18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गीत

गीत भरत बागलुङे August 29, 2011, 3:34 pm

मेरो घाम मेरो जुन तिमी नम्बरी सुन

मेरो जीवन, समर्पित छ बुँद–बुँद खुन ।

हजार जन्म तिम्रै काखमा जन्मिरहुँ देश

चन्द्र सूर्य भाषा, धर्म पुजी रहँु भेष ।

हुन्न मत कसैको नी तिम्रै हुँ दास

हर जन्म हर धड्कन समर्पित छ सास ।

शिरा–शिरा धमनीमा रगतसँगै तिमी

गर्व लाग्छ मेरो देश नेपाल भन्दा तिमी

धन दौलत के हो र ? मेटिइजाने मोती

नेपाल भन्दा ठूलो धन कुन होला कोटी ?

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।