18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गीत

गीत विश्वराज अधिकारी August 7, 2011, 1:41 am
विश्वराज अधिकारी
विश्वराज अधिकारी

एक्लो रात आयो

फेरि कालो एक्लो रात आयो

याद मीठो कुनै वात आयो

अतितको थालमा

सम्झनाको सौगात आयो

रूपको गीत आयो रङ्गको संगीत आयो

पोखिएर मन भरि वशन्त बहार छायो

म छु एक्को कोठा छ टिलपिल तारा आकास छ

मनमा आज त्यसै त्यसै इन्द्रेणीको बास छ

आँखा भरि रातको कालो छाँया छ

तर म देख्दै छु चारैतिर कसैको माया नै माया छ

सुतिसकै सबै दिवाचरहरु अल्झिएर जोड घटाउको जालमा

आँखामा निद्रा छैन मेरो डुबेको छु कल्पनाको तालमा

पुगौला कुनै दिन त सपनाको त्यो गाउँमा

भेटौला कसैलाई फेरि त्यही ठाउँमा

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।