19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल संगम सापकोटा July 30, 2011, 9:23 pm

वेदनाको हुरी चल्छ, कसरी नसोध

पानीमाथि आगो बल्छ, कसरी नसोध

पराईबाट त सजगै थिएं, सधै म

आफ्नै भन्नेले छल्छ, कसरी नसोध

नदीसरी बहँदै थिएँ, पीडा म सहँदै थिएँ

आगोविना दिल जल्छ, कसरी नसोध

रोपेको थिएं प्रीतको मुना, घर सिंगार्नलाई

अनायासै काँडा फल्छ, कसरी नसोध

बोट जब मर्दै जान्छ,कोपिला तब झर्दै जान्छ

बाँच्ने त्यो हिम्मत गल्छ, कसरी नसोध

सपना सजाएँ पुरा गर्न यो मन कजाएँ

सुन्दर त्यो घर ढल्छ, कसरी नसोध

तनहुँ

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।