एक शताब्दी
कालरात्री निष्पट
सन्नटाको अधिपत्य
पराजय पिछ
स्वतन्त्रताको बिहानी खुलेको मेरो देश ।
स्वतन्त्रताको किरण छाएको मेरो देश ।
त्यो बिहानी
त्यो किरणको न्यानो तापले
अर्धमृत बिरुवाहरु
अदम्य जिजिबिषामा
अंकुराए पछि
दमनको हिमपातले
कठांगि्रएको मानव बस्ती
स्वतन्त्रताको बिहानीमा
कावा खाँदै बिउझिए पछि
दमनको घुम्टो खोलेको मेरो देश ।
नैसर्गिक किरणले
फुलेका फूलहरु
बस्तीभरी मगमगाउदा
छिमेकीको त्री नेत्रले
छरेको बिऊ
महाशयहरुले फुलाउदा
बस्तीभरी वितृष्णा
पैदा भए पिछ
िहंसाको ठढेलो लागेको मेरो देश ।
नैरश्यताको धुवाँ उडेको मेरो देश ।
अनियन्त्रित डढेलोलाई
नियन्त्रणमा होमिदा
मानव जले बस्ती जले
शान्तिको बर्षा बसा्रउन
स्वार्थताको भाडो भिरेर
महाशयाहरु
पानी पोर…पोर…
कराएको मेरो देश
आडम्बर ओडाएर घोक्रो फुलाउदै
महाशयाहरु ट्वार…ट्वार…
भ्यागुता बनेको मेरो देश ।
बनझाक्रीको मन्तर
हिमाल मुनि हिउ खाने
भुईफुटुवा झाक्रीको मन्तर
अह…
वेदकार वेदको जन्तर
केचनाको जादुगर जादुले
ईन्द्रलाई छोएन
ए … महाशय
ईन्द्रको जस्तो दया लिएर आउ भन्दैछ मेरो देश ।
बुद्धको जस्तो मन लिएर आउ भन्दैछ मेरो देश ।
न्यानो किरण अर्को बिहानी
समानन्तर रेखाको
झिनो आसमा
सयौ सपना तुहाएर
जिएको मानव मन
गौरबताको गाथाले
पिरोलिएको सगरमाथा जस्तै
उभिएको वस्तीहरुमा
बिस्तारवाद तुवालोको
सम्भोगको भोगले
पर्यावरणलाई गर्भवती बनाएर
स्वार्थता जन्माए पछि
बिस्तारवाद तुवालोले
अनगिन्ती पिसाजहरु
जन्माउदै गए पछि
कयौ लाभाहरु जन्मे
प्रतिरोधको कलंकमा
एका…एक महाशयाहरुले
स्वार्थ भिरे पछि
बिकृतीको खण्ड बृष्टीले
खडेरी लागेको मेरो देश
बिस्तारवाद तुवाँलोले भरेको मेरो देश ।
फाक्चामारा ४ तेह्रथुम; हाल: मलेसिया