तिमी आउँदा उही ठाटबाँट लिई आउनु
मैले मन पराएको रात लिई आउनु ।
इशाराले मात्र तुष्टि कहाँ मिल्छ सानु ?
अब आउँदा नौलो भेटघाट लिई आउनु
जोडी नयन त्यसै राम्रो मुहार अभैm राम्रो
ओठभरि मन्द हाँसो सौगात लिई आउनु
अंग–अंग नशा बोकी मात लिई आउनु
सौन्दर्य र जवानीको हाट लिई आउनु
अब आउँदा उही ठाटबाँट लिई आउनु
मैले मन पराएको रात लिई आउनु ।