२०६६ साउन २६ गते माता पवित्रा लुइँटेलको मृत्युमा काव्यकार नरनाथ लुइँटेलले केवल कपाल खौरेरमात्र श्रद्धाभावमा कुनै पनि धार्मिक, वैदिक वा संस्कारगत कार्य नगरी बोखिम, सिक्तेल–लेखर्कको सेरोफेरोमा उसवेला गाइने गरिएको लय जो यस काव्यकी नायिका ठूलीले गाउने गर्दथिन् त्यही लयलाई टिपेर यो तलका भावविहोल शब्द सुमनको श्रद्धाञ्जली दिदै १३ दिने संस्कारको रूपमा लेखिएको हो यो शोक काव्य “ठूली”।
“आमा तिम्रो चिता निभ्यो पीडासमेत पोली
मचैं यता हिक्कहिक्क आँसुलहर खोली !”
“ठूली” शोक काव्यमा म काव्यकारको जीवनी तथा काव्य भित्रमा पर्ने बुँदागत कुराहरू र काव्यकारको व्याक्तित्व र कृतित्वतिर नलागी सोझै एउटी महिलाले आफ्नो जीवनमा कठोर भन्दा कठोर दिनहरूलाई सहजै स्वीकार्दै आप्mनो आदर्श, धर्म, सामाजिकको साथै आमाको छोरा छोरी प्रतिको दायित्व, र छोरा छोरीको चाहनामा आमाको कति सम्मको ठूलो त्याग हुँदो रहेछ भन्ने जीवन यथार्थको बस्तुपरक प्रतिविम्ब तर्फ लाग्ने अनुमति चाहान्छु । ठूलीको दैनिकी केलाउँदा आठ बर्षको कलिलो उमेरबाटै घरका काममा लगाइएकी बालीका हुन् । हिजोको नेपाली समाजलाई मनन् गर्दा र आजको नेपाली समाजमा बालश्रमको बिरोधको आवाजलाई सुन्दा र व्यवहारलाई हेर्दा नावालकहरूलाई काम लगाइने यथार्थता ठूली मात्र नभएर सानासाना नानीहरू अन्यायमा परेको यथार्थताको प्रतिविम्व हो यो शोककाव्य । ठृली सानो उमेरमा काममा पिल्सिएकी छन् र विवाह पनि तेह्र बर्षको उमेरमा भएको छ । बाल्यकालमै उनीबाट बच्चा जन्मन थाल्दछन् । घरमा पनि सासूको निर्दयी व्यवहारको साथै चर्की र अदपमा राख्न चाहाने बानी,जेठानीहरूको हाँको डाँका,े र पतिको घुसघुसे र कपिटी प्रबृतिले गर्दा उनको जीवनले सुख कस्तो हुन्छ त्यो थाहै पाउन सकेन । ठूलीको कष्टकर जीवन बिताउन उनी बाध्य भएकी हुन्छिन् । वास्तवमा महिलाहरू महिलाबाटै पीडित भएको यथार्थता यस शोककाव्यबाट राम्रोसँग प्रष्टिएको छ । जो बर्तमान परिवेशमा पनि त्यत्तिकै सान्दर्भिक छ । यो कष्टकर जीवनमा ठूलीले लेक व्यासी, खेतबारी, खोरिया फडानी, भान्साको जुठो चुलो सकेर सासूको गोडा मिच्नुपर्ने माइत जानको लागि तीज जुर्नुपर्ने आदि आदि कठोरतालाई सहन गर्न नसकी विवश भएर एक दिन भागेर माइत जान्छिन्, तर आमाको अपशव्द सुन्नुपर्दा र बाबुले छारिलाई लिएर पुन घर फर्कन पर्दाको दिन देखि झनै दुर्दशाले अङ्गालो हाल्छ ठूलीलाई । माइत भाग्दाको नतिजामा उनी उपहासकी पात्र बन्छिन्, उनलाई लान्छन लगाइन्छ, अपमान र घृणाकोदृष्टिले हेरिन्छ । दासीको जस्तो जिन्दगी विताउनु बाध्य पारिन्छ । सन्तान जन्माउने क्रममा दुई जना छोराको मृत्युवेदना पनि सहनुपर्दछ । दुखद दिनहरू बित्तैजाँदा आप्mनै साँहिली बहिनी सौता बनेर भित्रिने काम हुन्छ । झनै ठूलीमा असह्य वेदना र कठोरताका दिनबाट गुज्रनु पर्छ । ठूलीलाई यति मात्रकष्ट भोगाइले पुग्दैन । उनको शैयालाई बहिनीले हत्याउँछिन् उनको अन्तर आत्मा बोल्छ –
