18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गीत

गीत हेमन्त परदेशी August 7, 2011, 1:44 am

न त देखेँ जूनमा तिम्लाई न त भेटेँ शीतमा

न त रेटेँ सारङ्गीमा न त लेखेँ गीतमा

बिना कारण दोष दियौ दाग मैले कहाँ लाएँ?

आफ्नै जस्तो मन ठानेर आज आफै धोका खाएँ

न त रोजेँ फूलमा तिम्लाई न त खोजेँ पातमा

न त सोधेँ दिनमा तिम्लाई न त सोचेँ रातमा

बिना कारण शंका गर्‍यौ जाल मैले कहाँ थापेँ?

तर्किएर बरु उल्टै मैले आफ्नो पाइला नापेँ

न त भाकेँ मनमा तिम्लाई न त राखेँ साथमा

न त तारेँ भंगालोमा न त छाडेँ घाटमा

बिना कारण रीस पोख्यौ गल्ती मैले कहाँ गरेँ?

बदनामीको झ्याली पिट्यौ बेकसुर जालमा परेँ

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।