19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल रामकुमार पण्डित क्षेत्री September 25, 2011, 6:03 pm

यौटा चूरोटको खिल्ली उडायो कसले कस्तरी

फेरि कानूनको खिल्ली उडायो जसले कस्तरी

कैलै नखानु है भनी जति नै सम्झाओस् बुझाओस्

मान्छे मातिदै पो जाने रक्सीको रसले कस्तरी

कहाँ निदाएछन् बरा जाँच्ने ती मिसावटहरु

यहाँ मिसमास गरी बेच्दछ पसले कस्तरी

थोरै भाउ बढ्यो कि त गाडीले खाने इन्धनमा

भाउ मनपरी लियो यहाँको बसले कस्तरी

न्याय यो लुटियो कठै चुटियो सत्ताको आडमा

त्यस्तै किनबेच भयो कानून धनले कस्तरी

काठमाडौं

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।