19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल सागरबहादुर साउँद September 18, 2011, 8:34 am

जन्माउँदैमा मात्र बुवा बन्न कहाँ पाइन्छ र ।

हात बाँधी बसे देउ भन्न कहाँ पाइन्छ र ।।

ढुंगा मुढा जरासँग लड्न पर्छ स्वामी हुन ।

बाँझै पनि पराई खेत खन्न कहाँ पाइन्छ र ।।

असारमा सुती राखे साउनमा निधार टिले ।

असोज र कार्तिकमा अन्न कहाँ पाइन्छ र ।।

दिनभरी अल्छी गरी छहारीमा बसी राखे ।

भोक लाग्दा थालभरी टन्न कहाँ पाइन्छ र ।।

जोड्नु पर्छ एक एक गरी पाई पाई नछोडेर ।

नत्र भने साँझ हजार गन्न कहाँ पाइन्छ र ।।

जोगबुडा, डडेल्धुरा

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।