मैले मेरो ठानेको भूमीमाथि,
ठूलो द्वन्द चलेको पनि
शदियौंझैं लागेछ कि क्या हो मलाई,
म संझन्छु,………..
….र त्यसैले,
मेरो मन मष्तिष्कमा पनि,
त्यो भन्दा ठूलो द्वन्द ऊठेछ,
र यशोधरा र राहुललाई
चटक्कै छाडेर सिध्दार्थलेझैं,
मैले आफूलाई
त्यो भूमीको भौतिक स्पर्शबाट
पूर्ण बंचित गराएँ ।
र यहाँ यो भूमीमा
हाँसेको देखाउदै छु,
नाँचेको मंचनमा ब्यस्तछु,
खेले झैं दौडमा ब्यग्र छु
र सारांशमा “खुसी छु” को भ्रम पकाई रहेछु ।
मैले यहाँको कुरा आज सात बर्ष भयो, किरिया खान्छु,
सपनामा कहिल्यै पनि देखिन,
क्यानाडीयन म ७ बर्षे प्रोजेरियन बालक,
न मैले हिंम मानव बनाई खेलेको
सपनामा देखेको छु,
न बा-आमासंग मेक्डोनाल्डको ट्वाई संसार पुगेकोछु,
न २० इन्च हिउँ मुनी पुरीएर हराएको
सपना बाट ब्युँझेको छु,
न छँदाखाँदाको जागिरबाट
निष्काशित हुनुको पीरले
रक्सीभट्टीमा आफूलाई पाएको छु,
न त आफ्नू सबारी साधनलाई कसैले
नराम्रोसंग ठक्कर दिएपछि
आफू मरेको पीरमा संगै सुतेकी
श्रीमतीलाई अंकमाल गर्न पुगेको छु ।
यी घटना त यहाँका दिन चर्याहरू हुन,
बिपनामै हुने गर्छन,
सपनाको कुनै दरकारै छैन।
तर जीबन बानी त हो,
म पनि अब यहाँ
बिस्तारै बानी पर्न थालेको छु,
र यो साल जे भो भैगो,
आउने साल त पक्कैपनि भनेजस्तै होला भन्नेमा पुगेको छु ।
एड्मन्टन, क्यानाडा