अरुका त सपनीमा पूर्णिमाको जून लाग्यो ।
मेरा भने जिन्दगीमा भित्रभित्रै घून लाग्यो ।।
सृष्टि गर्ने ईश्वर पनि मेरा लागि बाँया लाग्यो ।
जोवन बयस रहरहरुमा बादलुको छाँया लाग्यो ।।
सबैका त जीवनमा खुशीयाली छून लाग्यो ।
मेरा भने जिन्दगीमा भित्रभित्रै घून लाग्यो ।।
उमेर आयो उर्लिएर आफै देखि माया लाग्यो ।
भित्रभित्रै खोक्रिएको जोवन देखि दया लाग्यो ।।
दूनियाँका रहरहरुमा बाँसुरीको धून लाग्यो ।
मेरा भने जिन्दगीमा भित्रभित्रै घून लाग्यो ।।
जोगबुडा, डडेल्धरा