श्रम बेचेको उसले जीवन बेचेको छैन
बुझ्न गल्ती नगर्नु न मन बेचेको छैन
त्यस्तै त हो नी सँधै नफेरियो आज नै
बेचेछ वस्तु धेरै गनगन बेचेको छैन
सोच्या हजुरले कस्तो, छोटो बुद्विले जस्तो
बेच्यो कोदालो कुटो त घन बेचेको छैन
खोज्छन् किन्नलाई नै चुरी र पाउजुहरु
जे नै बेचेनी कहिल्यै छनछन् बेचेको छैन
गुजारा चलाउन लागेर काम गर्छ
गर्व छ आफैं नेपालीपन बेचेको छैन
एकतप्पा, इलाम