आधा रातमै ब्युँझिएर रुन सम्म रोएँ आज
विरहको हुरी चल्यो आँसुले मन धोएँ आज
बादल किन छायो भन्थेँ बर्खे झरी पर्नु रै’छ
झरीसंगै यो मन पनि अन्तै बसाई सर्नु रै’छ
आफ्नै बस्ती सम्झिएर रुन सम्म रोएँ आज
बेदनाले छाती जल्यो आँसुले पीर धोएँ आज
आधा रातमै ब्युँझिएर ....................
संझनाको बाछिटाले खोल भिज्यो सिरानीको
कल्पनाको सागरमा छाल उठ्यो बिरानीको
आफ्नै अतित चस्किएर रुन सम्म रोएँ आज
छाल संग नाता जोड्दै आँसुले तीर धोएँ आज
आधा रातमै ब्युँझिएर ....................