18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गीत

गीत सागरबहादुर साउँद August 29, 2011, 3:42 pm

भूल्याछैन मैले घाँस काटेका ती बारीहरु ।

स्मृतिमा ताजै छन् गाँउ घरका नारीहरु ।।

अतीतका पलहरु नाँची नाँची आउँछन जब ।

झलझली देख्छु अझै बाख्रा चर्ने झारीहरु ।।

छहारीमा मात्तिएका घरकुटीका दिनहरु ।

याद आउँछन् बेहुला बेहुली खेलेका ती घारीहरु ।।

झिंजा टिप्न सँगै जान्थे हजूरआमा बन जाँदा ।

सम्झनामा अझै बोक्छु सोत्तरका भारीहरु ।।

गट्टा खेल्दा बल्छी थाप्दा जामून खाँदा रुखचढी ।

घुच्ची खेल्दा झ्याली गर्ने साधुराम र तारीहरु ।।

जोगबुडा, डडेलधुरा

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।