17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गीत

गीत हेमन्त परदेशी August 29, 2011, 3:38 pm

नारी : [ कै'ले घाम कै'ले पानी कै’ले रै'छ जीवन छायाँ ]

पुरुष : [ तर पनि उस्तै नै छ तिम्रो हाम्रो चोखो मायाँ ]

नारी : [ संझनाको हुरी चल्दा मनको दियो निभ्न खोज्छ

जति जति साँझ ढल्छ उति धेरै मुटु दुख्छ ]

पुरुष : [ उस्तै नै छ मेरो हाल’नि दिन पनि रातै देख्छु

फूलको थुँगा सजाउँ भन्छु जता ततै काँडा भेट्छु ]

नारी : [ खोजिर’न्छु सधै भरि तिमीलाई नै दायाँ बायाँ ]

पुरुष : [ जति टाढा भए पनि साथै हुन्छ तिम्रो छायाँ ]

नारी : [ स्वर्ग जस्तै सुन्दर थियो पिरतीको फूलबारी

अनायसै बन्यो आज नसोचेको काँडाघारी ]

पुरुष : [ बिर्सिएको छैन मैले सम्झनामा बाँचेको छु

तिमीबाट टाढा हुँदा आँसु पिउँदै हाँसेको छु ]

नारी : [ मैले पनि साँचेकै छु मुटु भरि तिम्रो मायाँ ]

पुरुष : [ जति टाढा उति गाढा बन्दै जाँदो रै'छ मायाँ ]

संयुक्त : [ कै'ले घाम कै'ले पानी, कै’ले रै'छ जीवन छायाँ

तर पनि उस्तै नै छ तिम्रो हाम्रो चोखो मायाँ ]

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।