सैलुङ्गेको डाँडामाथि टेक्न पाए हुन्थ्यो ।
डाँफे मुनालले गाउने गीत लेख्ने पाए हुन्थ्यो ।।
बरबर आसुँ मुटु दुख्दा पराइ भूमी माथि।
बिचल्ली यो एक्लो पनमा कराइ उनी राती ।
सैलुंगेको डाँडा मुनि लुक्न पाए हुन्थ्यो ।
बुकी फूलको माथ चुमी झुक्न पाए हुन्थ्यो ।।
परदेशीको मन हुन्छ बादलुको चाल जस्तो ।
बिरहमा रोइ हिंड्ने मादलुको ताल जस्तो ।
सैलुंगेको पाखा भरि खेल्न पाए हुन्थ्यो ।
मिर्मिरेको उषासंगै दु:ख ठेल्न पाए हुन्थ्यो ।।
युएइ