एकै आँतकी बहिनी पनि किलो हुँदो रैछ
बल्ल बुझें सौता बनी आएकी पो रैछ
वेदनाका गीत बग्छन्, आँसुले वन पाखा भिज्दछन्, उनले जीवनमा भोग्न परेको यो अति कष्टपूर्ण जीवनको भारलाई सहन गर्न नसकी तमोरमा हाम फालेर आत्महत्याको प्रयास गर्दा मातृत्वप्रेमले यस्तो कर्मबाट रोक्दछ तर जीवन झन भन्दा झन कठोर बन्दै जान्छ । उसलाई घरबाट निकालिन्छ, उनी घोर जङ्गलको स्याउले कटेरोमा लखेटिन्छिन्, त्यहाँ कन्दमूल खोजेर बच्चा हुर्काउने कामगर्दा पनि लोग्नेको भुकुराई सहनु पर्दछ र जङ्लमै सुत्केरी समेत हुनु पर्दछ । एउटी आमाले अनेक किसिमका दुर्दशा, दुर्नियति, अमानवीय उत्पीडन सहदै, कठोर परिस्थितिसँग जुभ्mदा जुभ्mदै पनि आप्mना सन्तानहरूको भविष्यलाई पूर्णपमा ध्यानदिएर अघिबढ्नु र सक्षम सन्ततीको निर्माण गर्नु एउटा चान चुन कुरा होइन र थिएन पनि । नरनाथ लुइटेल जस्ता सुपुत्रको जन्म दिने यिनै नारी हुन् ठूली । ठूलीले आप्mना पतिको, क्रुर यातना सहेर पनि आप्mना सन्ततीको लागि साराजीवन अर्पित गरेर एउटा सुन्दर परिवारको सृजना गर्दछिन् । यति मात्र कहाँ हो र ठूलीमा, देश प्रेमको भावना छ, जन्म भूमिलाई तिर्थ मान्दछिन्, आँपूm आप्mनो अध्यात्मवादी आस्थामा आपूmलाई दृढरूपमा उ्भ्याउँदै छोराको भौतिकवादी दृष्टिमाथी तगारे हाल्दिनन् र सहजै भन्छिन्
नझुक है कैल्यै तिमी आप्mनो आस्थासँग
जबरजस्ती नगरिद्यौ मेरो आस्था भङ्ग
पिण्ड पायौ त ? पृष्ठ ५२
राणशासनमा जन्मेकी एउटी आमा जो निराक्षर थिइन् तर पनि उनको धारणा आजको विद्वान जगतभन्दा आजको विकसित समाज भन्दा पनि अग्रगामी सोच थियो भन्न करै लाग्छ । छोराले पिण्ड–पानीमा विश्वास नगरेकोमा उनको नकरात्मक धारणा थिएन । आप्mनो आस्थामा जो पनि स्वतन्त्ररूपमा बाँच्न पाउनु पर्छ भन्ने बलियो धारणा थियो र छोरालाई यस प्रकार आप्mनो भारणा पोख्छिन् –
“ छोरा तिम्रो आस्था पनि बलियो छ भने
क्रिया काज नगर भो पिण्ड–पानी दिने”
हुनत कृतिकारले आमासँग माक्र्सवादी साहित्यका कुरागरेर ठूली मजैसँग हार्ने र आँपूmले जितिदिने कुरा उल्लेख गरेका छन् काव्यमा तर आप्mनो आचरण, आस्था, धर्म,े कर्तव्य र एउटी पवित्र हिन्दु नारीले आप्mनो सारा जीवनमा यथार्थ र सत्यतामा जुन रूपले समाजमा र आप्mनो माटो प्रतिको मायामा राष्ट्र राष्ट्रियतामा अडिग रहेर समाजमा एउटी अद्वुतीय नारीको रूपमा प्रस्तुत गर्नु पर्ने थियो र अर्काको धारणामा आँच देख्न नसक्ने नारीको रूपमा आँपूmलाई स्थापित गर्नु पर्ने थियो त्यस पक्षमा उनी सफल र वीजयी भएकी छन् ठूली साथै उनका अघि कृतिकार सहजै पराजित भएका छन् । ठूलीले नेपाली नारीहरूमा गौरवमय इतिहास सृजना गरेर सन्घर्षमा बाँचेर पति, सौता सासू ससुराको असोभनीय व्यवहारलाई सहजै पचाएकी छन् । कृतिकार जस्ता विद्वान छोरालाई सबल बाटो हिड्ने मार्गदर्श दिएकी छन् –
