा आबद्ध यिनका कवितामा भक्ति, शोक, सन्ताप, विषाद, वेदना, वैराग्य, रहस्य, मातृत्व, वात्सल्य, सामाजिक–धार्मिक क्षेत्रका विसङ्गतिप्रति असन्तुष्टि, नैतिक–आध्यात्मिक दृष्टिकोण, बन्धनबाट मुक्तिको चाहना, नारी अस्मिता, स्वतन्त्रता, विद्रोह, प्रवृmति, संस्वृmति, मानवता, आदर्शवादी दृष्टिकोण, परमात्माको महिमागान आदि विभिन्न विषयवस्तुको प्रस्तुति पाइन्छ । सरल, साधा भाषा र वर्णनात्मक–विवरणात्मक शैलीको प्रयोग गरी मुक्तछन्दमा संरचित भए पनि यिनका कविता लयात्मक छन् । यिनका सबैजसो रचनामा वmुनै न वmुनै ढङ्गले भक्तिभाव र ईश्वरीय महत्ताको महिमागान पाइने हुँदा यिनलाई नेपाली कविताको समसामयिक धारामा रहेर माध्यमिककालीन भक्तिधाराका कविता सिर्जना गर्ने परम्परित भक्तिवादी आध्यात्मिक कविको पुनःसंस्करणका रूपमा लिन सकिन्छ ।

माथि उल्लेख गरिएकाबाहेक समसामयिक धाराअन्तर्गत अन्य थुप्रै महिला कविहरूले विभिन्न प्रवृत्तिका प्रशस्त कविता सिर्जना गरेका छन् । यस समयावधिमा कविता सिर्जना गर्ने महिला कवि र तिनका काव्यवृmतिको कालक्रमिक विवरण तल प्रस्तुत गरिन्छ ः

कवि काव्यवृmति

वेदवmुमारी न्यौपाने पूर्णिमाको जून (२०३६) ।

मिनी दुई किनार (२०४२) ।

शुभ श्रेष्ठ मेरो छानामाथिको नीलो आकाश (२०४३),

बन्द मनको पिंजडाभित्र (२०५४) ।

श्यामा ओझा विपरीत (२०४३) ।

सरला श्रेष्ठ यात्रा शुभारम्भ (२०४४) ।

चारुशिला मिश्र भावाञ्जली (२०४५) ।

भद्रवmुमारी घले भावना (२०४५),

उपहार (२०४५),

कल्पना (२०४५),

मेरा जीवन्त कविता (२०५१),

अस्तित्व (२०६०),

ऐंजेरु (२०६०),

युगबोध (२०६०, काव्य),

मन मन्थन (२०६२, काव्य),

देशको नशा (२०६४) ।

शान्ता श्रेष्ठ बोलाएँ बिहानी मैले (२०४६) ।

यमुना राय अल्झिएको जिन्दगी (२०४७) ।

शान्ता पाण्डे भावनाका लहरहरू (२०४७) ।

सङ्गीता गुरुङ स्पर्श (२०४७) ।

बिम्झना विश्वकर्मा श्रद्धासुमन (२०४८) ।

मीना सुवेदी विक्षिप्त मन (२०४८) ।

सरिता लामा किनारा भेट्न खोज्दा (२०४८, गीत) ।

निर्मला शर्मा डायरीका पानाहरू (२०४९) ।

सुषमा आचार्य गजुर ढल्कँदै छ (२०४९),

एक पत्र साकुरालाई (२०५८),

शोक–शब्दाञ्जलि (२०६५) ।

अरुणा वैद्य सङ्गीतमय मृत्यु (२०५०),

समुद्रलाई आँसु चाहिंदैन (२०६०) ।

वmुन्तीदेवी भट्टराई ललित कला (२०५१) ।

गायत्री विष्ट ‘गाउँले’ लहरिएका आकाङ्क्षा (२०५१) ।

चन्द्रा शर्मा सङ्कल्प (२०५१) ।

लक्ष्मी उप्रेती यौटा बाटो खोजिरहेछ जीवन (२०५१),

मृदु स्मृतिहरू (२०५६),

स्निग्ध अनुभूति (२०५९),

समय स्पर्श (२०६१) ।

सरस्वती रिजाल एक झुल्को घाम (२०५१),

प्रबोधन (२०६३) ।

मोमिला पैयुँ फुल्न थालेपछि (२०५२),

जूनकिरीहरू ओर्लिरहेछन् (२०५५),

दुर्गम उचाइमा पूmलको आँधी (२०६०) ।

गङ्गा श्रेष्ठ तानाशाहलाई प्रश्न (२०५३, सह),

बन्दी आवाज (२०५४, सह)

म प्रतिध्रुवीय यात्री (२०५५),

जूनको देशबाट (२०५७) ।

गङ्गा सुवेदी वृmति बोल्छन् आँखाहरू (२०५३) ।

सन्ध्या पहाडी मृगतृष्णा तथा अन्य कविता (२०५३) ।

अनुजा घिमिरे अङ्वmुर (२०५४),

अर्थात् (२०५७) ।

उषा श्रेष्ठ जीवन ः एक परिधि (२०५४) ।

मीनावृmष्ण खड्का मुनाका कोसेलीहरू (२०५४) ।

शर्मिला पोखरेल अस्तित्व नारीको (२०५४),

अमिवा र वmुन्तीहरू (२०५७) ।

शान्तिवmुमारी राई आमाको सपना (२०५४) ।

सावित्री थापा जीवनधारा (२०५४, काव्य) ।

केशरी वज्राचार्य मरूभूमिको काँडा (२०५५) ।

झमकवmुमारी घिमिरे सङ्कल्प (२०५५),

आप्mनै चिता अग्निशिखातिर (२०५७),

मान्छेभित्रका योद्धाहरू (२०५७),

नौलो प्रतिबिम्ब (२०६०) ।

नम्रता गुरागाईं परिवेश र म (२०५५) ।

रमा सिंह संघारमा पर्खिबसें (२०५५) ।

विमला तुम्खेवा विमला तुम्खेवाका कविताहरू (२०५५),

नदी, छाल र तरङ्गहरू (२०६०) ।

भवानी थापा सुनामी (२०५६) ।

सरिता तिवारी बुद्ध र लाभाहरू (२०५७),

अस्तित्वको घोषणापत्र (२०६७) ।

सीता शर्मा नालिस (२०५७),

अस्मिताको खोजी (२०६६) ।

उषा हमाल क्यानभास नपाएका चित्र (२०५८) ।

प्रतिभा विवश राई जूनसित बिताएको एक रात (२०५८) ।

प्रमिला महत छातीभित्रका ज्वालारू (२०५८, गीत) ।

बुनू लामिछाने बिहानीका पाइलाहरू (२०५८),

याचना (२०६०, महाकाव्य),

विद्रोही इन्द्रकुमारी (२०६४, महाकाव्य) ।

राधा भण्डारी शून्यकोठाको धिपधिप बत्ती (२०५८) ।

सविना श्रेष्ठ ‘स्मृति’ मनको स्पर्श (२०५८) ।

सुमित्रा वाङ्देल ‘चेली’ चेलीभित्रको पहाड (२०५८, खण्डकाव्य) ।

गङ्गाजल (२०६०) ।

स्मिता मगर स्मिताका कविताहरू (२०५८) ।

हरिकला उप्रेती उपद्रो (२०५८) ।

अमुदा श्रेष्ठ चुपचाप सहिरहन्छु (२०५९) ।

जानकी पन्त जून तिम्रै आकाशको (२०५९) ।

रुकु कार्की रुकु कार्कीका कविताहरू (२०५९),

कस्तो युग आयो ? (२०६०),

आहत मनका सपनाहरू (२०६०),

आ“सुले व्यथा मेटिने भए (२०६१) ।

रेणुका भट्टराई सावmुरा र सुस्केरा (२०५९, हाइवmु) ।

नैना ढकाल (नेपाल) अप्रत्याशित प्रहार (२०६०) ।

रमा पोखरेल इच्छाहरूको आज मृत्यु दिवस (२०६०) ।

सीता आस्था ढुङ्गेल नेपालकी छोरी (२०६०) ।

गीता कार्की मलाई अँध्यारो नै चाहिन्छ (२०६२),

सालका ठुटा र एक टुक्रा घाम (२०६६) ।

ज्योति जङ्गल पहाडको मन (२०६२),

अक्षरमा तिमी (२०६५) ।

निभा शाह इन्कलाब जिन्दाबाद (२०६३),

कालापानीकी द्रौपदी (२०६६) ।

नीलम कार्की निहारिका नीलम कार्की निहारिकाका कविता (२०६३) ।

प्रतिसरा सायमी पाइलाहरूमै सडक (२०६३) ।

भारती गौतम आकाशमाथिको शहर (२०६३) ।

तारा बराल आक्रोश (२०६४)