“सधैं सोच बाबु तिमी दुनियाको भलो
दुःखीको जो दुःख देख्छ ठूलो उही हुन्छ
रुनेहरूको आँसु पुछ्ने मान्छे सुखी बन्छ”
ठूली फराकिलो मन, परिश्रमी बानी, जाँगरकी धनी, धर्ममा आस्था ,गीत गाउन सक्ने, पूजाआजा, तीर्थ बर्तगरेकी, पिपलमा जल चढाउने, तुलसीको माला धारण गर्नेवाली, साकाहारी भोजन ग्रहणगर्ने, गाईको सेवा गर्ने, सन्यासी र जोगिलाई भिक्षा दिने, सुडिनी बनी सेवा गर्ने, मेवाको रोपण गर्ने र पानी राख्ने, मृदु तथा नरम सत्यतथ्य बोली बोल्ने, साना साना बच्चाहरूलाई तथा नाति नातिनीहरूलाई प्रेम गर्ने आदि विविध गुडले ओतप्रोत जीवनकी धनी, एउटा आदर्श नारीको रूपमा प्रदर्शितहुन सफल देखिएकी छन् । उनको हरेक जीवनका खुड्किलाहरू संघर्षमा वितेका छन् र अनुकरण योग्य छन् । ठूलीको जीवनको आत्मिय र जीवन भर सुख दुखमा साथ दिने एउटा दुर्गुणी मित्र,जसले अन्तिम क्षण सम्म साथ दियो त्यो हो बिँडी र चुरोट जसको कारणले दमको व्यथा बल्भ्mयो र त्यही अम्मल तान्दातान्दै उनले संसार छोडिन् । आजका कतिपय महिला पनि यस्तो दुर्गुणी अम्मलमा भागी छन् तिनको लागि पनि काव्यले सन्देश उिदएको छ । ठूली शोककाव्य मात्रै नभएर आजको नेपाली समाजमा महिलाहरूले भोग्न परेको यथार्थताको प्रतिविम्व पनि हो । शोककाव्य भएर मार्मिक हुनु स्वभाबिक त हुन्छ नै तर पनि यसले सामाजिक, आर्थिक, र कृतिकारको राजनीति धारणालाई माक्र्सवादी साहित्यका कुरा पढेर आध्यात्मका जारा काटेर भौतिकवादी चिन्तनमा लागेको कुरा मात्र नभै काव्यले व्यापक स्थान ओगटेको छ । कृतिकार भन्दछन् –“....विल्कुल बेग्लै किसिमले आमालाई सम्झना र श्रद्धा गर्ने अठोट गरेंं । आमाप्रति हृदय देखि श्रद्धा जाहेर गर्दै, कपाल खौरिएँ, बाँकी कुनै धार्मिक,वैदिक वा संस्कारगत कार्य मैले गरिन ।” कृतिकारले हिन्दु संस्कारबाट गरिने कर्महरू गरिन भन्दा भन्दै पनि कपाल खौरिने पनि सपिण्डीहरूले कृयाकर्म भित्रनै गर्ने एउटा कर्म हो त्यसोहुँदा अध्यात्मकका जरा काट्न कृतिकारले आरम्भ मात्र गरेको मैले महसूस गरेको छु तर शोककाव्य भने पूर्णरूपमा सफल छ । यस शोक काव्यले नरनाथ लुँइटेललाई यथार्थवादी साहित्यकारको रूपमा उभ्याएकोछ । उनले जे देखेका थिए र ठूलीले जे भोगेकी थिइन् त्यो सत्यतथ्य काव्यमा उतारेका छन् । कृतिकार अन्यायको विरोधमा लेख्दा आप्mनो बाबुलाई पनि छाडेका छैनन् ।आप्mनो परिवार भित्रका कटुसत्यलाई यसरी पोख्न सक्ने लेखक सायद नेपाली समाजमा बिरलै पाइन्छन् होला ?
अन्त्यमा संघर्षशील महिला ठूलीको आत्माले चिरशान्ति पाओस् भन्दै सफल कृतिकार नरनाथ लुइँटेललाई यो मार्मिकमा मार्मिक, यथार्थतामा यथार्थ,समाजकालाई मार्गदर्शन प्रदान गर्ने शोककाव्यको लागि धन्यवाद छ ।