यशोदा अधिकारी निषेधविरुद्ध (२०६४)

राज्यलक्ष्मी राणा जूनले पनि पोल्छ (२०६४) ।

राधा पाण्डे गुनासाहरू (२०६४) ।

रीता खत्री पूmल रोएपछि (२०६४) ।

सङ्गीता आभास किन दुख्छ मन अभैm (२०६४, गजल)

सत्य पहाडी आगो, लाभा र हुरी (२०६४) ।

सावित्री कार्की समर्पण (२०६४, गजल),

उत्पीडन (२०६५, गजल),

जुनेली (२०६६, काव्य) ।

हेमन्ती जोशी सहयात्रा (२०६४) ।

मनहरू जित्न सके... (२०६५, गजल)

मुना सापकोटा हृदयभित्रका मुनाहरू (२०६५, गजल)

शान्ति रिसाल म दुख्छु या मन (२०६५)

सरिता सङ्घर्ष सङ्घर्षका सिर्जना (२०६५, गजल)

सावित्री पोखरेल कुमारी गाथा (२०६५)

सुमित्रा थुलुङ दुई किनारा (२०६५, गजल)

इन्दु पन्त यातना (२०६६, काव्य)

जयन्ता घर्ती लडाइ“का गीतहरू (२०६६) ।

तिला लेकाली पर्खालभित्र (२०६६, हाइकु) ।

दीपा एवाई राई अर्धवृत्त (२०६६) ।

पवित्रा पौडेल परिवर्तनका ज्वाला (२०६६) ।

राधिका गुरागाईं मौन आकृति (२०६६) ।

शशी थापा मेरी छोरी सहिद भइछे (२०६६) ।

शीला दली बिर्सिएका ती पाइलाहरू (२०६६)

सरस्वती खड्का (प्रधान) विचारको घर (२०६६) ।

सुमित गिरी ‘स्मित’ स्मित (२०६६, गजल)

आरती पोखरेल धरातलमा उभिएर (२०६७, गजल)

उमा सुवेदी तप्किएर अञ्जुलीमा (२०६७, गजल)

दिप्स शाह आगो (२०६७) ।

सविता गौतम दाहाल नीलो सिमाना (२०६७) ।

पछिल्लो समयमा माथि उल्लेख गरिएकाबाहेक थुप्रै महिला कविहरू देखापरेका छन् । तिनमा कतिपय पुस्तकाकार रूपमै देखापरेका छन् भने कतिपय पत्रपत्रिकातिरै छरिएर रहेका छन् । यी सबैको खोजी गरेर एकीकृत गर्ने हो भने नेपाली महिला कविहरूको सङ्ख्या अभैm बढ्ने देखिन्छ ।

नेपाली कविताको समसामयिक धारा पनि प्रवृत्तिगत भिन्नताका आधारमा पूर्वार्ध (२०३६–२०४६) र उत्तरार्ध (२०४६ देखि यता) गरी दुई चरणमा विभाजन गर्नुपर्ने अवस्था देखापरिसकेको छ । २०४६ सालअगिका कवितामा मूलतः तत्कालीन पञ्चायती व्यवस्थाका विवृmति र विसङ्गतिको चित्रण पाइन्छ भने त्यसपछिका कवितामा प्रजातान्त्रिक व्यवस्थाभित्रका अव्यवस्था, विवृmति–विसङ्गति, नेताहरूका दुष्वृत्तिको चित्रण, सशस्त्र सङ्घर्षको समर्थन–विरोध एवं शान्तिको कामना, गणतन्त्रप्रतिको आस्था, विश्वास–अविश्वास, खबरदारी, वर्तमान युगीन विविध क्षेत्रका यथार्थको प्रकटीकरण आदिको अभिव्यक्ति पाइन्छ । यी सबै खाले प्रवृत्ति विभिन्न महिला कविका कवितामा पनि फेला पर्छन् ।

५. उपसंहार

उहिलेदेखि अहिलेसम्मको नेपाली कविताको विस्तार नेपालभित्र मात्र नभई नेपालबाहिर भारतका दार्जिलिङ, असम, मेघालय, सिक्किम, मणिपुर, मिजोरम नागाल्यान्डलगायतका विभिन्न ठाउ“हरूका साथै भुटान, म्यान्मा आदि ठाउ“मा पनि भएको देखिन्छ । नेपालबाहिर विश्वका विभिन्न भागमा गएर बसोबास गर्ने थुप्रै महिला कविहरूले नेपाली कविताको विकासमा महत्वपूर्ण योगदान पु¥याएका छन् । पछिल्लो समयमा विद्युतीय सञ्चार माध्यमको विकासले गर्दा इपत्रिकाका माध्यमबाट समेत विभिन्न नारी स्रष्टाका कवितात्मक रचनाहरू प्रकाशित छन् ।

पछिल्लो समयमा गजल र हाइकु लेखन निकै फस्टाएको छ र यस क्षेत्रमा महिला कविहरू पनि सक्रियतापूर्वक अगि बढिरहेका छन् र थुप्रै नारी कविका पुस्तकाकार कृति पनि प्रकाशित छन् । यस्तै नारीहरूका रचना मात्र समेटेर विभिन्न सङ्कलनहरू पनि प्रकाशित छन् ।

माथि प्रस्तुत गरिएको सबै सन्दर्भबाट हेर्दा नेपाली कविताको प्राथमिक र माध्यमिक कालमा महिला कविहरूको सङ्ख्या केही न्यून देखिए पनि आधुनिक कालदेखि यिनको सङ्ख्या क्रमशः तीव्र रूपमा बढिरहेको देखिन्छ । समसामयिक धाराको प्रारम्भदेखि यो सङ्ख्या अभैm वृद्धि भएको छ भने २०५० को दशकपछि झनै वृद्धि भएको छ । यसरी पछिल्लो समयमा नारी स्रष्टाको उल्लेख्य उपस्थिति देखिए पनि सबैका कृतिहरू उत्तिकै स्तरीय भने छैनन् । कतिपयका रचनामा सामान्य युवासुलभ प्रेमप्रणय, आक्रोश आदि व्यक्त भएको पाइन्छ भने कतिपयका कृतिमा जिम्मेवारीबोधको अभिव्यक्ति पाइन्छ । यिनमा कतिपय सिकारु पाराका छन् भने कतिपयचाहि“ सिकिसकेका स्तरीय पनि छन् । पछिल्लो समयमा गुणात्मक दृष्टिले केही कम भए पनि सङ्ख्यात्मक दृष्टिले नारी कविहरूको अवस्थिति उल्लेख्य रहेको देखिन्छ । अब कोरा नारीवादका नाममा पुरुषहरूलाई एकोहोरो गाली गरी मात्र कविता लेखेर पुग्दैन, स्तरीय कविता लेखेर आप्mनो छुट्टै पहिचान निर्माण गर्नेतर्पm अग्रसर हुनु आवश्यक छ । कविको सङ्ख्या बढाउनेभन्दा कविताको सङ्ख्या बढाउनेतर्पm सचेष्ट रही जिम्मेवारी बोधका साथ आप्mनो सिर्जनशीलतालाई निरन्तरता प्रदान गरेमा नेपाली महिला कविहरूको भविष्य समुज्ज्वल देखिन्छ ।

सन्दर्भसामग्री

लुइटेल, खगेन्द्रप्रसाद, आधुनिक नेपाली समालोचना, काठमाडौं : नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान, २०५७ ।

......................., नेपाली कविता, काठमाडौं ः विद्यार्थी पुस्तक भण्डार, २०५७ ।

........................, नेपाली कवि र कविता, काठमाडौं ः विभुऋभु प्रकाशन, २०५८ ।

......................, कविता सिद्धान्त र नेपाली कविताको इतिहास, काठमाडौंं ः नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान, २०६० ।

त्रिभुवन विश्वविद्यालय,

कीर्तिपुर, काठमाडौं, नेपाल

फोन: ०१४३३२१७८

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।